२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

फेरि अर्को सहमति

झन्डै एक महिनाको राजनीतिक गतिरोधपछि प्रमुख दलहरूबीच फेरि अर्को एउटा रिसोर्ट सहमति भएको छ । सशस्त्र युद्धकालमा माओवादी 'जनसत्ता'ले गरेका लिखतलाई वैधानिकता दिने निर्ण्र्ााफिर्ता गर्न माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको र शान्ति र संविधानका मुद्दामा संवादहीनताको स्थिति चिर्न पछिल्लो सहमति सफल हुने अनुमान गरिएको छ । प्रमुख दलहरूसँगको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले --आजको) मन्त्रिपरिषद्बाट उक्त निर्ण्र्ााफिर्ता गर्ने प्रतिबद्धता जनाएपछि सहमति सम्भव भएको हो । यद्यपि, उक्त निर्ण्र्ाासर्वोच्च अदालतको अन्तरिम आदेशबाटै क्रियाशील नहुने स्पष्ट भइसकेको भए पनि दलहरूबीचको एक ढंगको तुषको लडाइँ चिर्न यो सहमति आवश्यक पनि थियो । यो सहमतिले झन्डै सात पटकसम्म लगातार अवरुद्ध संसद् बैठक नियमित हुने भएको छ । त्यसरी नै संविधानसभाअर्न्तर्गतको संवैधानिक समितिको बैठक उपलब्धिमूलक हुन सक्ने अनुमान गर्न सकिन्छ । यसैगरी, विगत केही दिनदेखि स्वैच्छिक अवकाश लिएका लडाकूहरूले पाउने राहत प्याकेजको चेक खोसिएको विषयमा सेना समायोजन विशेष समिति बैठक बोलाएर निधान खोज्न प्रधानमन्त्री तयार हुनुले शान्ति प्रक्रियालाई थप गति दिन सक्ने विश्वास गर्न सकिन्छ ।

बाँकी अंश »

बढी मूल्य देखाएर पाठयपुस्तक बिक्री गर्नेमाथि कारबाही माग

सरकारी तथा निजी विद्यालयको पाठयपुस्तकमा मूल्य बढी राखेर स्टिकर लगाउने व्यवसायी र विद्यालय हाताबाट पुस्तक बिक्री गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
पाठयपुस्तकको व्यवस्थापन र अनियमितता विषयमा शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको कार्यक्रममा सरकारी निर्देशन अवज्ञा गर्ने विद्यालय र व्यवसायीलाई कारबाही हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । पाठयपुस्तक अनुगमन समितिले गरेको निर्ण्र्ााविद्यालयले कार्यान्वयन गरेको छ वा छैन् भनेर उच्चस्तरीय अनुगमन संयन्त्र गठन गर्नुपर्ने धारणा उनीहरूको छ । शिक्षा मन्त्रालयका उपसचिव रोजनाथ पाण्डेले शिक्षामा देखिएका  अनियमिततालाई नियन्त्रण गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय संयन्त्र गठन गरेको बताए । विद्यालय तहको एउटै पुस्तकमा दर्ुइ प्रकारका मूल्य भएमा कारबाही तत्काल हुने बताउँदै उपसचिव पाण्डेले भने, 'निजी शैक्षिक संस्थाले विद्यालय हाताबाट आगमी शैक्षिक सत्रमा पाठयपुस्तक बिक्रीवितरण गरेमा तत्काल कारबाही हुनेछ ।'

बाँकी अंश »

नयाँ नेपालको सशक्तीकरणमा डिजिटल डिभाइस

'विश्वको आधा जनसंख्या प्रविधिको विकसित र समयसापेक्ष परिर्वतनमा रहेको छ जबकि बाँकी आधा चाहिँ अझै बाँच्नका लागि संर्घष्ा गरिरहेको छ, यो हाम्रा लागि एउटा अनौठो तथ्य बन्न सक्छ,' विल क्लिन्टन ।
मुम्बाईको लोकप्रिय साइडेनहाम कलेजबाट स्नातक र इनफरम्याटिक्स सफ्टवेयरमा डिप्लोमा गरेका विपीन खेतान डिजिटल दुनियाँमा बृहत् सशक्तीकरणको निमित्त लागिपरेका एक दूरदृष्टियुक्त र लगनशील अभियानकर्ता हुन् । उनले बृहत् परिवर्तनको सामाजिक वातावरणका निमित्त एउटा यात्रा तय गरेका छन् ।
सबैका लागि डिजिटल सशक्तीकरणको एउटा पक्षपातीका रूपमा बहुसंख्यक जनतालाई यस दिशामा निर्देशित गर्न उनले अनेकौं पहल गरेका छन् । नेपाली नागरिकलाई 'ज्ञान अर्थतन्त्रमा' प्रवेश गराउने सपना पालेका छन् । केपीओजस्तो लोकप्रिय साधन, जसलाई नलेज प्रोसेस आउटर्र्सोसिङ पनि भनिन्छ, नेपालका सर्न्दर्भमा पक्कै पनि नयाँ चिज हो ।

बाँकी अंश »

'शान्ति र संविधानमा सरकार बाधक'

एमाले उपाध्यक्ष तथा पर्ूवरक्षामन्त्री विद्यादेवी भण्डारीले शान्ति र संविधान निर्माणका लागि वर्तमान सरकार बाधक रहेको आरोप लगाएकी छन् । बुधबार प्रेस चौतारी नुवाकोटले बिदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले दण्डहीनतालाई प्रश्रय दिने सरकारले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।
'बाबुराम सरकारले राजीनामा दिएर सहमतिको सरकार गठनका लागि मार्ग खोलिदिनर्ुपर्छ,' भण्डारीले भनिन् । देशमा दण्डहीनता बढ्नुमा वर्तमान सरकार दोषी रहेको बताउँदै भण्डारीले देशमा हत्या, हिंसा र आतंक रोक्न सरकार चुकेको आरोप लगाइन् । सकारकै कारण उच्च ओहदामा रहेका व्यक्ति नै पारिवारिक हत्यामा लागेको उपाध्यक्ष भण्डारीको दाबी थियो । देश र जनताको शान्ति सुरक्षा गर्नुपर्ने निकायबाटै हत्या, हिंसा र आतंक हुनु सरकारको कमजोरीको उपज भएको ठहर गर्दै नेतृ भण्डारीले सरकारलाई अपराधको पुरानो पृष्ठभूमि छाड्नसमेत चुनौती दिइन् ।

बाँकी अंश »

हिमपात र वषर्ाले जनजीवन अस्तव्यस्त

मनाङमा हावाहुरी, वषर्ा र हिमपातका कारण स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । मंगलबार रातिदेखिको हुरी-बतास, हिमपात र वषर्ाका कारण घरबाहिर निस्कन नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
योसँगै मनाङमा चार पटकभन्दा बढी हिमपात भइसकेको छ । जिल्लामा पछिल्लो सयम माघ पहिलो साता लागातर एक साता हिमपात भएको थियो । यस पटक हुरी-बतास र वषर्ासँगै भएको हिमपातका कारण रातभरि निदाउन नसकिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार हिमपातले घरभित्र असर नगरे पनि हुरी-बतासले घरै उडाउने त्रासले स्थानीयवासीलाई सताएको छ । १३ गाविस रहेको मनाङको माथिल्लो मनाङस्थित सातओटा गाविस, नार र फु उपत्यका साथै सदरमुकाम चामेसहित तल्लो मनाङका चारओटा गाविसमा गरी सबै ठाउँको अवस्था यस्तै रहेको बताइएको छ ।

बाँकी अंश »

'१४ जेठभित्रै नयाँ संविधान'

प्रधानमन्त्री डा.बाबुराम भट्टर्राईले आगामी १४ जेठभित्रैमा नयाँ संविधान निर्माण हुने बताएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ११औं वाषिर्कोत्सवको मंगलबार ललितपुरमा उद्घाटन गर्दै उनले नयाँ संविधानले मुलुकलाई समानुपातिक समावेशी र भौगोलिक तथा जातीय पहिचानको संघीय ढाँचामा परिणत गर्ने बताए । 'नयाँ संविधानले मुलुकलाई समानुपातिक समावेशी र भौगोलिक तथा जातीय पहिचानसहितको संघीय ढाँचामा परिणत गर्नेछ,' उनले भने, 'नयाँ संविधान पनि आगामी १४ जेठसम्ममा बन्ने विश्वास दिलाउन चाहन्छु ।'
प्रधानमन्त्री भटर्राईले विगतका शासन सत्ताले एक जाति, एक भाषाको नीति अपनाउँदा आदिवासी जनजातिहरू भाषिक तथा सांस्कृतिक रूपमा पछि पर्नुका साथै राज्यको मूलप्रवाहमा आउन नसकेको बताए । 'अब सबै उत्पीडनमा परेका जाति/जनजातिलाई राज्यको मूलप्रवाहमा नल्याए मुलुकको दर्ीघकालीन विकास हुन सक्दैन,' उनले भने ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी