© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
पुनरावेदन अदालत पाटनले शिक्षक युनियनले आगामी २२ माघ देखि चारदिन सम्म शिक्षासंग सरोकार निकायमा आव्हान गरेको धर्ना नगर्न आदेश दिएको छ ।
पुनरावेदन अदालतका न्यायाधीश यज्ञप्रसाद वस्यालको इजलासले विहिवार कांग्रेस र एमाले निकट शिक्षकहरूको संगठनले केन्द्रीयस्तरमा आव्हान गरेको धर्ना रोक्न आदेश दिएको हो ।
युनियनले अस्थाइ शिक्षकलाइ स्थाइ गर्नुपर्ने, विद्यायमा कर्मचारी दरवन्दी कायम गर्नुपर्नेलगायतका माग राखी शिक्षा मन्त्रालय, विभाग र जिल्ला शिक्षा कार्यालयमा धर्ना र नारावाजी गदैृ आएका छन् ।
गत १३ माघमा पनि उनीहरूले यी निकायमा धर्ना दिएका थिए । शिक्षक र विद्यार्थीलाइ अनिवार्य उपस्थित हुने उर्दीसहित पुन २२ देखि २५ सम्म चारदिका लागि आव्हान गरिएको धर्ना कार्यक्रम अदालतले रोकेको हो । अदालतले शिक्षकहरूले गरेको धर्ना र विरोधका कार्यक्रममा लागएको रोक यो पहिलो हो ।
निजी विद्यालयको शिक्षक संगठन -इस्टु) ले आह्रवान गरेको बन्दका कारण विहीवार काठमाडौंका निजी शैक्षिक संस्थाहरू संञ्चालन हुन सकेन् । निजी विद्यालय सञ्चालन नहुदा करिव १ हजार १ सय विद्यालयमा अध्यायनरत झण्डै साढे दर्ुइ लाख भन्दा बढी वालवालिका अध्यायन गर्ने अबसरवाट बञ्चित भए ।
काठमाडौंको कपनस्थित ड्याफोडिल वोडिङ तथा पब्लिक स्कुलका प्रिन्सिपल र विद्यालयका शिक्षकबीचको बिबादले चर्को रूप लिएपछि विद्यालय वन्द भएको हो ।
विद्यालय प्रशासनले विद्यालयका शिक्षकद्धय रमेश दंगाल र विजेन्द्र प्रधानलाई निश्कासन गरेपछी स्टुले पर्ुनवहालि सहित शिक्षकले राखेका १७ बुदे माग कार्यन्वनयन हुनर्ुपर्ने भन्दै काठमाडौंका निजी शैक्षिक संस्था बन्द आह्रवान गरेका हुन ।
विद्यालयका प्रिन्सिपल हरी दाहलले शिक्षकलाई निकालेको आरोप आन्दोलनरत शिक्षकहरूले लगाएका छन् तर प्रिन्सिपलले भने विद्यालय प्रशासनले ती शिक्षकलाइ ननिकालेको जिकिर गरेका छन । क वर्गको यस विद्यालयमा झण्डै तीन महिना अगाडि मात्र निजी विद्यालयको शिक्षक संगठन गठन भएको थियो ।
समितिको अध्यक्षमा दंगाल रहेका थिए । संगठनले विद्यालय प्रशासनसँग शिक्षा नियमावलीमा उल्लेख भएबमोजिम शिक्षकलाई सुविधा दिनुपर्ने माग राख्दै आएका छन ।
विगत केही समयदेखी विद्यालय ब्यबस्थापन समिती र शिक्षकहरूबीच विवाद उत्पन्न हुदै आएको थियो । विद्यालयमा कुल १ सय ३० शिक्षक र कर्मचारी कार्यरत छन् भने झण्डै १ हजार ५ सय विद्यार्थी अध्यायनरत छन् । शिक्षकहरूले पर्ुव सुचना बिना नै विद्यालय बन्द गराउदा काठमाडौंका सयौं विद्याथिहरू पढ्न नपाएर निरास हुँदै फर्किएका थिए । हामीलाइ शिक्षादिने शिक्षकहरू नै आन्दोलित भएका कारण पढन् पाएनौ, एक विद्यार्थीले निरास भएर राजधानीसँग भने ।
यसअधि शिक्षकहरूका १८ ओटा पेशागत संस्थाहरूले राजधानीमा विद्यालय बन्द नगर्ने, वालवालिकालाई शान्तिपर्ुण्ा
उच्च माध्यमिक शिक्षा परिषद्ले दर्जनौं उच्च माविलाई सञ्चालनका लागि परिषद्को बैठकविना नै स्वीकृत दिएको तथ्य खुलासा भएको छ ।
परिषद्को बैठक लामो समयसम्म बस्न नसकेको भन्दै उच्च माविलाई सञ्चालन गर्न स्वीकृत दिएको तथ्य खुलासा भएको हो । परिषद्को मंगलबार बसेको बैठकले हाल सञ्चालनमा रहेका र सञ्चालनको प्रक्रियामा अगाडि बढेका केहीलाई सम्बन्धन दिने निर्ण्र्ाागरेको हो । तर, यसअगाडि केही उच्च माविहरू परिषद्को निर्णर्यविना नै सञ्चालन हुँदै आएका थिए ।
उच्च माविहरू सञ्चालन हुनुअगावै परिषद्को बैठकले निर्ण्र्ाागर्नुपर्छ । मंगलबार बसेको बैठकले ३ सय १४ उच्च माविलाई नयाँ सम्बन्धन दिएको हो । उच्च मावि स्रोतका अनुसार मन्त्री र परिषद्का पदाधिकारीको तोक आदेश र निर्देशनमा बैठकमा अनुमोदन गर्ने गरी उच्च मावि सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।
ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले भवन अभावमा खुला चौरमा कक्षा सञ्चालन गरिरहेकै बेला यहाँको एक उच्च मावि..ले विद्यालायका लागि बनाइएको भवन वषार्ंैदेखि गैरसरकारी संस्था सञ्चालन गर्न अनुमति दिइरहेको छ । शिक्षा विभागको सहयोगमा विद्यालयका लागि बनेको भवनमा गैरसरकारी संस्था सञ्चालन हुँदै आएको होे ।
ललितपुर जिल्लाका कतिपय ग्रामीण क्षेत्रमा विद्यालय भवनको अभाव छ, तर सो विद्यालयले भवन दुरुपयोग गरिरहेको सोही विद्यालयहरूमा कार्यरतहरू बताउँछन् ।
'भवन पुगेको रहेछ त, सरकारलाई भवन अभाव किन देखाए -' स्थानीय एक विद्यालयका प्रधानाध्यापकले आक्रोश पोखे, 'बरु, त्यही रकमले साँच्चै अभाव भएको ठाउँमा त भवन बन्थ्यो ।' सोही उच्च माविका प्राचार्यले भवनमा अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सञ्चालन गरिरहेको उनले बताए ।
सरकारले विद्यालयका सबै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि ललितपुरका अधिकांश सामुदायिक विद्यालयहरूले बिद्यार्थीबाट मनपरी शुल्क लिने गरेका छन् । विद्यालयहरूले वाषिर्क शुल्क, परीक्षा शुल्कलगायतका विभिन्न शर्ीष्ाकमा विद्यार्थीबाट मनपरी शुल्क असुली गरेका हुन् ।
पछिल्ला दिनमा राजधानीका सामुदायिक विद्यालयहरूमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका मात्र अध्ययन गर्ने बताइन्छ । अधिकांश विद्यार्थी ज्याला, मजदुरी गर्नेका छोराछोरी वा घरेलु मजदुर हुने गरेको सामुदायिक विद्यालयका शिक्षकहरू नै बताउँछन् ।
समाजमा शिक्षाको ज्योति र्छर्ने स्कुल, क्याम्पस जस्ता शैक्षिक संस्थाको विकासका लागि सरकारकै मुख ताक्नु पर्दैन भन्ने गतिलो उदाहारण बनेको छ, यहाँको एक परिवार ।
बर्दिया, नेउलापुर-५ सिंहबाहिनीका थापा परिवारका चार दाजुभाइले गाउँमै क्याम्पस बनाउन नगद ५१ लाख रुपैयाँ दान गर्ने र्सार्वजनिक घोषण गरेपछि यो परिवार समाजकै उदाहरणीय बनेको हो । थापा परिवारका चार दाजुभाइ गणेश थापा, शमशेर थापा, लवसिंह थापा र कुशव थापाले भुरिगाउँ बजारमा रहेको निकुञ्ज मध्यवर्ती बहुमुखी क्याम्पसको भवन बनाउन यो धनराशि दानस्वरूप प्रदान गर्ने घोषण गरेका हुन् ।
आर्थिक स्रोतको अभावमा क्याम्पसको आफ्नै भौतिक संरचना निर्माण हुन नसकेपछि स्रोत जुटाउन क्याम्पसले यही ४ फागुनदेखि क्याम्पसमै धनधन्याञ्चल महायज्ञ सञ्चालनको तयारी गरिरहेकै बेला थापा परिवारले यो दान सहयोगको घोषण गरेका छन् ।