२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

कांग्रेस १२औं महाधिवेशन भावनात्मक एकता अझै खाँचो

लिलाराज, प्रदीप/राजधानी
काठमाडौं, २३ भदौ
कांग्रेसको १२औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने दाबी गर्ने शर्ीष्ानेताको व्यवहारमा भने भावनात्मक एकताको झल्को देखिँदैन ।
बृहत् एकता, मेलमिलाप र सद्भाव कायम गर्ने उद्देश्यका साथ १ देखि ५ असोजसम्म काठमाडौंमा हुन गइरहेको  महाधिवेशनको तयारीका विषयमा प्रचार-प्रसार समितिद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यबाहक सभापति सुशील कोइरालाको व्यवहारबाट नेताहरूबीच भावनात्मक एकता नाराकै रूपमा मात्र सीमित रहेको हो कि भन्ने आशंका
बढाएको छ ।
मन्तव्य दिने क्रममा देउवा, कोइराला र उपसभापति रामचन्द्र  पौडेलले पार्टर्ीीे १२औं महाधिवेशन कार्यकर्ताबीचको भावनात्मक एकता र मेलमिलापको महाधिवेशन भएको दाबी गरे । उनीहरूले मन्तव्यको अधिकांश समय यसैमा खर्चे ।
तर, कोइरालालाई अझै पनि संस्थापन र देउवालाई एकीकरणअघिको प्रजातान्त्रिक कांग्रेसकै नेताको रूपमा हेरिँदै आएको छ । बुधबारको पत्रकार भेटघाट कार्यक्रममा पनि त्यस्तैखाले झलक देखियो ।
सञ्चारकर्मीलाई दिउँसो १ बजे पार्टर्ीीेन्द्रीय कार्यालय सानेपामा निमन्त्रणा गरिएको थियो । तर वरिष्ठ नेता देउवा पौने २ बजे पुगे र आफ्नो मन्तव्य सकिएलगत्तै मञ्चबाट बाहिरिए । करिब ४० मिनेट मञ्चमा बसेका देउवा संसदीय दलका नेतासमेत रहेका पौडेलले भाषण गरुन्जेल मात्र कार्यबाहक सभापतिसँग बसेका थिए ।
कार्यक्रममा १ बजे नै पुगेका कार्यबाहक सभापति कोइराला र पौडेलले निर्धारित समयमा नै कार्यक्रम सुरु गर्न प्रचार-प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलालाई दबाब दिएका थिए । प्रेस सर्म्पर्क उपसमितिका संयोजक पत्रकार तारानाथ दाहालले वरिष्ठ नेता देउवा आउँदै हुनुहुन्छ भन्दै उनलाई पर्खिएर बसेको जनाएका थिए ।
उद्घोषकले पार्टर्ीीीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका देउवलाई त्यसको विषयमा जानकारी दिन भनेका थिए । तर, देउवाले सो नीति तथा कार्यक्रमको प्रतिवेदन लामो भएको जनाउँदै त्यसबारे केही नबताउने बरु केही दिनमा छापिएपछि पत्रकारलाई उपलब्ध हुने बताए । उनले आफूबाट त्यस्तो प्रतिवेदन सुन्नुभन्दा पढेरै बुझ्न सुझाव दिएका थिए ।
देउवाले १ बजे सुरु हुने कार्यक्रममा आफ्नो बोल्ने बेलामा मात्र पत्रकार भेटघाटमा जाने योजना बनाए पनि उद्घोषक पत्रकार दाहालले उनलाई पर्खिएका थिए ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता देउवाले आफ्नो सम्बोधन सकिने बित्तिकै बाहिरिनर्ुपर्ने भएकाले आफूले कोइरालाको मन्तव्य सुन्न नपाउने बताएका थिए ।
महाधिवेशन ऐतिहासिक हुने नेताहरूको दाबी
नेतात्रय देउवा, कोइराला र पौडेलले १२औं महाधिवेशनले पार्टर्ीी बृहत् एकता, मेलमिलाप र सद्भाव कायम गरी नयाँ ऊर्जा थप्ने दाबी गरे ।
कार्यबाहक सभापति कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समावेशी ढंगले महाधिवेशन प्रतिनिधि चयन भएको पहिलो महाधिवेशन भएकाले महाधिवेशन ऐतिहासिक भएको बताए ।
देउवाले पार्टर्ीीकीकरण र गणतन्त्र प्राप्तीपछि हुन गइरहेकाले महाधिवेशन महत्त्वपर्ूण्ा भएको दाबी गरे । उनले कांग्रेसभन्दा लोकतान्त्रिक पार्टर्ीीरू नभएकाले हरेक वर्ग र समुदायको स्वतन्त्रताको पक्षमा विश्वास र आस्था कांग्रेसको मात्र रहेको दाबी गरे । देउवाले प्रेस स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र स्वतन्त्र न्यायालयप्रति विश्वास गर्ने कांग्रेसको रणनीति नभएर सिद्धान्त भएको जनाए ।
पौडेलले महाधिवेशनमा नेताहरूबीच हुने प्रतिस्पर्धालाई विवादका रूपमा बढाइचढाइ नगर्न सञ्चारकर्मीलाई आग्रह गरे । पौडेलले भने, 'महाधिवेशनमा हुने हरेक स्वस्थ प्रतिस्पर्धालाई सद्भावका रूपमा मिडियाले ग्रहण गर्नुपर्छ ।' उनले कांग्रेसको सम्बन्ध लोकतन्त्रसँग र लोकतन्त्रको सम्बन्ध प्रेससँग भएको जनाउँदै कांग्रेस कमजोर हुँदा प्रेसको मर्यादा र प्रतिष्ठा पनि रहन नसक्ने भएकाले सचेत हुन आग्रह गरे ।
पाँचवटा जिल्ला अधिवेशन अझै बाँकी
महाधिवेशन हुन एक साता मात्र बाँकी रहे पनि पाँचओटा जिल्लामा भने अधिवेशन हुन सकेको छैन । सञ्चारकर्मीसँगको भेटघाटमा महाधिवेशन प्रचार-प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले पाँचमध्ये सप्तरीमा बिहीबार मात्र क्षेत्रीय अधिवेशन हुने बताए । उनले सप्तरीसहित पर्सर्ााबझाङ, डोल्पा र जाजरकोटमा जिल्ला अधिवेशन हुन नसकेको जानकारी दिए ।
उनले जिल्ला अधिवेशन नभए पनि क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेकाले महाधिवेशनमा सबै जिल्लाबाट प्रतिनिधित्व हुने दाबी गरे । सिटौलाले महाधिवेशनमा समावेशी सहभागिताको सुनिश्चिता गर्दै तीन हजार ८८ भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने बताए । कांग्रेसमा मुलुकभर करिब तीन लाख १२ हजार चार सय ८३ र विदेशस्थित नेपाली जनसर्म्पर्क समितिबाट करिब पाँच हजार गरी तीन लाख १७ हजार क्रियाशील सदस्य छन् ।
महाधिवेशनमा सहभागीलाई बासस्थानका लागि सुन्धारा, ठमेल, बागबजार र गौसालालगायतका स्थानका होटल तथा लजमा व्यवस्था गरेको छ भने खानाका लागि महाधिवेशनस्थलमा क्याटरिङको व्यवस्था गरेको छ । महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्द सत्र भृकुटीमण्डपस्थित पर््रदर्शनी कक्षमा हुँदै छ ।
महाधिवेशनको प्रचार-प्रसारका लागि समितिले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई उपत्यका प्रचार-प्रसार, भीष्मराज आङदेम्बेलाई स्थानीय प्रचार अनुगमन तथा समन्वय, हरिहर बिरहीलाई अभिलेख, तारानाथ दाहाललाई प्रेस सर्म्पर्क, तेजप्रकाश पण्डितलाई प्रकाशन र कवीर राणालाई सूचना केन्द्र उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी