© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
असुरक्षाको कारण देखाउँदै मुलुकभरका गाविस सचिवहरूले धमाधम राजीनामा दिन थालेपछि सरकारले उनीहरूलाई विशेष सुरक्षा प्रदान गर्ने निर्ण्र्ाागरेको छ ।
जिल्लाका गाउँ विकास समितिमा बसेर जनताको दैनिक काम गर्दै आएका गाविस सचिवहरूको समस्या दिनप्रतिदिन जटिल बन्दै गएपछि सरकारले उनीहरूको सुरक्षाका लागि पाँचबुँदे सुरक्षा योजना अघि सारेको हो ।
गृह मन्त्रालयमा शुक्रबार बसेको गृहसचिवसहित तीनओटै सुरक्षा निकायका प्रमुख र स्थानीय विकास मन्त्रालयका पदाधिकारी सम्मिलित बैठकले गाविस सचिवहरूलाई सुरक्षाको प्रत्याभूति दिई आश्वस्त बनाउने र राजीनामा फिर्ता गर्राई काममा फर्काउने निर्ण्र्ाागरेको छ । यसका लागि जिल्ला सुरक्षा संयन्त्रका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र गाविस सचिव हकहित संरक्षण केन्द्रका प्रतिनिधिहरू बसी छलफल गर्न बैठकले निर्देशन दिएको छ ।
अन्तर्रर्ााट्रय रूपमा 'बिकिनी किलर' र 'सिरियल किलर'को उपनाम पाएका ६६ वषर्ीय वृद्ध चार्ल्स सोभराज गुरुमुखले अझै नेपालको कारागारमा १४ वर्षबिताउनर्ुपर्ने भएको छ ।
र्सवाेच्चका न्यायाधीशहरू रामकुमारप्रसाद साह र गौरी ढकालको शुक्रबारको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत पाटनको यसअघिको फैसला सदर गरेकाले उनले अझै करिब डेढ दशक नेपालको कारागारमा बिताउनर्ुपर्ने भएको हो । नेपालको कानुनअनुसार जन्मकैद फैसला भए २० वर्षकारागार बस्नर्ुपर्छ ।
दर्ुइ विदेशी नागरिकको हत्या र जाली राहदानी प्रयोग गरेको अभियोगमा २०६० सालमा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका प|mान्सेली नागरिक सोभराज ६ वर्षेखि नेपालको कारागारमा छन् ।
प्रधानमन्त्री निर्वाचनमा तटस्थ रहने आफ्नो दलको निर्ण्र्ाायथावत् रहेको एमालेले जनाएको छ ।
बुधबार एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानका निम्ति एमालेको भूमिका तटस्थ भएको भन्दै दलहरू सहमतिमा आउनुन्जेलसम्म निर्ण्र्ाायथावत् रहने बताएका हुन् ।
'एमालेको निर्ण्र्ााफेरिएला र प्रधानमन्त्री बनुँला भनेर कसैले सोचेको छ भने त्यो दिवा सपनामात्र हुनेछ,' नेपाल मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय मुस्लिम अधिकार कन्प|mेन्समा बोल्दै खनालले भने । एमालेले सिंहदरबारमा नक्सा झुन्डयाउन र कर्ुर्सर्ीीेग्नका लागि प्रधानमन्त्रीको उम्मेदवारी दिइएको होइन भन्दै उनले आफ्नो अडान शान्ति र संविधानका लागि भएको दाबी गरे । 'हामी चट्टानझैं उभिन्छौं,' हिजो स्पष्ट बहुमत भएको अवस्थामा आफ्नो सरकारले राजीनामा दिएको भन्दै अहिले पनि शान्ति र संविधानका लागि पद त्याग गरेको उनको जिकिर छ ।
संविधानसभाको कार्यकाल थप गरेको ठीक दर्ुइ महिना पूरा भए पनि संविधान निर्माणमा विषयमा काम सुरु नहुँदा आशंका बढेको छ । २ साउनमा नयाँ कार्यतालिका र्सार्वजनिक गरिएको थियो ।
प्रमुख दल माओवादी, कांग्रेस र एमालेले संविधान निर्माणको कामलाई सरकार निर्माणसँग नजोड्ने मौखिक प्रतिबद्धता जनाए पनि हालसम्म संविधान निर्माणका विषयमा एक पटक पनि बैठक बस्न नसकेपछि सबैमा आशंका जन्माएको छ । तर, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने कार्यतालिकाबमोजिम काम हुने
विश्वासमा छन् ।
'राजनीतिक दलहरूले संविधान निर्माण कार्यलाई नरोक्ने प्रतिबद्धता जाहेर गरेका छन् । दर्ुइ साउनमा जारी कार्यतालिकाबमोजिम काम हुन्छ भन्ने विश्वास लिएको छु र कार्यतालिकाबमोजिम नै बैठक बस्छ,' उनले राजधानीसँग भने ।
खोटाङ र भोजपुर सीमामा पर्ने टयाम्के डाँडामा किरात पहिचानसहितको विश्वमै सबैभन्दा अग्लो 'किरात गणतन्त्र भ्युटावर' निर्माण हुने भएको छ ।
किरात गणतन्त्र नेपाल विकास निर्माण सहयोग समिति काठमाडौंका महासचिव सुदन किरा“तीले ३१ सय १० मिटर उचाइमा रहेको टयाम्केमा विश्वकै सबैभन्दा अग्लो टावर बन्ने दाबी गरे ।
'अहिलेसम्म यति उचाइमा कुनै टावर बनेको छैन,' शुक्रबार राजधानीसँग भने, 'तर, अब निर्माण हुन लागेको टावर संसारकै सबभन्दा अग्लो टावर हुनेछ ।' उनले टयाम्केमा टावर निर्माणपश्चात् विश्वमा नेपालको पहिचान फराकिलो हुनेसमेत दाबी गरे । 'सगरमाथा र लुम्बिनीमात्र होइन, टयाम्केको टावर बनिसकेपछि नेपालीको अर्को गौरवको विषय थपिने छ,' किरा“तीले भने ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसवादी दलस“ग कुनै पनि सम्झौता नभएको दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले शुक्रबार नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेसित भेटेपछि सञ्चारकर्मीस“ग 'देशको अहित हुने र टुक्रिने विषयमा कुनै दलस“ग पनि सम्झौता गरेर आफू प्रधानमन्त्री होडमा नलागेको' स्पष्ट पारे ।
बिजुक्छे निवासमा झन्डै एक घन्टाको भेटपश्चात् माओवादी अध्यक्ष प्रचण्डले भने, 'मधेसवादी दलस“ग हाम्रो पार्टर्ीी कुनै किसिमको सहमति गरेको छैन ।' सिद्धान्तका आधारमा नेमकिपास“ग मत माग्न बिजुक्छेनिवास आएको प्रस्टयाउ“दै प्रचण्डले आगामी सोमबार हुने प्रधानमन्त्रीको
चुनावमा आफूलाई नै मतदान गर्ने आश्वासन आएको बताए ।