२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

देश

'शान्ति र संविधानमा सरकार बाधक'

एमाले उपाध्यक्ष तथा पर्ूवरक्षामन्त्री विद्यादेवी भण्डारीले शान्ति र संविधान निर्माणका लागि वर्तमान सरकार बाधक रहेको आरोप लगाएकी छन् । बुधबार प्रेस चौतारी नुवाकोटले बिदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले दण्डहीनतालाई प्रश्रय दिने सरकारले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।
'बाबुराम सरकारले राजीनामा दिएर सहमतिको सरकार गठनका लागि मार्ग खोलिदिनर्ुपर्छ,' भण्डारीले भनिन् । देशमा दण्डहीनता बढ्नुमा वर्तमान सरकार दोषी रहेको बताउँदै भण्डारीले देशमा हत्या, हिंसा र आतंक रोक्न सरकार चुकेको आरोप लगाइन् । सकारकै कारण उच्च ओहदामा रहेका व्यक्ति नै पारिवारिक हत्यामा लागेको उपाध्यक्ष भण्डारीको दाबी थियो । देश र जनताको शान्ति सुरक्षा गर्नुपर्ने निकायबाटै हत्या, हिंसा र आतंक हुनु सरकारको कमजोरीको उपज भएको ठहर गर्दै नेतृ भण्डारीले सरकारलाई अपराधको पुरानो पृष्ठभूमि छाड्नसमेत चुनौती दिइन् ।

बाँकी अंश »

हिमपात र वषर्ाले जनजीवन अस्तव्यस्त

मनाङमा हावाहुरी, वषर्ा र हिमपातका कारण स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । मंगलबार रातिदेखिको हुरी-बतास, हिमपात र वषर्ाका कारण घरबाहिर निस्कन नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
योसँगै मनाङमा चार पटकभन्दा बढी हिमपात भइसकेको छ । जिल्लामा पछिल्लो सयम माघ पहिलो साता लागातर एक साता हिमपात भएको थियो । यस पटक हुरी-बतास र वषर्ासँगै भएको हिमपातका कारण रातभरि निदाउन नसकिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार हिमपातले घरभित्र असर नगरे पनि हुरी-बतासले घरै उडाउने त्रासले स्थानीयवासीलाई सताएको छ । १३ गाविस रहेको मनाङको माथिल्लो मनाङस्थित सातओटा गाविस, नार र फु उपत्यका साथै सदरमुकाम चामेसहित तल्लो मनाङका चारओटा गाविसमा गरी सबै ठाउँको अवस्था यस्तै रहेको बताइएको छ ।

बाँकी अंश »

नेटवर्किङ आरसीएमद्वारा अवैध औषधि बिक्री

भारतीय नेर्टवर्क विजनेस कम्पनी आरसीएम -राइट कन्सेप्ट मार्केटिङ) ले नेपाल सरकारको इजाजत नलिई तर्राईका विभन्न जिल्लामा गैरकानुनी रूपमा औषधि बिक्रीवितरण गरिरहेको खुलासा भएको छ । भारतीय औषधि कम्पनी इप्काद्वारा उत्पादित शक्तिवर्द्धक औषधि न्युटि्रचार्ज चक्कीको बिक्री वितरण -मार्केटिङ ) गर्ने ठेक्का लिएको आरसीएमले नेपालमा फैलिएको आफ्नो सञ्जालमार्फ सो चक्की बिक्रीवितरण गर्दै आएको छ ।
आरसीएमद्वारा बिक्री सुरु गरिएको शक्तिवर्द्धक औषधि न्युटि्रचार्ज चक्कीले यौन शक्ति बढ्ने र बूढो पनि जवान देखिनेजस्ता भ्रामक प्रचार गर्दै आएको छ । सोही औषधि सेवन गर्दा लालपुर-५ सिरहाका २५ वषर्ीय धर्मेन्द्र महतोको मानसिक सन्तुलन गुमाएका छन् । धर्मेन्द्रका बुबा दर्ुगाप्रसाद महतोले भने, 'मेरो छोरा स्वास्थ्य र हट्टाकट्टा थियो । न्युटि्रचार्ज चक्की सेवन गरेपछि अचानक पागल जस्तोे गर्न थाल्यो । औषधि सेवन गरेको एक सातापछि त पूरै पागल नै भयो । अहिले घरमा थुनेर राख्नुपरेको छ ।'

