असोजमा लिटरेचर फेस्टिबल

काठमाडौं÷रास– राजधानीमा ३ असोजबाट ६ असोजसम्म ‘एनसेल नेपाल लिटरेचर फेस्टिभल’को चौथो संस्करण हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार भेटघाट मात्र सो फेस्टिबलबारे आयोजक पक्षले जानकारी गरायो । फेस्टिबल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यसाथ एनसेल नेपालको प्रायोजनमा आपूmहरूले यो फेस्टिबल गर्न लागेको बुकवर्म फाउन्डेसनका अध्यक्ष अजित बरालले बताए ।

बरालका अनुसार लेखक÷पाठकको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, साहित्यको स्तर वृद्धि गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिँदै आएको हो । उनले अगाडि थपे, ‘लेखक र पुस्तकमा रुचि बढाएर महोत्सवले नेपालको पैmलँदो पुस्तक बजारलाई अझ फैलाउन सहयोग गर्नेछ र नेपालमा हुँदै गरेको साहित्यिक पुनर्जागरणको अग्रपंक्तिमा यो महोत्सव उभिनेछ ।’

महोत्सवमा विभिन्न देशका चर्चित साहित्यकार पनि अतिथिका रूपमा आउने भएका छन् । महोत्सवमा नेपालका अधिकांश साहित्यकार सहभागी हुने आयोजक पक्षको कथन छ । प्रायोजक संस्था एनसेलकी कर्पोरेट अफिसर सञ्जु कोइरालाको कथनमा यो महोत्सवले नेपाली साहित्यको विकास र विस्तारमा टेवा पुग्दै आएको छ । सोही कारण पनि एनसेल निरन्तर फेस्टिबलको प्रायोजक बन्दै आएको उनले बताइन् ।

प्रकाशित मिति: २०१४-०९-१२ १९:१० | ११६ पटक हेरिएको