© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
भारतमा ठूलो जनसंख्या रहेको उत्तर प्रदेश राज्यको विधानसभा निर्वाचनको मतदान बुधबार सुरु भएको छ । यहाँका झन्डै १२ करोड ६० लाख मतदाताले चार सय तीन सिटको लागि मतदान गर्दैछन् भने सात चरणमा हुने मतदान कार्य ३ मार्चमा सकिने बताइएको छ । मतदान ६ मार्चमा सुरु हुने बताइएको छ ।
उत्तर प्रदेशमा अर्को सशक्त क्षेत्रीय शक्ति समाजवादी पार्टर्ीीग संर्घष्ा गरिरहेकी तल्लो जातिकी दलित मायावतीले शासन गरिरहेकी छिन् । तर, यो निर्वाचन तनावग्रस्त सत्तारुढ कंग्रेस पार्टर्ीीे लागि प्रमुख परीक्षण बनेको छ ।
करिब तीन सातादेखि जारी आन्दोलनपछि मंगलबार राष्ट्रपति मोहमद नशिदले अकस्मात् राजिनामा दिएपछ त्यहाँ राजनीतिक अस्थिरता सुरु भएको खबर छ ।
राजनीतिक घटनाक्रमहरू कमैमात्रै र्सार्वजनिक हुन गरेको दक्षिण एसियाको यो मुलुकमा मंगलबार प्रहरी नै आन्दोलनमा उत्रिएपछि राष्ट्रपति नशीदले राजिनामा दिएका थिए । उनको राजीनामापछि पनि प्रहरी व्रि्रोहको विषयलाई लिएर विभिन्न अड्कलबाजी गरिएको र सोको कारण पर्ूव सरकार र उसका कार्यकर्तालाई नै तारो बनाइन सक्ने सम्भावना बढेको छ ।
यिनै आशंका र सम्भावनाबीच राष्ट्रपतिको दलका कार्यकर्ता एवम् उनको दलमाथि प्रतिशोधात्मक हमला हुन भन्दै त्यसो नगर्न विश्व मानावअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्तिमार्फ सो संस्थाले अघिल्लो दिन राजिनामा दिएका राष्ट्रपति मोहमद नशीदको दल र उसका कार्यकर्तालाई तारो नबनाउन चेतावानी दिएको छ । तीन सातासम्मको राजनीतिक उथलपुथलबीच प्रहरीले व्रि्रोह गरेपछि प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहमद नशीदले मंगलबार राजिनामा दिएका हुन् ।
आफूले राजीनामा दिँदा देशमा विद्यमान समस्याको समाधान हुन्छ भने आफू त्यसका लागि तयार भएको भन्दै नशीदले राजिनामा दिएको राष्ट्रिय टेलिभिजनमार्फ जानकारी गराएका थिए । 'मैले राजिनामा दिँदा देशलाई राम्रो हुनेछ र म मुलुकलाई स्वतन्त्र राख्न चाहन्छु' उनले भनेका थिए । मंगलबार बिहानै व्रि्रोही प्रहरी अधिकारीले सरकारविरुद्ध पर््रदर्शन गरेका थिए ।
राजधानी मालेमा तीन सातादेखि सरकारविरोधी पर््रदर्शन जारी थियो । यसपछि उनीहरूले सरकारी टेलिभिजन स्टेसनलाई नियन्त्रणमा लिई उनको विरोधमा कार्यक्रम प्रसारण पनि गर्न थालेका थिए । सुरुमा आन्दोलनमा नागरिक उत्रिएका र पछि राष्ट्रिय प्रहरी संगठनका अधिकारी नै सडकमा ओर्लेका कारण राष्ट्रपति राजीनामा दिन बाध्य भएका थिए ।
राहुल गान्धीसँग मन्त्री पदको अनुभव छैन, उनले कहिल्यै सरकारी नोकरी खोजेनन् र उनले भारतका लागि आफ्नो विस्तृत दृष्टिकोण पनि दिएका छैनन् र पनि उनलाई भारतको भविष्यको प्रधानमन्त्रीको रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीका छोरा, नाती तथा पनाती ४१ वषर्ीय राहुलले पिता राजिव गान्धीको सन् १९९१ मा हत्या भएपछि अपेक्षाको यो बोझ बोकेका छन् । उनले यो स्पष्ट नियतिलाई आफ्नी आमा इटालीमा जन्मेकी तथा भारतको सत्ताधारी कंग्रेस पार्टर्ीी नेत्री सोनिया गान्धीको नर्देशनमा तयार गरेका हुन् । उनकी आमाले सन् २००४ देखि कंग्रेसको नेतृत्व गरिरहेकी छिन् ।
उमेरले धेरै पाको भइसकेका मनमोहन सिंह सन् २०१४ मा हुने आम निर्वाचनपछि प्रधानमन्त्री पदबाट बाहिरिने देखिएको छ । राहुल गान्धीले झन्डै सवा अर्ब जनसंख्या भएको भारतलाई नेतृत्व प्रदान गर्न अर्को कदमको रूपमा कंग्रेस पार्टर्ीीे नेतृत्व लिने अनुमान गरिएको छ ।
इस्लामावाद/एएफपी( पाकिस्तानले अफानिस्तानमा शान्ति स्थापनाका लागि हुने जस्तोसुकै कदममा पनि सहयोग गर्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री युशुफ राजा गिलानीको सोमबारदेखि हुन लागेको कतार भ्रमणको अघिल्लो दिन पाकिस्तानका एकजना वरिष्ठ सरकारी अधिकारीबाट यस्तो प्रतिक्रिया आएको छ ।
अफगानिस्तानका तालिबानले अफगान शान्ति वार्ताका लागि अमेरिकासँगको सम्भाव्य वार्ता गर्न कतारमा कार्यालय स्थापना गर्न लागेको बताएको केही समयपछि पाकिस्तानी प्रधानमन्त्रीले कतार भ्रमण गर्न लागेका छन् । ती अधिकारीले अफगानिस्तानसँगको शान्ति वार्ताका लागि अमेरिकाले केही तयारी गरिरहेको बताउँदै त्यसमा पाकिस्तानको सहयोगबाट पनि सकारात्मक प्रभाव पर्ने जानकारी दिए ।
आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पाकिस्तानले अफगानिस्तानले अघि सारेको शान्तिवार्ताको प्रक्रियामा सहयोग पुर्याउने निर्ण्र्ाागरेको जानकारी दिए । तालिबानसँगको वार्ताका लागि अमेरिकाले तयारी गरिरहेको जानकारी पाकिस्तानलाई दिएको बताउँदै ती अधिरकारीले तर पनि पाकिस्तान भने अहस्तक्षेपको भूमिकामा रहने बताएको समाचारमा उल्लेख छ ।
पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध अदालतीय अपहेलनाको मुद्दा चलाउने फैसला गरेको छ । अदालतले प्रधानमन्त्री गिलानीलाई आउँदो १३ फेब्रुअरीमा हाजिर हुने आदेश पनि दिएको छ ।
सर्वोच्च अदालतको सात सदस्यीय खण्डपीठले बिहीबार प्रधानमन्त्री गिलानीविरुद्ध चलिरहेको अदालतीय अपहेलनाको मामिलामा संक्षिप्त फैसला सुनाउँदै यस्तो निर्ण्र्ाागरेको हो । प्रधानमन्त्रीका वकिल ऐतिजाज एहसनले अदालतबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अदालतले प्रधानमन्त्रीलाई १३ फेब्रुअरीमा हाजिर हुने आदेश दिएको र उनीविरुद्ध अदालतीय अपहेलना अभियोग लगाइएको बताए । उनले प्रधानमन्त्री गिलानीलाई अदालतको फैसलाविरुद्ध अपिल गर्ने सुझाव दिने पनि बताए ।
भारतीय सर्वोच्च अदालतले पर्ूवसञ्चारमन्त्री ए राजाद्वारा वितरित १ सय २२ ओटा टु-जी -दोस्रो पुस्ता) स्पेक्ट्रमको लाइसेन्स बिहीबार खारेज गरेको छ । उसले ती लाइसेन्सहरू पर्ूण्ातः हचुवा र गैरुकानुनी तरिकाले वितरण गरेको बताएको छ ।
लाइसेन्स पाएपछि सेयर बेचेका तीनओटा टेलिकम कम्पनीलाई ५/५ करोड रुपैयाँका दरले जरीवाना लगाउँदै अदालतले नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया -टीआरएआई) लाई टु-जी लाइसेन्स वितरणका लागि ताजा सिफारिस गर्न निर्देशन पनि दिएको छ ।