२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पाठयपुस्तक ठीक कि शब्दकोश -

भाषा शुद्ध हुनर्ुपर्छ । भाषामा एकरूपता हुनु आवश्यक छ । जटिलताबाट सरलतातर्फउन्मुख हुनु भाषाको विशेषता पनि हो । समयसापेक्ष भाषामा वैज्ञानिक सत्यतथ्य प्रमाणित हुनर्ुपर्छ । व्याकरणविना कुनै पनि भाषामा एक रूपता आउँदैन । भाषालाई व्याकरणले नियन्त्रण गर्छ । व्याकरणले नियन्त्रण नगरेको भाषामा वर्ण्र्ाान्याास, पदविन्यास, पदसंगति, कारक रूप आदिको समानता रहँदैन र लेखिएका कुरा रसहीन बन्न जान्छन् । रचनालाई रसिलो, भरिलो र स्वादिलो बनाउन व्याकरणको विधि जरुरी पर्छ । व्याकरणको विधिमा डोरिएको भाषा भनेजस्तो भाषा हुन्छ ।
  नेपाली भाषाको पनि आफ्नै व्याकरण छ । व्याकरणको सीमामा रहेर यस भाषाले आफ्नो छुट्टै अस्तित्व कायम गरेको छ । जयपृथ्वीबहादुर सिंहको प्राकृत व्याकरणदेखि समसामयिक नेपाली व्याकरण लेखनसम्म आइपुग्दा नेपाली भाषाका वर्ण्र्ाान्यासगत लेखनमा धेरै परिवर्तन आएको पाइन्छ । विद्यालय तहदेखि उच्च माध्यमिक तहसम्म अनिवार्य तथा स्नातक तहका केही संकायमा अनिवार्य एवं ऐच्छिक रूपमा साथै स्नातकोत्तर तहसम्म नेपाली भाषाको अध्ययन अध्यापन हुन्छ । त्यसैले नेपाली भाषाको विशेष महत्त्व रहेको छ । चालू शैक्षिक सत्रदेखि लागू हुने गरी ११ कक्षाको अनिवार्य नेपाली विषयलाई परिमार्जन गरिएको छ । उच्च माध्यमिक शिक्षा परिषद्अर्न्तर्गत नेपाली विषय समितिद्वारा लिखित र सम्पादित सबैको नेपाली उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनको सहकार्यमा प्रकाशित भएको छ ।
यतिबेला ११ कक्षाको पढाइ सञ्चालन हुँदै छ । हरेक नेपाली विषय शिक्षक एवं विद्यार्थीको हातसम्म पर्ने मौका सबैको नेपाली पुस्तकले पाएको छ । पुस्तकलाई सैद्धान्तिक पक्षबाट प्रयोगात्मकतर्फउन्मुख गराउन खोज्नु अर्थात् आगमनात्मक पद्धतिमा जोड दिनुले पुस्तकको विशेष महत्त्व रहेको छ । यस पुस्तकको अध्ययनपश्चात् विद्यार्थीको भाषिक क्षमतामा अभिवृद्धि हुने आशा राख्न सकिन्छ ।  यसका लागि सम्पादकमण्डल एवं प्रकाशकलाई धन्यवाद दिनर्ैपर्छ । तर, यस पुस्तकभित्र कतिपय अवस्थामा भाषालाई सहज बनाउने नाममा थुप्रै असहज प्रवृत्तिलाई भित्र्याएकाले त्यै विषयमा यहाँ चर्चा गरिनेछ ।
यतिखेर ११ कक्षाको अनिवार्य नेपाली विषयको निर्धारित पाठयपुस्तक सबैको नेपाली मेरो हातमा छ । साथमा केही व्याकरणका पुस्तक, ९ र १० कक्षाका अनिवार्य नेपाली विषयका पुस्तक तथा हेमांगराज अधिकारीको प्रधानसम्पादकत्व र बद्रीविशाल भट्टर्राईको सम्पादकत्वमा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश मेरो दायाँबायाँ छरिएका छन् । सकैको नेपाली पुस्तकभित्रका पाठ र अभ्यास प्रयोगाात्मक रूपमा ठीक लागे पनि जब म व्याकरणभित्र पस्छु तब पुस्तकमा अहिलेसम्म प्रयोगमा आएका व्याकरणका केही नियम फरक पाउँछु । अन्योल थपिन्छ अनि अन्य व्याकरणका पुस्तक पल्टाउँछु । ९ र १० कक्षाका नेपाली पुस्तक हर्ेर्छर्ुु प्रयोगात्मक नेपाली शब्दकोश पल्टाउँछु । तर, ती पुस्तकभित्र रहेका नियमभन्दा सबैको नेपाली पुस्तकमा ह्रस्व, दर्ीघ, पदयोग, पदवियोगसम्बन्धी अन्तरविरोध पाउँछु ।
जटिलताबाट सरलतातर्फभाषा उन्मुख भएको होला भनी केही क्षण चित्त बुझाउँछु तर मनले मान्दैन किनकि मेरो साथमा प्रयोगात्मक नेपाली शब्दकोश पनि छ । तत्पश्चात् सबैको नेपाली पुस्तकका लेखक तथा सम्पादन टोलीका सदस्य बद्रीविशाल भट्टर्राई र उनकै सम्पादकत्वमा सम्पादित प्रयोगात्मक शब्दकोशलाई तुलना गर्न पुग्छु । भाषिक एकतामा महत्त्व राख्ने शब्दकोश र शिक्षण विधिमार्फ सिकाइमा समानता ल्याउने निर्धारित पाठयपुस्तक यी दुवै भाषाका संवेदनशील पक्षका एउटै लेखकका फरक पुस्तकमा समानता नआई फरक आउनुले तुलनात्मक रूपमा अध्ययन गर्न सजिलो भई यहाँ लेखकमाथि प्रश्नचिह्न लाग्छ । अब उचित शुद्ध रूप कुनलाई मानौं - पाठयपुस्तकलाई मानौं भने शब्दकोशको अपमान हुन्छ । शब्दकोशलाई मानौं भने ११ जना विद्वतवर्गबाट सम्पादित सबैको नेपाली पुस्तकको अवमूल्यन हुन्छ । त्यसैले मेरो थोत्रो दिमाग अन्य पुस्तकका व्याकरण नियम तथा सबैको नेपाली पाठयपुस्तकका अन्य सम्पादन सदस्यालाई नछोइकन केबल बद्रीविशाल भट्टर्राईमाथि केन्द्रित हुन्छ । प्रयोगात्मक नेपाली शब्दकोश र सबैको नेपाली पाठयपुस्तकमा बद्रीविशाल भट्टर्राईको सम्पादकको भूमिका रहेको छ । त्यसैले यहाँ प्रश्न उठ्छ भाषिक शुद्धतामा वा भाषिक एकरूपीकरणमा कुन पुस्तक वा ग्रन्थ ठीक छ - यो प्रश्न मेरो मात्र नभएर आमनेपाली विषय शिक्षक तथा विद्यार्थीमा रहेको हुनर्ुपर्छ ।
म नेपाली विषयको सिकारु शिक्षकमात्र भएकाले विद्यार्थीलाई सिकाउने निहँुमा केही सिकेको छु र सिक्दै छु । भाषिक गहिराइको भाव, ज्ञान, मर्म, क्षमता मेरो दिमागले खोतल्न पक्कै सक्दैन । नांगो आँखाले जे पढ्छु त्यही अनुभूतिको छाल विद्यार्थीका अगाडि बगाउँछु । यहाँ पनि अभिधा अर्थमै जे देख्दै छु त्यही लेख्दै छु ।