बाँकी अंश »

तीन दिनदेखि अपहृत दर्ुइ व्यापारीको अवस्था अज्ञात

विगत तीन दिनदेखि अपहरणमा परेका दर्ुइ भारती व्यापारीको अवस्था अझै अज्ञात रहेको छ ।  
महोत्तरीको लक्ष्मीनियाँ बैरगिया-८ बाट बिहीबार अज्ञात समूहद्वारा अपहरणमा परेका भारत सीतामढी जिल्ला बेलाथानामजपकौनी बस्ने २५ वषर्ीय सजीव पर्ूर्वे र राजकरण साहको अवस्था अझैै अज्ञात रहेको छ । काम सकी महोतरीको टिकुलियाबाट घरतर्फ गइरहेका बेला रात्ाि ९ बजे आठ/दसजनाको संख्यामा आएका हतियारधारी समूहले उनीहरूलाई अपहरण गरी लगेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक सुरज केसीले बताए ।

बाँकी अंश »

सचिव खोज्दै सदरमुकाममा

गाविस सचिवको कार्यक्षेत्र कहाँ हो - गाविस कार्यालय वा जिल्ला विकास समितिको कार्यालय । गाविस कार्यालयमा सचिव बस्दैनन्, जिविसमा उनीहरूलाई सेवाग्राहीले भेट्दैनन् ।     सेवाग्राही एउटा सिफरिसमा सचिवको हस्ताक्षर गराउन गाउँदेखि पैसा खर्च गरेर सदरमुकाम आउँछन् तर गाविस सचिवलाई भेट्न सक्दैनन् ।
हिजो द्वन्द्वको समयमा गाउँ जान समस्या भएका सचिवलाई अहिले कुन कुराले अवरोध गरेको छ - जिविसले किन गाविस सचिवलाई कार्यक्षेत्रमा खटाउन सक्दैन् - यसकोे प्रत्यक्षमारमा सेवाग्राही परेका छन् । गाविस सचिव गाउँमा र सदरमुकामा पनि नभेट्दा पर्ूर्वी मकवानपुरका एक सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । र्राईगाउँ-१ का इमानसिंह मोक्तानले गाविस सचिव खोज्दै सदरमुकाम हेटांैडामा एक साता बिताइसकेको दुःखेसो पोखेे । नागरिकता हराएकाले प्रतिलिपि लिनका लागि गाविसको सिफरिसमा सचिव शुक्रराज र्राईलाई हस्ताक्षर गराउन हेटौंडा आएका मोक्तानले एक सातामा पनि सचिवलाई फेला पार्न सकेका छैनन् ।

बाँकी अंश »

'जातीय आधारमा संघीयता हुँदैन'

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले जातीयतालाई आधार बनाएर ल्याइएको राज्य पुनःसंरचना उच्चस्तीय सुझाव समितिको प्रतिवेदन आफ्नो पार्टर्ीी लागि स्वीकार नहुने बताएकी छन् ।
राज्य पुनःसंरचना गर्दा जात र भाषालाई नभई पहिचान र सामर्थ्यलाई आधार बनाइनुपर्ने उपाध्यक्ष भण्डारीको भनाइ थियो । उनले भनिन्, 'राज्यको पुनःसंचना गर्दा दलका नेताहरूले समयमै बुद्धि पुर्‍याउन नसके मुलुक जातीय युद्धमा फस्ने भएकाले जातीय होइन पहिचान र सामर्थ्यका आधारमा  राज्य पुनःसंरचना हुनर्ुपर्छ ।'
बिहीबार प्रेस चौतारी नेपाल बाँके शाखाले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले जाति विशेषका आधारमा निर्माण हुने संघीयताले एक जात र अर्को जातजातिका बीचमा साम्प्रदायिक द्वन्द्व
बढ्न सक्ने भएको टिप्पणी गर्दै जातीय आधारको

बाँकी अंश »

वाटिका

इन्द्बेनी