© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २४
झापा/रास- 'पोहोर साल खुसी फाटयो त्यसलाई पनि मनले टालें, यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो....।'
यस्तै, यस्ता दर्जनौं गीत पस्कँदै संगीतका पारखीहरूले बिहीबार झापाको बिर्तामोडमा सुमधुर स्वरकी धनी स्वं. अरुणा लामालाई सम्भिmए ।
अरुणा लामाको ६५औं जम्न जयन्तीको अवसरमा पर्ूर्वी नेपाल र भारतको दार्जिलिङबाट भेला भएका सांगीतिक व्यक्तित्वहरूले अरुणा लामाको सांगीतिक यात्राको चर्चा मात्र गरेनन् । उनकै स्वरले भरीपर्ूण्ा अनेकौं मन छुने गीतहरू पनि प्रस्तुत गरे ।
हेरन हेरन कान्छा डाँडालाई फूलले ढाक्यो...., एक्लै बस्दा सधै मलाई सम्झना त्रि्रो आइदिन्छ..., फूललाई सोधें हाँगयो कता गयो भमरा.., उडिजाउँ भने म पंक्षी होइन.. जस्ता गीत गायकले पस्कँदा दर्शक दिर्धामा मौनता छाएको थियो । अरुणा लामाले स्वरबद्ध गरेका यी गीत घन्कि रहँदा दर्शकहरूले स्टेजमा अरुणा लामाकै झ-झल्को आएको अनुभव गर्दै थिए । देशका चर्चित गीतकार, संगीतकार, गायक र झापाका विभिन्न संगीत विद्यालयबाट भेला भएका संगीतप्रेमीहरूले देशमै पहिलो पटक मोफसलमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेर स्वं. अरुणा लामालाई श्रद्धाअर्पण गरे ।
संगीतकार, गायक तथा साहित्यकार गणेश रसिकको प्रमुख आतिथ्य तथा संगीतकार कृष्ण योञ्जनको सभापतित्वमा भएको जन्म जयन्ती समारोहमा उमाकान्त खनाल, उषा र्राई, जोनिला योञ्जन, युवराज पोर्तेल, भुजङ्ग, देवीभक्त श्रेष्ठ, विद्या सुब्बाले गायन प्रस्तुत गरेका थिए ।
Comments0
Leave Comments