© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २४
राजधानी समाचारदाता
काठमाडौ, २४ भदौ
चार शिर्षखेलाडीले ग्रान्डमास्टरसंग पराजय भोग्नुका बाबजुद पहिलो हिमालयन ग्रान्डमास्टर चेस प्रतियोगितामा नेपाली खेलाडीले राम्रो सुरुवात गरेका छन् । पहिलो चरणमा तीन सय भन्दा बढीको रेटिङ अन्तरमा खेलेका नेपाली खेलाडीको माझमा दुइले जित हात पारे भने चारले बराबरी गरे । पर्ूव राष्ट्रिय विजेता पुन्य मान कमाचार्यले खेल जिवनकै महत्वपर्ूण्ा जित हात पारे । उनले भारतीय अन्तराष्ट्रिय मास्टर प्रबीण कुमार- २३८०) लाई पराजित गरे । दोस्रो चरणमा पुन्यमानले अर्का भारतीय अन्तराष्ट्रिय मास्टर हिमांशु शर्माको सामना गर्ने छन् ।
पहिलो चरणमा भारतीय फीडे मास्टर सौरभ खेरदेकर- २३४५)लाई पराजित गरेका अर्का भेट्रान प्रचण्ड मालाकारले दोस्रो चरणमा बंगलादेशी फीडे मास्टर अहदम मिजाहुद्धीनलाई पराजित गरे ।
पुन्यमान र प्रचण्डसंगै पहिलो चरणमा उत्कृष्ट पर््रदर्शन गर्नेमा उत्तम राज थापा पनि रहे । उनले नेपालमा तीन उपाधि जितीसकेका भारतीय अनतराष्ट्रिय मास्टर सप्तऋषि रायसंग बराबरी गरे । दुइ भेट्रानले जित हात पारेको दिन लब कुमार श्रेष्ठले प|mान्सेली डब्लु जीएम माइसुराड्जे नीनोसंग बराबरी गरे । बलराम नापीतले बंगलादेशी फीडे मास्टर अफु सफीन साकील- २३६१) संग बराबरी गरे । निरञ्जन प्रजापती र बंगलादेशी फीडे मास्टर मास्टर मोहम्मद जाभेनविचको खेलमा बराबरी भयो ।
प्रतियोगिताको पहिलो चरणमा केशब श्रेष्ठ राम्रो खेलका बाबजुद उज्ववेक ग्रान्डमास्टर सइदअली लुचादेवसंग पराजित भए । अनील राजबाहक पनि अर्का उज्वेक ग्रान्डमास्टर मराट जुमेभसंग पराजित भए । बद्री लाल नेपाललाई दोस्रो बरियताका स्लाभेानीयाका मोहर जर्गले हराए । भारतीय ग्रान्डमास्टर श्रीराम झाले गणेश मान दुवाललाई पराजित गरे । अन्य नेपाली खेलाडीमा जर्नादनृ श्रेष्ठ हीमांशु शर्मा, फीडे मास्टर मनीस हमाल एम आर बंकेटेस र नबीन तण्डुकार अहमद मिजाहुद्धिनसंग पराजित भए । अतानु लहरीलदे प्रेमकृष्ण मर्हजन, थोमस इयानले रत्न ब्यञ्जनकार र हसन मेहन्दीले श्याम श्रेष्ठलाई पराजित गरे । अक्षम कम्परीयाले धर्म लामासंगको खेलमा जित हात पारे । विजय जंग श्रेष्ठलाई रोय प्रान्तीक तथा धिरब राजथला लुका लोनेलसंग खेल्ने छन् । हरिश चन्द्र चौलागाइले वाइ पाए । प्रतियोगितामा शिर्षबरियताप्रापत खेलाडी युक्रेनका ग्रान्डमास्टर जर्जी टिमोसेन्कोले स्लाभेानीयाका मिचेभ मोर नार्सर्ीीलाई पराजित गरे ।
स्वीस लिगमा नौ चरणसम्म सञ्चालन हुने प्रतियोगिाताको बिहिबार नेपाल बुद्धीचाल संघका अध्यक्ष राजेश हरी जोशीले उद्घाटन गरे ।
Comments0
Leave Comments