कुनै नेपाली विषय शिक्षक ९ र १० कक्षाको पाठयपुस्तकमा केन्द्रित भएर विद्यार्थीलाई शुद्धसँग पढ्न, लेख्न सिकाउन पसिना बगाउँछ । गर्ृहकार्य परीक्षण गर्छ । भाषिक अशुद्धतालाई औल्याउँछ । व्याकरणका पुस्तकभित्र रहेका नियम र शब्दकोशलाई मुग्ध आधार मानी विद्यार्थीलाई शुद्ध/अशुद्धको बोध गराउँदै परीक्षाको मुखसम्म पुर्‍याउँछ । विद्यार्थीले उत्तर दिने शैली र भाषिक शुद्धतालाई आधार मानेर उसको भविष्य निर्धारण गर्छ ।  उसले ती कक्षामा सीप, ठूलो, बीच, तीन, बीस, तीस  ठीक,  पूरा, फूल, जून, फूलबारी, चौबीस, पच्चीस, चालीस जस्ता थुप्रै शब्दका सुरु र बीचमा दर्ीघ लेख्ने लेखाउने नियम सिकाउँछ । पदयोग, पदवियोग, उपर्सग, प्रत्यय, समास द्वित्वयुक्त शब्दको जानकारी गराउँछ । काल, पक्ष, भाव, वाच्य, करण(अकरणका नियम सिकाउँछ । त्यसैलाई परीक्षणको मुख्य आधार मान्दै एसएलसी उत्तर्ीण्ा गराउँछ ।  तर, आज उही शिक्षक ११ कक्षामा पुगेको उही विद्यार्थीका अगाडि अनुत्तरित बन्न पुग्दछ किनकि माथि उल्लिखित शब्दहरूलाई सबैको नेपाली पुस्तकमा ह्रस्व प्रयोग छ । पुरा-जुठो) पूरा -पर्ूण्ा)फुल-अन्डा) फूल-पुष्प) जुन र्-र्सवनाम) जून -चन्द्रमा) भनी ह्रस्व दर्ीघको प्रयोगमा फरक अर्थ व्याकरणका पुस्तक एवं शब्दकोशमा रहेकामा ती सबै शब्दलाई ह्रस्व प्रयोग गरिएको छ । यसरी हिजोसम्म्ा विद्यार्थीले लेखेको कुरा यो ठीक होइन यस्तो ठीक हुन्छ भनेर जसोतसो विद्यार्थीलाई लेख्ने बानी लगाएको शिक्षकले आज फरि हिजोको बेठीकलाई कसरी ठीक छ भनेर सिकाउने - त्यसैले शिक्षक अनुत्तरित मात्र होइन लज्जित बन्न पुग्छ आखिर नियम के हो त -
पदयोग र पदवियोगलाई हर्ेदा सबैको नेपालीमा अधिकांश शब्दलाई पदवियोग गरिएको छ । शब्द संख्या बढाइएको छ । अर्न्तर्गत, सरह, अनुसार, समेत, सहित, मार्फ, बाहेक, जस्ता धेरै नामयोगीलाई पदवियोग गरिएको छ । नामयोगीलाई पदयोग गरी लेख्ने यसअघिको नियमविपरीत दर्ुइ अक्षरसम्मको स्वरान्त नामयोगी पदयोग गरी लेख्ने तथा व्यञ्जनान्त दर्ुइ अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई पदवियोग गरी देख्ने नियमले सरलताका नाममा जटिलता पक्कै थप्ािएको अनुभव हुन्छ । प्रयोगात्मक नेपाली शब्दकोशमा अर्न्तर्गत नामयोगीलाई प्रयोगमा पदयोग गरिएको छ तर यही शब्दलाई सबैको नेपाली पुस्तकको आवरणपृष्ठमै पदवियोग गरी राखिएको छ ।
