२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

तीजलाई महिलाअधिकार पर्व बनाऔं

नेपालमा भएका सबै पर्वलाई नियाल्ने हो भने महिलाहरूसँग नै जोडिएको हामीले पाउँछौं । अझ यहाँ मनाइने मुख्य चार्डपर्वहरू त झनै महिलाहरूकै नाममा मनाउने गरिन्छ । दसैं, तिहार, तीज, पञ्चमी सबै चार्डपर्वलाई महिलाकेन्द्रित बनाइएको छ । दसंै दर्ुगा भवानीको पूजा गरेर मनाइन्छ भने तिहार लक्ष्मीको पूजा गर्दर्ै मनाइन्छ । यसैगरी तीज र पञ्चमी महिलाहरूकै अगुवाइमा मनाइन्छ । धार्मिक हिसाबले यसरी मनाइने पर्वबाट व्यक्ति, घरपरिवार, समाज, मुलुकलाई के कति लाभ हुन्छ त्यसको छुट्टै विश्लेषण गर्न सकिन्छ । तर, यी पर्वहरूलाई सांस्कृतिक तवरबाट मनाउनर्ुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्न सक्यौं भने यसले महिला मुक्तिको आन्दोलन र वर्गीय मुक्तिको सवालमा पनि भूमिका खेल्न सक्नेछ । तीजकै सर्न्दर्भमा कुरा गर्नुपर्दा यसलाई सांस्कृतिक रूपान्तरणको सवालसँग जोडेर मनाउन सकियो भने महिला मुक्तिको आन्दोलनको मियोका रूपमा पनि तीजले भूमिका खेल्नसक्छ ।
पछिल्लो समयमा राजनीतिक होस् वा अन्य कुनै परिवर्तनको सवालमा गीतसंगीतले सशक्त भूमिका खेल्ने गरेको छ । चेतना र सन्देशमूलक गीतहरूले सामाजिक रूपान्तरणका लागि महत्त्वपर्ूण्ा भूमिका खेल्ने गर्छन् । यी सबै कुराहरूलाई हामीले देखिरहेका कारण तीज पञ्चमीमा गाइने गीतहरूमा महिला मुक्तिका शब्दहरू गुँथेर प्रस्तुत गर्न सकियो भने यसले एक किसिमको जागरणको काम गर्नेछ । यस्ता उद्देश्यले बनाइएका गीतसंगीतहरू पनि समाजमा अति नै लोकप्रिय भएको हामीले सुनेका छौं । त्यसैगरी गाउँघरमा महिला दिदीबहिनीहरूले मादलको तालमा गाउने गीतहरूमा पनि महिला अधिकार, अग्रगमन, परिवर्तनसहितका बोल, शब्द र लयलाई प्राथमिकता दिन सकियो भने यसबाट एकातिर महिलाअधिकार सुरक्षित गर्न दबाबको काम हुनसक्छ भने अर्कोतर्फतीजको महत्वलाई विकृतिबाट बचाउन सकिन्छ । नेपालमा भएका जति पनि राजनीतिक आन्दोलनहरू छन्, ती आन्दोलनहरूमा कलाकर्मीहरूले सडकहरूमा प्रस्तुत गरेका निरंकुशताविरोधी गीतहरूले जनतामा धेरै हदसम्म क्रान्तिको रक्तसञ्चार गराएकै हो । संविधानसभाको निर्वाचन सम्पन्न गर्ने सर्न्दर्भमा पनि यहाँका कलाकर्मी, संघसंस्था, महिला अधिकारवादी, दलित, जनजाति सबैले गीतसंगीतमार्फ सशक्त खबरदारी गरेका थिए, जसका कारण संविधानसभाको निर्वाचन सम्पन्न हुने वातावरण बनेको थियो । अहिले शान्ति र संविधान लेखनकार्य अवरुद्ध भइरहेको समयमा, महिला अधिकारका कुराहरू कुण्ठित भइरहेको अवस्थामा तीजलाई पनि त्यही परिवेशमा ढालेर जागरणको बिगुल फुक्दै मनाउन जरुरी छ । यदि, तीजलाई विकृतियुक्त तरिकाले मात्र मनाउने कुरामा हामी महिलाले भूमिका निर्वाह गर्‍यौं भने यसको दूरगामी असर महिलाअधिकार सुनिश्चिततामा पर्नेछ ।
अहिले पनि कुनै न कुनै माध्यममा मुलुकमा पितृसत्तात्मक सोच, चिन्तन, व्यवहार हाबी छ । सडकदेखि सदनसम्म, घरदेखि सरकारसम्म र राज्यका सबै अंगहरूमा महिलामैत्री वातावरण निर्माण हुन सकिरहेको छैन । पुरुष हुन वा महिला सबैमा पितृसत्तात्मक चिन्तन हाबी छ । हामी महिलाहरू नै महिलाअधिकार कुण्ठित गर्ने कार्यमा सक्रियतापर्ूवक लागेका छौं । यस्तो अवस्थामा महिलाअधिकार सुनिश्चित हुन्छ, पितृसत्तात्मक सोच पर्ूण्ारूपले हराउँछ भन्ने सोच्नु मर्ूखतापर्ूण्ा कार्य हुनेछ । महिलामैत्री समाज, मुलुक, राज्य बनाउनका लागि सुरुमा हामी महिलाहरू नै जागरुक हुनर्ुपर्छ । हाम्रा बोली, व्यवहार, रहनसहन, सोच, संस्कृति, चार्डपर्वदेखि, घर, परिवार, समाज, सरकार, राज्य सबै क्षेत्रमा विद्यमान पितृसत्तात्मक चिन्तनलाई हटाउन महिलाहरूले नै विशेष भूमिका निर्वाह गर्नुपर्छ । यथास्थिति र जडसूत्रवादबाट ग्रस्त हाम्रो समाजलाई लैंगिक समतामूलक बनाउनका लागि धेरै परिश्रम गर्नुपर्ने देखिन्छ । तर, यसका लागि सुरुमा हामी महिलाहरू नै विभेदकारी कुराहरूमा संलग्न हुने कुराबाट बच्नर्ुपर्छ ।
यहाँ नेपालमा मनाइने पर्व, त्यसमा पनि तीजका बारेमा कुरा उठाउन खोजिएकाले यसकै सेरोफेरोमा रहेर कुरा गर्नु पर्दा तीजका विकृतिहरूलाई हटाउन हामी महिलाहरूले अग्रणी भूमिका निर्वाह गर्न जरुरी छ । नेपालमा भएका सबै चार्डपर्वहरूमा महिलाहरूको गुणगान गाइएको भए पनि हामीले मनाउने सबै चार्डपर्वलाई महिला अधिकारको बाधकका रूपमा पनि मनाउने प्रचलन अहिले विद्यमान छ । सुरुमा विभिन्न महिला देवीदेवताका नाममा चार्डपर्व मनाइयो, क्रमशः तिनलाई पनि महिलाअधिकार कुण्ठित गर्नेगरी मनाउन सुरु गरियो, तीजलाई महिला दिदीबहिनीहरूको दुःखको पीडा बिर्सर्ााे गरी मनाउन सुरु गरियो, क्रमशः पछि यसलाई पुरुष सामन्तवादको पेरिफेरिमा रहेर मनाउन बाध्य पारियो । यहाँ उठाउन खोजिएको कुरा के हो भने तीज सुरुमा महिलाहरूले निष्पिmक्री, कसैको हस्तक्षेप, दबाबविना छोरी, चेली, संगीहरूको जमघटमा मात्र माईती घरमा मनाउने भनेर त्यतिबेलाका महिलाहरूले सुरुआत गरे पनि पछि यसलाई श्रीमानको गोडाको जल खाएर, श्रीमान्कै उपस्थितिमा पूजा सम्पन्न गर्ने, श्रीमान्को आयुका लागि व्रत बस्ने भनेर मनाउन बाध्य पारियो । यसको साथै क्रमशः अहिले आएर खर्चिलो र भड्किलो बनाउने किसिमले पनि तीज मनाउने परम्पराको सुरुआत गरिँदै छ । यी माथिका कार्यहरूलाई परिमार्जन गर्दै, यदि तीजलाई महिलामुक्तिको पर्वका रूपमा मनाउने सवालमा हामी महिलाहरू पछाडि पर्‍यौं भने निश्चित रूपमा हाम्रा अधिकार सधैँभरि कुण्ठित भइरहनेछन्, कुनै न कुनै रूपमा पुरुष सामन्तवाद मुलुकमा हाबी भइरहनेछ ।
