© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २३
काठमाडौं/रास- चलचित्र 'गुडबाई काठमाडौं'मा अभिनय गरिरहेकी पर्ूव मिस नेपाल माल्भिका सुब्बालाई त्यसअघि नै सानो पर्दामा पनि देख्नपाइने भएको छ । बाल टेलिशृंखला 'हाम्री शिवानी'मा उनले अभिनय गरेकी छन् ।
बाल यौन दुराचार विषयमा निर्माण भइरहेको सन्देशमूलक टेलिशृंखलाको सातौं शृंखलाबाट माल्भिकाको अभियन हर्ेन पाइने छ । यसको निर्देशन प्रदीप कसपालले गरिरहेका छन् । निर्माण भने भ्वाइस अफ चिल्ड्रेनले गरेको हो ।
हाम्री शिवानीमा माल्भिकाको चरित्रबारे निर्देशक प्रदीपले भने, 'उनको भूमिका फरकखाले छ । उनको भूमिको विस्तृत विवरण भने केही दिनका लागि गोप्य राखौं ।' तथापि, उनले सन्देशमूलक अभिनय गरेको उनले स्पष्ट पारे ।
त्यसो त, प्रदीपले हाम्री शिवानीमा चर्चित अभिनेत्री तृप्ति नाडकरलाई पनि एउटा मुख्य भूमिकामा देखाउ“दै छन् । २६ ओटा शृंखलासम्म पर््रदर्शन हुने यो टेली सिरियलमा शिशिर सुवेदी, अस्मिता भण्डारी, प्रेक्षा अधिकारी, इशान राउत, सुव्रत आचार्यलगायतको अभिनय रहेको उनले जानकारी गराए ।
यो टेली सिरियल प्रत्यक बिहीबार सा“झ ७ बजेर २५ मिनेटमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । यसको निर्माण गर्नुको उद्देश्य बाल यौन दर्ुर्व्यवहार विरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्नु र यससम्बन्धी कानुनको संशोधन र कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु रहेको यी निर्देशकले जानकारी गराए ।
Comments0
Leave Comments