© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २४
राजधानी संवाददाता
बर्दिया, २४ भदौ
काठ तस्करी गर्न आएको एक समूहले बर्दियाका एक सामुदायिक वनका सदस्यमाथि गोली प्रहार गरेको छ ।
गुलरिया-५, तुल्सीपुरस्थित टपरा सामुदायिक वनका सदस्य खिमबहादुर रावलमाथि बुधबार राति ११ बजेतिर गोली प्रहार गरिएको हो ।
गोली प्रहारबाट सख्त घाइते २३ वषर्ीय रावलको नेपाललगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । गोली प्रहारबाट रावलको ढाड र पाखुरामा चोट लागेको छ । खेेतमा पानी लगाउन गएका घाइते रावल, रमेश रावल र पुरन वलीमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरिएको थियो । गोली प्रहारमा स्थानीय किशोरी चौधरी, दमन चौधरी र दुधिया चौधरी संलग्न रहेको घाइते रावलको आरोप छ ।
गोली प्रहार गर्ने गुलरिया-६, बालापुरका भगौडा प्रहरी किशोर चौधरी र दमन चौधरीलाई बिहीबार बिहान अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । घटनामा संलग्न अन्य एकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले बुधबार राति निकुञ्ज क्षेत्रबाट सातजना काठ तस्करलाई आवश्यक उपकरणसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिसापानी-८ का टीकाराम जैसी, नौवस्ता-७ का रत्ने खत्री, भवानी थारू, राजकुमार चौधरी, काले थारू, वासुदेव थारू र कुमाले थारू रहेको बाँके निकुञ्जका रेन्जर पुरुषोत्तम वाग्लेले बताए ।
निकुञ्ज क्षेत्रको जेठीनाला नजिकै हरियो सालको रूख ढाली गोलिया बनाउँदै गरेको अवस्थामा उनीहरूलाई निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरूवाट आरा, बन्चरो, डोरीलगायतका सामग्री बरामद गरेको निकुञ्ज स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारा पुर्याइएको छ ।
Comments0
Leave Comments