२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

अर्थतन्त्र

नेप्सेमा युनिलिभरको हडतालको प्रभाव

काठमाडौं/रास- बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल युनिलिभर कम्पनीमा भएको मजदुर हड्तालको प्रभाव परेको छ । यस दिन बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्यमा ६ सयको कमी आएको छ । कम्पनीमा कार्यरत १ सय ५० जना मजदुरहरूले विभिन्न ६ सूत्रीय माग राखी यसैसाताको सुरुआतदेखि हडताल गरेका छन् भने व्यवस्थापन पक्षले उनीहरूका मागलाई बिलासी माग भनी पूरा गर्न अर्समर्थता देखाएको छ । सोही कारण बुधबार भएको सेयर कारोबारमा यसको मूल्य घटेको हो । यस दिन यस कम्पनीको कुल १ सय ५० कित्ता सेयर कारोबार भएको थियो । युनिलिभरको सेयर स्टकमा कारोबार हुने सेयरमध्ये सबैभन्दा महँगो सेयर हो ।
यस दिन कारोबार भएकामध्ये उत्पादन, जलविद्युत्, विकास बैंक तथा वित्त समूहको सूचकांक घटयो भने अन्य, इन्स्योरेन्स र बैंकिङ समूहको सेयरको सूचकांक बढयो । बुधबारको कारोबारमा सेयर मूल्य घटने कम्पनीमा नवदर्ुगा फाइनान्स, हामा मर्चेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक र रारा विकास बैंक रहे भने सेयर बढ्ने कम्पनीहरूमा हिमालयन फाइनान्स, उद्यम विकास बैंक, कुमारी बैंक, युनिक फाइनान्स र र्सर्ूय लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् ।

बाँकी अंश »

प्याकेजमा घुम्न आउने पर्यटकको संख्या बढयो

विगतका वर्षरूको तुलनामा यस वर्षप्याकेजमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ । नेपाल भ्रमणमा आइपुग्नेमध्ये अधिकांश प्याकेज लिएर आउने गरेकाले सो संख्या बढेको हो । पर्यटकले नेपालमा आउँदा पर्यटनका गतिविधिका लागि प्याकेज लिएर आउने क्रम सन् २०११ को तुलनामा सन् २०१२ को जनवरीसम्ममा करिब २५ प्रतिशतले बढेको नेपाल एसोसिएसन अफ टुर अपरर्ेर्टस -नाटो)ले जनाएको छ ।
नाटोका अध्यक्ष अशोक पोखरेलले विगतका वर्षरूको तुलनामा यसपालि प्याकेजमा आउने पर्यटकको संख्या बढेको बताए । पर्यटकले प्याकेज बुकिङ गरी समूहमा क्रम सन् २०११ को पर्यटकीय सिजनका लागि करिब ७० देखि ८० प्रतिशत पुगेको पोखरेलले बताए । उनका अनुसार यो दर सन् २०१० मा करिब ६० प्रतिशत रहेको थियो । पर्यटकले नेपाल आउनुअगाडि होटल बुकिङदेखि ट्रेकिङ, र्‍याङ्खटिङ, पर्यटकीय गन्तव्यको दृश्यावलोकनलगायतका कार्य प्याकेजमार्फ गर्ने गरेको उनको भनाइ छ ।

बाँकी अंश »

बर्डफ्लु संक्रमित क्षेत्रमा मानिसको स्वास्थ्य परीक्षण

कुखुरामा बर्डफ्लु पुष्टि भएको क्षेत्रमा मानिसको स्वास्थ्य पनि परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामबाट गएको स्वास्थ्य कर्मीहरूको टोलीले बर्डफ्लु देखिएको इलामको फाकफोक र पाँचथरको फाक्तेप क्षेत्रका ९० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वस्थ्य परीक्षणका क्रममा बर्डफ्लुबाट हुने कुनै पनि असर नपाइएको स्वास्थ्यकर्मीहरूको टोलीले जानकारी गराएको छ । सो क्षेत्रमा बुधबार पुनः क्षेत्रीय स्वास्थ्यकर्मीको टोली गएको छ ।
जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठक बसी बर्डफ्लु फैलन नदिन अर्को निर्ण्र्ाानभएसम्म सुनसरी जिल्लाबाहेकका स्थानमा उत्पादनको प्रमाणित भएको कुखुराको आहारा आयात गर्न दिइने तर पन्छीजन्य वस्तुहरूको आयात तथा निर्यातमा रोक लगाउने निर्ण्र्ाागरेको छ ।

बाँकी अंश »

विमानस्थलको घाँसे मैदानमा आगलागी हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल नजिकै अकस्मात् लागेको आगजनी नियन्त्रणमा आएको छ । मंगलबार अपराह्न ५ बजेर ४५ मिनेटमा विमानस्थलको धावनमार्गबाट पर्ूवपट्टकिो घाँसे मैदानमा लागेको आगो विमानस्थलका आकस्मिक दमकलले नियन्त्रणमा
लिएका हुन् । सो आगलागीबाट विमानस्थलको हवाई उडान करिब डेढ घन्टा प्रभावित भएको थियो । धावनमार्गमाथि आकासमा धुवाँको मुस्लो देखेपछि विमानस्थलको हवाई उडान प्रभावित भएको थियो ।
सो समय अन्तर्रर्ााट्रय एवं आन्तरिक उडान केही समय ठप्पझैं भएका थिए । विमानस्थल कार्यालयले सो आगलागीबाट हवाई उडानमा केही प्रभावित भएको जनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले सो आगोलागी विमानस्थलको धावनमार्ग क्षेत्रभन्दा निकै टाढा भएकाले नियमित जहाज अवतरण तथा उडानमा केही सामान्य प्रभाव परेको बताए । उनले आगलागीको खबर पाउनासाथ आफूले तत्काल सुरक्षा संयन्त्र तैनाथ गरी दमकलले नियन्त्रणमा लिएकाले विमानस्थलमा कुनै क्षति नभएको बताए । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । साँझ ५ बजेर ४५ मिनेटमा लागेको आगो सवा ७ मा नियन्त्रणमा आएको थियो । सरकारले सो आगलागीका बारेमा छानबिन गर्न एक अनुसन्धान कमिटी
बनाएको छ ।
धावनमार्गभन्दा पर्ूवपट्टकिो घाँसे मैदानमा लागेको सो आगजनी नियन्त्रणमा नआएको भए विमानस्थलभित्र हयाङ्गरमा पार्किङ गरी राखिएका विमानमा समेत ठूलो क्षति हुने थियो । सो आगलागीको खबर पाउनासाथ पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर तत्काल विमानस्थल पुगी घटनाको बारेमा जानकारी लिएका थिए ।

बाँकी अंश »

नेप्से ओरालैतिर netro

साताको पहिलो दिन आइतबार खुलेको नेप्सेले वियरिस ट्रेन्ड नै पछयाएको छ । यस दिन नेप्से बिहीबारको तुलनामा १ दशमलव ७३ अंकले घटेर ३ सय १४ दशमलव ७ विन्दुमा आइपगेको छ । आइतबारको सेयरबजारमा जलविद्युत् र वित्त समूहबाहेक सम्पर्ूण्ा परिसूचक ओरालो लागेका छन् । यस दिन होटल समूहको भने कारोबार भएन ।
यस दिन कारोबार भएका कुल ८३ कम्पनीमध्ये ३४ ओटा कम्पनीको सेयरमूल्य घटयो, २५ ओटा कम्पनीको बढयो भने २४ कम्पनीको मूल्य स्थिर रहयो । कुल १ हजार २ सय ७२ पटक ८४ हजार ७ सय ४९ सेयरको किनबेचबाट कुल १ करोड ५३ लाख ३८ हजार मूल्य बराबरको कारोबार भयो । सबैभन्दा बढी सेयर किनबेच हुने पाँच कम्पनीहरूमा बैंक अफ काठमाडौं, चिलिमे हाइड्रो पावर कम्पनी, एनएमबी बैंक, नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् ।

बाँकी अंश »

निजी वायुसेवा कम्पनीबीच उडान विस्तार गर्ने होड

पर्यटक आगमन वृद्धिसंँगै अहिले स्वदेशी एवं विदेशी वायुसेवा कम्पनीबीच अन्तर्रर्ााट्रय एवं आन्तरिक उडान भर्ने होड बढेको छ ।
मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम धराशायी भएका बेला अहिले अन्तर्रर्ााट्रय मात्र नभएर स्वदेशी निजी वायुसेवा कम्पनीहरू पनि अन्तर्रर्ााट्रय उडान भर्न आतुर देखिएका छन् ।
उनीहरू सरकारी स्वामित्वमा सञ्चालित निगमका दर्ुइ ठूजा जहाज उडान भर्न नसक्ने गरी थला परेकाले विदेशीले मुलुकको ठूलो धनराशि बाहिर लाने मौका पाएको भन्दै स्वदेशी लगानीमा सञ्चालित वायुसेवा कम्पनीबाट अन्तर्रर्ााट्रय उडान भर्न आतुर भएका हुन् ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी