© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
काठमाडौं/रास- चलचित्र धड्कनभित्रको छायांकन सुरु भएको छ । यसको निर्देशन मदन घिमिरेले गरिरहेका छन् । यो फिल्मको सोमबारबाट राजधानीमा छायांकन सुरु भएको हो ।
रत्न द्यौलाको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा केनन श्रेष्ठ र सञ्जीव खत्री छन् । छायांकारमा शम्भु सापकोटा, नृत्य निर्देशकमा शिव विक/दिनेश श्रेष्ठ/द्वारिका, निर्माण नियन्त्रकमा बद्रि कार्की, संगीतकारमा वसन्त सापकोटा र द्वन्द्व निर्देशकमा रत्न द्यौल्ाा आफै छन् ।
काठमाडौं/रास- म्युजिक भिडियोमा पछिल्लो समय छाएको नाम हो, स्मृति खड्का । गत वर्षर्सवाधिक सफल भएको शशी रावलको गीत 'चाहना सकियो...' म्युजिक भिडियोबाट मोडलिङ यात्रा थालेकी हुन्, स्मृतिले ।
गायक विकास श्रेष्ठ बाटुलो आँखा, तथा चर्चित गीत साइँली पोइल गईसहित आठओटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्, यी मोडलले ।
केही र्सट फिल्मा पनि अभिनेत्री बनिन्, उनी । इन्ज्वय जुससहित केही विज्ञापनमा पनि मोडलका रूपमा देख्न पाइन्छ, स्मृतिलाई । तर, ठूला चलचित्रमा अभिनय गर्ने चाहना रहेनछ, उनमा । कारणबारे यी मोडलले भनिन्, 'सुरुमै चलचित्रका एक/दर्ुइ निर्देशकले गर्लप|mेन्ड बनिदिए मात्र नायिका बनाउँछु भनेर अप्रत्यक्ष रूपमा प्रस्ताव राखे । एक्लै भेट्नर्ुपर्छ पनि भने, त्यसैले फिल्मप्रति मेरो मोह मरेको हो ।' र्
काठमाडौ/रास- यस वर्षा खोटाङ जागरण प्रतिभाको उपाधि लकेश र्राईले जितेका छन् । त्यस्तै, दोस्रो र तेस्रो क्रमशः जानुका र्राई र पदम र्राई भएका छन् । उनीहरू तीनैजनाले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
गीत-संगीतको माध्यमबाट सामाजिक जागरण अभियान चलाई खोटाङको सामाजिक, संास्कृतिक तथा भौतिक विकासमा सहयोग गर्ने उद्देश्यले ललितपुरस्थित सुम्निमा कल्चर एकेडेमीले सो कार्यक्रमको आयोजना गरेको थियो ।
एकेडेमीका सञ्चालक जनक र्राईका अनुसार उत्कृष्ट संगीत र शब्दबापत मृज्ञान र्राई र नाकिमालाई पनि क्रमशः ५/५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित सो प्रतियोगितामा १० जनाले स्पर्धा गरेका थिए । खोटाङ जिल्लासँग सम्बन्धित शब्द र संगीतलाई मात्र स्थान दिइएको सो कार्यक्रममा सहभागीहरू पनि खोटाङकै हुनुपर्ने नियम बनाइएको थियो ।
० आई एम सरी कस्तो जेनरको चलचित्र हो -
यो लाभस्टोरी जेनरको फिल्म हो । जसमा बिजनेस कर्पोरेट परिवारकी एक्ली छोरी साधारण टयाक्सी ड्राइभरको प्रेममा पर्दा सो प्रेमले निम्त्याएको आरोह-अवरोह समेटिएको छ । यसमा अरू पारिवारिक उपकथा पनि जोडिएका छन् ।
० चलचित्रको कथा त पुरानै शैलीको जस्तो छ नि -
संसारमा कुनै पनि कथा नौलो हुँदैन । हामीलाई नयाँ लागेको कथा अरूले भोगी तथा देखिसकेको हुन्छ । तथापि मैले कथामा थोरै भए पनि नयाँपन दिन खोजेको छु । अझ कथामा भन्दा पनि प्रस्तुतिमा बढी महत्त्व दिएको छु ।