२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बिदेश

'राहुल जन्मेकै प्रधानमन्त्री बन्न'

राहुल गान्धीसँग मन्त्री पदको अनुभव छैन, उनले कहिल्यै सरकारी नोकरी खोजेनन् र उनले भारतका लागि आफ्नो विस्तृत दृष्टिकोण पनि दिएका छैनन् र पनि उनलाई भारतको भविष्यको प्रधानमन्त्रीको रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीका छोरा, नाती तथा पनाती ४१ वषर्ीय राहुलले पिता राजिव गान्धीको सन् १९९१ मा हत्या भएपछि अपेक्षाको यो बोझ बोकेका छन् । उनले यो स्पष्ट नियतिलाई आफ्नी आमा इटालीमा जन्मेकी तथा भारतको सत्ताधारी कंग्रेस पार्टर्ीी नेत्री सोनिया गान्धीको नर्देशनमा तयार गरेका हुन् । उनकी आमाले सन् २००४ देखि कंग्रेसको नेतृत्व गरिरहेकी छिन् ।
उमेरले धेरै पाको भइसकेका मनमोहन सिंह सन् २०१४ मा हुने आम निर्वाचनपछि प्रधानमन्त्री पदबाट बाहिरिने देखिएको छ । राहुल गान्धीले झन्डै सवा अर्ब जनसंख्या भएको भारतलाई नेतृत्व प्रदान गर्न अर्को कदमको रूपमा कंग्रेस पार्टर्ीीे नेतृत्व लिने अनुमान गरिएको छ ।

बाँकी अंश »

अफगान शान्तिमा जस्तोसुकै सहयोग गर्न पकिस्तान तयार

इस्लामावाद/एएफपी( पाकिस्तानले अफानिस्तानमा शान्ति स्थापनाका लागि हुने जस्तोसुकै कदममा पनि सहयोग गर्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री युशुफ राजा गिलानीको सोमबारदेखि हुन लागेको कतार भ्रमणको अघिल्लो दिन पाकिस्तानका एकजना वरिष्ठ सरकारी अधिकारीबाट यस्तो प्रतिक्रिया आएको छ ।
अफगानिस्तानका तालिबानले अफगान शान्ति वार्ताका लागि अमेरिकासँगको सम्भाव्य वार्ता गर्न कतारमा कार्यालय स्थापना गर्न लागेको बताएको केही समयपछि पाकिस्तानी प्रधानमन्त्रीले कतार भ्रमण गर्न लागेका छन् । ती अधिकारीले अफगानिस्तानसँगको शान्ति वार्ताका लागि अमेरिकाले केही तयारी गरिरहेको बताउँदै त्यसमा पाकिस्तानको सहयोगबाट पनि सकारात्मक प्रभाव पर्ने जानकारी दिए ।
आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पाकिस्तानले अफगानिस्तानले अघि सारेको शान्तिवार्ताको प्रक्रियामा सहयोग पुर्‍याउने निर्ण्र्ाागरेको जानकारी दिए । तालिबानसँगको वार्ताका लागि अमेरिकाले तयारी गरिरहेको जानकारी पाकिस्तानलाई दिएको बताउँदै ती अधिरकारीले तर पनि पाकिस्तान भने अहस्तक्षेपको भूमिकामा रहने बताएको समाचारमा उल्लेख छ ।

बाँकी अंश »

गिलानीविरुद्ध सर्वोच्चको अपहेलना मुद्दा

पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध अदालतीय अपहेलनाको मुद्दा चलाउने फैसला गरेको छ । अदालतले प्रधानमन्त्री गिलानीलाई आउँदो १३ फेब्रुअरीमा हाजिर हुने आदेश पनि दिएको छ ।
सर्वोच्च अदालतको सात सदस्यीय खण्डपीठले बिहीबार प्रधानमन्त्री गिलानीविरुद्ध चलिरहेको अदालतीय अपहेलनाको मामिलामा संक्षिप्त फैसला सुनाउँदै यस्तो निर्ण्र्ाागरेको हो । प्रधानमन्त्रीका वकिल ऐतिजाज एहसनले अदालतबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अदालतले प्रधानमन्त्रीलाई १३ फेब्रुअरीमा हाजिर हुने आदेश दिएको र उनीविरुद्ध अदालतीय अपहेलना अभियोग लगाइएको बताए । उनले प्रधानमन्त्री गिलानीलाई अदालतको फैसलाविरुद्ध अपिल गर्ने सुझाव दिने पनि बताए ।

बाँकी अंश »

ए राजाले बाँडेका स्पेक्ट्रम लाइसेन्स रद्द

भारतीय सर्वोच्च अदालतले पर्ूवसञ्चारमन्त्री ए राजाद्वारा वितरित १ सय २२ ओटा टु-जी -दोस्रो पुस्ता) स्पेक्ट्रमको लाइसेन्स बिहीबार खारेज गरेको छ । उसले ती लाइसेन्सहरू पर्ूण्ातः हचुवा र गैरुकानुनी तरिकाले वितरण गरेको बताएको छ ।
लाइसेन्स पाएपछि सेयर बेचेका तीनओटा टेलिकम कम्पनीलाई ५/५ करोड रुपैयाँका दरले जरीवाना लगाउँदै अदालतले नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया -टीआरएआई) लाई टु-जी लाइसेन्स वितरणका लागि ताजा सिफारिस गर्न निर्देशन पनि दिएको छ ।

बाँकी अंश »

पाकिस्तानमा ड्रोन हमला गर्ने हामी ः ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानी भूमिमा विगतमा चालकरहित विमानबाट हमला गर्ने अमेरिका नै भएको पुष्टि गरेका छन् ।
उनले ती हमलाहरूलाई 'सक्रिय आतंककारीको सूचीमा परेका व्यक्तिहरूलाई लक्षित' आक्रमण भनेका छन् । अफगानिस्तानसँगको सीमावर्ती पाकिस्तानी आदिवासी इलाकामा विगतमा बारम्बार चालकरहित विमानहरूबाट हमला हुँदै आए पनि अमेरिकाले त्यस्ता कारबाहीबारे औपचारिक रूपमा मुख खोलेको थिएन ।
गुगलको सामाजिक सञ्जाल गुगल प्लससँगको एक घन्टा लामो भिडियो 'हयाङआउट'मा ओबामाले त्यस्तो टिप्पणी गरेका हुन् । सो हयाङआउट सुरु हुनुअघि ओबामाका लागि १ लाख ३० हजारभन्दा बढी प्रश्न सोधिएको थियो भने ६ जनालाई ओबामासँग अनलाइन भेटघाट गर्न दिइएको थियो । उनीहरूले ओबामालाई प्रश्न सोध्दै फ्लोअप जवाफ खोजेका थिए ।

बाँकी अंश »

विश्वमा खाद्यान्न र ऊर्जा अपर्याप्त

तीव्र गतिमा वृद्धि भइरहेको जनसंख्याको आवश्यकता पर्ूर्ति गर्न विश्वसँग पर्याप्त खाना, पानी र ऊर्जा नहुने चेतावनी राष्ट्रसंघीय एक रिपोर्टले दिएको छ ।
सोमबार जारी गरिएको सो रिपोर्टमा यिनै कारण ३ अर्बभन्दा बढी मानिस गरिबीको रेखामुनि धकेलिन सक्ने बताइएको छ ।
हाल ७ अर्ब रहेको संसारको जनसंख्या सन् २०४० सम्ममा करिब २ अर्ब पुग्ने अनुमान गरिएको छ । आउँदा दर्ुइ दशकमा मध्यमवर्गीय उपभोक्ताको संख्या ३ अर्बले बढ्ने र स्रोतप्रतिको उनीहरूको माग घातांकमा बढ्ने पनि राष्ट्रले
गरेको छ ।
सन् २०३० सम्ममा विश्वमा खाद्यान्नको माग कम्तीमा ५० प्रतिशत, ऊर्जा ४५ प्रतिशत र खानेपानी ३० प्रतिशतले बढ्ने राष्ट्रसंघले अनुमान गरेको छ । र, यदि विश्वले यी समस्याको सामना गर्न सकेन भने यसले ३ अर्ब मानिसलाई गरिबीमा धकेल्ने रिपोर्टले
जनाएको छ ।

बाँकी अंश »

वाटिका

इन्द्बेनी