© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
साताको पहिलो दिन आइतबार खुलेको नेप्सेले वियरिस ट्रेन्ड नै पछयाएको छ । यस दिन नेप्से बिहीबारको तुलनामा १ दशमलव ७३ अंकले घटेर ३ सय १४ दशमलव ७ विन्दुमा आइपगेको छ । आइतबारको सेयरबजारमा जलविद्युत् र वित्त समूहबाहेक सम्पर्ूण्ा परिसूचक ओरालो लागेका छन् । यस दिन होटल समूहको भने कारोबार भएन ।
यस दिन कारोबार भएका कुल ८३ कम्पनीमध्ये ३४ ओटा कम्पनीको सेयरमूल्य घटयो, २५ ओटा कम्पनीको बढयो भने २४ कम्पनीको मूल्य स्थिर रहयो । कुल १ हजार २ सय ७२ पटक ८४ हजार ७ सय ४९ सेयरको किनबेचबाट कुल १ करोड ५३ लाख ३८ हजार मूल्य बराबरको कारोबार भयो । सबैभन्दा बढी सेयर किनबेच हुने पाँच कम्पनीहरूमा बैंक अफ काठमाडौं, चिलिमे हाइड्रो पावर कम्पनी, एनएमबी बैंक, नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।
पर्यटक आगमन वृद्धिसंँगै अहिले स्वदेशी एवं विदेशी वायुसेवा कम्पनीबीच अन्तर्रर्ााट्रय एवं आन्तरिक उडान भर्ने होड बढेको छ ।
मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम धराशायी भएका बेला अहिले अन्तर्रर्ााट्रय मात्र नभएर स्वदेशी निजी वायुसेवा कम्पनीहरू पनि अन्तर्रर्ााट्रय उडान भर्न आतुर देखिएका छन् ।
उनीहरू सरकारी स्वामित्वमा सञ्चालित निगमका दर्ुइ ठूजा जहाज उडान भर्न नसक्ने गरी थला परेकाले विदेशीले मुलुकको ठूलो धनराशि बाहिर लाने मौका पाएको भन्दै स्वदेशी लगानीमा सञ्चालित वायुसेवा कम्पनीबाट अन्तर्रर्ााट्रय उडान भर्न आतुर भएका हुन् ।
बढ्दो सवारी चापका कारण सवारी जाम भएर काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको गुनासो बढेकै बेला सवारीसाधनमा समेत चुरोट र मदिरामा जस्तो अन्तःशुल्क लगाउने कार्यले अटोमोबाइल व्यवसाय धराशयी बन्ने खतरा बढेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । अटोमोबाइल व्यवसायीले अन्य व्यवसायीसरह सम्मान पाउन नसकेको र २ सय ४१ प्रतिशतसम्मको राजस्व दरका कारण निम्न मध्यम वर्गका मानिसको पहुँचमा सवारीसाधन पुग्न नसकेको उनीहरूको
दाबी छ ।
बिहीबार काठमाडौं र ललितपुरमा ग्याँस बोकेको गाडी नियन्त्रणमा लिने प्रयास भएका छन् । बुधबार भक्तपुरको सल्लाघारीमा र्सवसाधारणले दर्ुइ गाडी हिमाल ग्याँस नियन्त्रणमा लिई र्सवसाधा™णलाई वितरण गरेको अर्को दिन काठमाडौंको डल्लु र ललितपुरको बालकुमारीमा ग्याँसको गाडी नियन्त्रणमा लिई वितरणको प्रयास गरिएको हो । ग्याँसको चरम अभावका कारण आक्रान्त बनेका स्थानीयवासीले ज्यानकै जोखिम मोलेर राजमार्गमा गाडी रोकी बुधबार ग्याँस नियन्त्रणमा लिई पैसा तिरेरै
लिएका थिए ।
काठमाडौं/रास- कम्प्युटर एसोसिएसन नेपाल -क्यान) द्वारा आयोजित सूचना तथा सञ्चार प्रविधिसम्बन्धी मेलाको अठारौं संकरण 'एक्सप्लोर एसिया क्यान इन्फोटेक-२०१२' करिब ४ करोडको कारोबार गर्दै सम्पन्न भएको छ । मेला बिहीबारदेखि मंगलबारसम्म ६ दिनसम्म चलेको थियो । मेलामा करिब ४ लाख अवलोकनकर्ताको सहभागिता रहेको क्यानका अध्यक्ष सुरेश कर्ण्र्ाा जानकारी दिए ।
क्यानले विगत १८ वर्षेखि यस प्रकाकरको मेला गर्दै आएको छ । मेलाकै अवसर पारेर क्यानले सूचना तथा प्रविधिसम्बन्धी सम्मेलनसमेत गर्ने गरेको छ ।
यस पटक मेला र सम्मेलन एकै स्थानबाट गर्दा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले भिन्नै स्थानमा सम्मेलन गरिएको अध्यक्ष कर्ण्र्ाा बताए । यस पटकको सम्मेलन नेपाल इन्टरनेट सोसाइटी र क्यानले संयुक्त रूपमा आयोजना गरेका थिए । 'सबैका लागि इन्टरनेट' नामक सो सम्मेलनले इन्टरनेटको माध्यमबाट मुलुकको समग्र विकासमा योगदान गर्न सकिने भएकाले यसको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले लगानी गर्नुपर्ने कुरामा सहभागीले जोड दिएका थिए ।
बजारमा खाना पकाउने ग्याँसको चर्काे अभाव भइरहेका बेला ग्याँसको कालोबजारी गरी वितरण गरिरहेका एक व्यापारीलाई पक्राउ गरिएको छ ।
सोह्रखुट्टेस्थित मनकामना ग्याँस डिपोका सञ्चालक रोशनराज भन्डारीलाई कालोबजारी गरी ग्याँस वितरण गरेको उपभोक्ताको उजुरीका आधारमा पक्राउ गरिएको हो । मंगलबार वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग, हनुमानढोका र उपभोक्ताको सहभागितामा गएको अनुगमन टोलीले उनलाई प्रक्राउ गरेको हो ।
वाणिज्य विभागका बजार अनुगमन अधिकृत कमलबहादुर थापाले बजारमा ग्याँसको अभाव भइरहेका बेला कालोबजारी गरी ग्याँस बेच्ने गरेको फेला परेपछि पक्राउ गरिएको जानकारी दिए । 'अनुगमनका क्रममा एउटा ग्याँसलाई १८ सय रूपैयाँसम्म लिने गरेको पाइयो,' बजार अनुगमन अधिकृत थापाले भने, 'व्यापारीलाई अनुसन्धानपछि कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार कारबाही गरिनेछ ।'