द्वित्व शब्दलाई कतै पदयोग र कतै पदवियोगका रूपमा प्रयोग गरिएको छ । प्रयोगात्मक नेपाली शब्दकोशमा पाठयवस्तु, वर्ण्र्ाान्यास, पठन-पाठन, फोहरमैला, वादविवाद, पाठयसामग्रीजस्ता धेरै शब्दहरूलाई पदयोग गरिएको पाइन्छ भने प्रस्तुत पुस्तकमा पदवियोग गरिएको छ । कतै उही शब्दलाई समास र कतै व्रि्रहका रूपमा देखाइएको छ । पदयोगका रूपमा प्रयोग हुँदै आएका खाइसक्यो, आइपुग्यो, पढिहाल्यो, ल्याइसकिहालेछजस्ता संयुक्त क्रियालाई पदवियोग गरिएको छ । बसिरहेको, चलिरहेको, खाइरहेका, गरिराखेका, भइरहेको जस्ता अपर्ूण्ा अवस्था जनाउने क्रियालाई पनि पदवियोग गरिएको छ ।
कुनै व्यक्तिको नामका पछाडि आउने लाल, नाथ, बहादुर, प्रसाद, कान्त, राज आदिजस्ता शब्दहरू पदयोग गरी लेख्ने नियमविपरीत एकाक्षरीलाई पदयोग र त्यसभन्दा बढीलाई पदवियोग गरिएको छ । स्मरणयोग्य कुरा के भने स्वयं बद्रीविशाल भट्टर्राईले प्रयोगात्मक नेपाली शब्दकोशमा आफ्नो नामको बद्री र विशाल पदयोग गरी लेखेको पाइन्छ तर सबैको नेपाली पुस्तकमा पदवियोग गर्नुले बद्रीविशाल उनै विद्वान् हुन् वा अन्य कुनै व्यक्ति हुन् थाहा हुन सकेको छैन ।
अन्त्यमा, भाषिक स्तरीयता बढाउन ह्रस्व दर्ीघको शुद्ध रूप, श्रुतिसमभिन्नार्थक शब्दले दिने अलग अर्थ एवं पदयोग पदवियोगसम्बन्धी नियमलाई ९ र १० कक्षामा विशेष जोड दिएर अध्यापन गराएको उही शिक्षकले ११ कक्षामा पुगेको उही विद्यार्थीलाई बुझाउने क्रममा भाषिक विचलन हुँदा उत्तर दिन कठिन हुँदैन र -
आखिर बिरामी परे पछिको अन्तिम विकल्प अस्पताल भएजस्तै भाषाको द्विविधा मेटाउने अन्तिम विकल्प पनि शब्दकोश नै हुन सक्छ । आखिर एउटै व्यक्तिबाट सम्पादित पुस्तकमा नै शब्दकोशको ख्यालै नराखी भाषालाई उथलपुथल बनाउन खोजिन्छ भने त्यस्तो पाठयपुस्तकको विश्वसनीयतामाथि प्रश्नचिह्न लाग्दैन र - वा पुस्तक सम्पादन गर्दैमा जहाँ, जे, जसरी र जस्तो नियम लगाए पनि हुन्छ - हुन्छ भने शब्दकोशको आवश्यकता किन - हुँदैन भने बीचको एउटा तह वा कक्षामा मात्र होइन, अगाडि र पछाडिका तह वा कक्षाको पाठयपुस्तकको ख्याल गरी भाषिक समानता कायम गर्नुपर्छ । 
सानै कक्षादेखि पाठयपुस्तकमा भाषिक एक रूपता कायम गर्दै लैजानु पर्छ । भाषाविज्ञहरूको विस्तृत अन्तरक्रिया, मन्थनबाट निस्किएका सारतत्वलाई व्याकरणमा परिमार्जित गर्दै लैजानु आवश्यक हुन्छ । अन्यथा बीचमा कुनै तहको एउटा कक्षामा मात्र फेरबदल गर्नाले  भाषिक अन्योल थपिई सिकाइ बुझाइमा व्याकरणिक विरोधाभासर् भई कठिनता उत्पन्न हुन्छ । विद्यार्थी, शिक्षक वा विद्वान् जो भए पनि कठिन शब्दको अर्थ बुझ्न, वर्ण्र्ाान्यासगत विभेद छुट्टयाउन आखिर शब्दकोशको सहारा लिइन्छ भने भाषिक समानता कायम गराउने घरेलु डाक्टर शब्दकोशको सम्मान गरियोस् ।

तेजप्रसाद पन्थ

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी