२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

चौबीस घन्टा बित्दासमेत अभियुक्त र्सार्वजनिक गरिएन

राजधानी समाचारदाता
काठमाडौं, २३ भदौ
प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेका व्यक्तिहरूलाई २४ घन्टा बितिसक्दासमेत मुद्दा हर्ेर्ने अधिकारीसामु पेस गरेको छैन ।
चेकजाँचको क्रममा प्रहरीमाथि नै कुटपिट गर्ने राजन कार्की र तेन्जिङ शर्ेपालाई हिरासतमा लिएको २४ घन्टा बितिसक्दासमेत र्सार्वजनिक नगरेको हो । कानुनतः र्सार्वजनिक अभियोग लगाइएका व्यक्तिलाई हिरासतमा लिएको २४ घन्टाभित्र मुद्दा हर्ेर्ने अधिकारीसामु पेस गर्नुपर्ने हुन्छ ।
आफूलाई चलचित्र निर्माता बताउने कृष्ण कार्की भने पाटन अस्पतालमा चिकित्सकलाई जँचाउन लाग्दा गुण्डाहरूको सहयोगमा फरार भएका थिए । प्रहरीले कृष्ण, राजन र तेन्जिङलाई ललितपुरको छयासीकोटमा मादक पदार्थ सेवन गरी स्थानीय बासिन्दासँग झगडा गरिरहेको अवस्थामा मंगलबार बेलुका नियन्त्रणमा लिएको थियो । ललितपुर प्रहरी परिसर प्रमुख विक्रम थापाले हिरासतमा लिइएकाहरूबाट प्रहरीमाथि हातपात भएको जनाउँदै फरार भएका कार्कीको खोजीकार्य जारी रहेको बताए ।
कृष्ण, राजन र तेन्जिङलाई नियन्त्रणमा लिएपछि चेकजाँचका लागि पाटन अस्पताल लगिएकोमा १५/२० जना गुण्डा बोलाएर प्रहरीमाथि हातपात गरी त्यहीँबाट कृष्ण कार्की फरार भएको ललितपुर प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका प्रहरी सहायक निरीक्षक किशोर लम्सालले अस्पतालमा थोरै प्रहरी हुन्छन्, त्यहाँबाट छुटाउन सजिलो हुन्छ भन्ने सुझाव दिएपछि राजन र कृष्णले आफ्ना सहयोगीहरू बोलाई प्रहरीलाई कुटपिट गरेर कार्कीलाई भगाएका थिए । अस्पतालमा कार्कीका गुण्डा र प्रहरीबीच केहीबेर झडप भएको थियो । झडपमा परी महानगरीय प्रहरी प्रभाग बुङ्मतीका प्रहरी नायब निरीक्षक र्-र्सइ) लोकराज पाठकसहित तीन प्रहरी घाइते भएका थिए ।  कुटपिटमा सहभागी हुने राजन भने भर्खरै प्रहरी निरीक्षक पदमा उत्तर्ीण्ा भएका व्यक्ति हुन् ।
छयासीकोटस्थित एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको र प्रहरीले सम्झाउँदा पनि नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । कृष्णले भने प्रहरीलाई धम्क्याउँदै आफू घमण्ड चलचित्रको निर्माता भएको र आफ्नो पहँुच माथिसम्म रहेको भनी प्रहरीलाई धम्क्याएका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी