२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

मुख्य समाचार

देश

नेटवर्किङ आरसीएमद्वारा अवैध औषधि बिक्री

भारतीय नेर्टवर्क विजनेस कम्पनी आरसीएम -राइट कन्सेप्ट मार्केटिङ) ले नेपाल सरकारको इजाजत नलिई तर्राईका विभन्न जिल्लामा गैरकानुनी रूपमा औषधि बिक्रीवितरण गरिरहेको खुलासा भएको छ । भारतीय औषधि कम्पनी इप्काद्वारा उत्पादित शक्तिवर्द्धक औषधि न्युटि्रचार्ज चक्कीको बिक्री वितरण -मार्केटिङ ) गर्ने ठेक्का लिएको आरसीएमले नेपालमा फैलिएको आफ्नो सञ्जालमार्फ सो चक्की बिक्रीवितरण गर्दै आएको छ ।
आरसीएमद्वारा बिक्री सुरु गरिएको शक्तिवर्द्धक औषधि न्युटि्रचार्ज चक्कीले यौन शक्ति बढ्ने र बूढो पनि जवान देखिनेजस्ता भ्रामक प्रचार गर्दै आएको छ । सोही औषधि सेवन गर्दा लालपुर-५ सिरहाका २५ वषर्ीय धर्मेन्द्र महतोको मानसिक सन्तुलन गुमाएका छन् । धर्मेन्द्रका बुबा दर्ुगाप्रसाद महतोले भने, 'मेरो छोरा स्वास्थ्य र हट्टाकट्टा थियो । न्युटि्रचार्ज चक्की सेवन गरेपछि अचानक पागल जस्तोे गर्न थाल्यो । औषधि सेवन गरेको एक सातापछि त पूरै पागल नै भयो । अहिले घरमा थुनेर राख्नुपरेको छ ।'

बाँकी अंश »

तीन दिनदेखि अपहृत दर्ुइ व्यापारीको अवस्था अज्ञात

विगत तीन दिनदेखि अपहरणमा परेका दर्ुइ भारती व्यापारीको अवस्था अझै अज्ञात रहेको छ ।  
महोत्तरीको लक्ष्मीनियाँ बैरगिया-८ बाट बिहीबार अज्ञात समूहद्वारा अपहरणमा परेका भारत सीतामढी जिल्ला बेलाथानामजपकौनी बस्ने २५ वषर्ीय सजीव पर्ूर्वे र राजकरण साहको अवस्था अझैै अज्ञात रहेको छ । काम सकी महोतरीको टिकुलियाबाट घरतर्फ गइरहेका बेला रात्ाि ९ बजे आठ/दसजनाको संख्यामा आएका हतियारधारी समूहले उनीहरूलाई अपहरण गरी लगेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक सुरज केसीले बताए ।

बाँकी अंश »

सचिव खोज्दै सदरमुकाममा

गाविस सचिवको कार्यक्षेत्र कहाँ हो - गाविस कार्यालय वा जिल्ला विकास समितिको कार्यालय । गाविस कार्यालयमा सचिव बस्दैनन्, जिविसमा उनीहरूलाई सेवाग्राहीले भेट्दैनन् ।     सेवाग्राही एउटा सिफरिसमा सचिवको हस्ताक्षर गराउन गाउँदेखि पैसा खर्च गरेर सदरमुकाम आउँछन् तर गाविस सचिवलाई भेट्न सक्दैनन् ।
हिजो द्वन्द्वको समयमा गाउँ जान समस्या भएका सचिवलाई अहिले कुन कुराले अवरोध गरेको छ - जिविसले किन गाविस सचिवलाई कार्यक्षेत्रमा खटाउन सक्दैन् - यसकोे प्रत्यक्षमारमा सेवाग्राही परेका छन् । गाविस सचिव गाउँमा र सदरमुकामा पनि नभेट्दा पर्ूर्वी मकवानपुरका एक सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । र्राईगाउँ-१ का इमानसिंह मोक्तानले गाविस सचिव खोज्दै सदरमुकाम हेटांैडामा एक साता बिताइसकेको दुःखेसो पोखेे । नागरिकता हराएकाले प्रतिलिपि लिनका लागि गाविसको सिफरिसमा सचिव शुक्रराज र्राईलाई हस्ताक्षर गराउन हेटौंडा आएका मोक्तानले एक सातामा पनि सचिवलाई फेला पार्न सकेका छैनन् ।

बाँकी अंश »

'जातीय आधारमा संघीयता हुँदैन'

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले जातीयतालाई आधार बनाएर ल्याइएको राज्य पुनःसंरचना उच्चस्तीय सुझाव समितिको प्रतिवेदन आफ्नो पार्टर्ीी लागि स्वीकार नहुने बताएकी छन् ।
राज्य पुनःसंरचना गर्दा जात र भाषालाई नभई पहिचान र सामर्थ्यलाई आधार बनाइनुपर्ने उपाध्यक्ष भण्डारीको भनाइ थियो । उनले भनिन्, 'राज्यको पुनःसंचना गर्दा दलका नेताहरूले समयमै बुद्धि पुर्‍याउन नसके मुलुक जातीय युद्धमा फस्ने भएकाले जातीय होइन पहिचान र सामर्थ्यका आधारमा  राज्य पुनःसंरचना हुनर्ुपर्छ ।'
बिहीबार प्रेस चौतारी नेपाल बाँके शाखाले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले जाति विशेषका आधारमा निर्माण हुने संघीयताले एक जात र अर्को जातजातिका बीचमा साम्प्रदायिक द्वन्द्व
बढ्न सक्ने भएको टिप्पणी गर्दै जातीय आधारको

बाँकी अंश »

भगतसिंह समूहको वार्ता टोली र्सार्वजनिक

लामो समयदेखि भूमिगत रूपमा तर्राईका विभिन्न जिल्लामा हिंसात्मक गतिविध सञ्चालन गर्दै आएको जनतान्त्रिक तर्राई मधेस मुक्ति पार्टर्ीी युद्धविरामको घोषणा गरेको छ ।
भगतसिंहले नेतृत्व गरेको सो पार्टर्ीी युद्धविराम गरेको औपचारिक जानकारी मंगलबार सरकारलाई दिने भएको छ । पत्रमा आफ्ना तर्फाट राखिएका माग र प्रतिबद्धता समावेश गरिएको सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
करिब पाँच वर्षेखि तर्राईमा हत्या, हिंसा, चन्दा आतंक जस्ता गतिविधि सञ्चालन गर्दै आएको सो पार्टर्ीीर्ूवदेखि पश्चिम तर्राईका जिल्लाहरूमा सक्रिय रहेको भूमिगत पार्टर्ीी आफूनिकट व्यक्तिमार्फ शान्ति मन्त्रालयलाई वार्तामा बस्ने प्रस्ताव गरेको थियो ।

बाँकी अंश »

१२औं दिन पनि जलेश्वर बन्द र्समर्थन गर्दै आमरण अनशन

१० सूत्रीय माग राख्दै ज्ानहित सरोकार मञ्च जलेश्वरका अध्यक्ष तथा तमलोपा नेपालका नेता सुरेश पाण्डेले मंगलबार बिहान ८ बजेदेखि आमरण अनशन सुरु गरेका छन् ।  
जलेश्वरको दर्ुगाचोकमा आमरण अनशनमा बसेका पाण्डेले माग पूरा नहुन्जेलसम्म आमरण अनशन जारी राख्ने बताए । उनीसँगै राकेश झा र रञ्जित चौधरी रिले अनशनमा बसेका छन् ।
लोडसेडिङ पर्ूण्ारूपमा अन्त्य हुनुपर्ने, आन्तिरिक राजस्व र यातायात कार्यालयको शाखा कार्यालय जलेश्वरमा स्थापना हुनुपर्ने, बर्दिवासमा रहेका खानेपानी तथा सरसफाइ डिभिजनल कार्यालय, जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय, हुलाकी राजमार्ग कार्यालय, जिल्ला ट्राफिक कार्यालय जलेश्वरमा स्थापना हुनुपर्नेलगायतका १० सूत्रीय माग राख्दै पाण्डे आमरण अनशनमा बसेका हुन् ।
यसैबीच

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी

विनिमय दर

मुद्रा युनिट खरीद दर बिक्री दर

सुनचाँदीको दर

  ग्राम तोला