यहाँ कसैले तर्क गर्न सक्ला, वर्षा एक-पटक हामी महिला दिदीबहिनीहरूले किन मीठो चोखो नखाने, किन राम्रो, महँगो सारी नलगाउने, किन गरगहनाले झकिझकाउ नहुने, किन नाचगान गर्दर्ै रमाइलो नगर्ने - तर, यस्तो तर्क गर्ने महिला, पुरुष वा जोसुकै किन नहोस् म उहाँहरूलाई प्रत्रि्रश्न गर्छर्ुुहामी महिलावर्ग भनेको तीन सय ६५ दिनमा १ दिन मात्र मीठो चोखो खाने, राम्रो लगाउने, रमाइलो गर्ने वर्ग हौं - के हामीलाई अन्य सबै दिन पीडामय दिनचर्यामा जीवन व्यतीत गरून् भनेर भन्न खोजिएको हो - तर्सथ हामी महिलाहरूले दिनदिनै तीजको मूल उद्देश्य प्राप्त गर्नेगरी भूमिका निर्वाह गर्नेतर्फसोचहरू अगाडि बढाउनर्ुपर्छ । तीजको मुख्य उद्देश्य महिलावर्गको स्वतन्त्रता हो, पुरुषवादी चिन्तन, निरंकुशता र बर्बरताबाट मुक्त हुनकै लागि तीज मनाउन सुरु गरिएको हो । यस अर्थमा हरेक दिन महिला मुक्तिको स्वतन्त्रताको संग्रामका रूपमा हामीले तीजलाई मनाउने अभियान सुरु गर्नुपर्छ । पुरुषहरूले दिनदिनै होटल, रेस्टुरेन्ट, बारहरूमा रातरातभर मादक पदार्थ खान सक्छन्, रमाइलो गर्नका लागि उनीहरूलाई बार, पर्व, दिन चाहिँदैन, राति-दिउँसो जहाँ पायो त्यहीँ गएर मन लागेको कुरा पुरुषहरूले गर्न सक्छन् । तर, हामी महिलाहरूलाई खान, लाउन, मनोरञ्जन गर्न किन विशेष दिन पर्खनर्ुपर्छ - यस्तो विभेदकारी सोच, चिन्तन, परम्परा, धर्म, रीतिरिवाज, पर्व सबैलाई परिमार्जित गरेर मनाउने सवालमा हामी महिलाहरू नै अग्रसर हुन जरुरी छ ।  
नेपालमा वषार्ंर्ैैखि तीज मनाइँदै आइएको छ । यदि साँच्चैभन्दा व्रत बसेर पुरुषको आयु बढ्ने भए किन पुरुषहरू महिलाभन्दा सरदर १० वर्षअगाडि मर्छन् - पछिल्लो समयमा आएर त पुरुषहरूको आयु झनै घटेर गएको छ । त्यसैले तीजको सान्दर्भिकता र उद्देश्यलाई बंग्याउने, बिगार्ने र यसलाई भड्किलो बनाउने कार्यलाई निरन्तरता कदापि दिनु हुँदैन । तीजलाई सबैको प्रिय बन्नसक्ने गरी मनाउने परिपाटीको विकास गर्नुपर्छ । देखासिकी र भड्किलो पाराले तीज मनाउने कार्यलाई बढावा दिन थालिएपछि यहाँ विपन्नवर्गका महिलादेखि घरपरिवारसम्मले किन पर्व आउँदो हो भन्ने गरेको पनि सुन्ने गरिन्छ । कतिले ऋणमा चर्ुर्लुम्म डुबेर यस्ता पर्वहरूलाई मनाएको देख्न सकिन्छ । यदि पर्वका दिन अभावकै कारण घरबाट बाहिर ननिक्लिने अवस्था आउँछ, पर्वकै कारण छाकबास बेच्नुपर्ने, बन्धकी राख्नुपर्ने अवस्था आउँछ भने तीजको र्सार्थकता के भयो - हामीले मनाउने पर्वहरूले समाजमा शान्ति, मेलमिलाप, अमनचयन, भातृत्व, सहअस्तित्व, समता स्थापित गर्ने सर्न्दर्भमा भूमिका खेल्नर्ुपर्छ, समाजलाई नै भाँड्ने, मानिस-मानिसमा बेमेलको स्थिति, कटुताको स्थिति पैदा गर्ने किसिमले पर्वहरू कदापि मनाउनु हुँदैन ।
lamarita@gmail.com


रीता लामा

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी