२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

कति बस्छौ ओढी लाजको घुम्टो...

 डब्बु क्षेत्री/राजधानी

'कती बस्छौ ओढी लाजको घुम्टो
मनमा पलाएका रहरलाई छोपी ...'
२०४० को दशकमा निकै चर्चित थियो, यो गीत । यही गीतबाट पवित्रमान शाक्यले आफ्नो गायन यात्रा २०३९ मा सुरु गरेका हुन् ।
गायनमा लागेको आधा दशकपछि नै  अध्ययनका लागि उनी मुग्लान छिरे । उतै बस्न थाले । तर, उनले गाउन छाडेका छैनन् । मुग्लानमै बसेर उनले यतिबेला नयाँ गीति संग्रह 'धर्ैय' स्रोतामाझ ल्याएका छन् ।
कतै बस्छौ...ले उनलाई नेपाली आधुनिक गायनमा परिचित बनाए पनि त्यसपछि यस्ता थुप्रै चर्चित गीत उनले गाए । 'उन्नत राखौं देशको शिर, आँसु कतै पानी कतै जिन्दगी' जस्ता थुप्रै गीत उनका चर्चित रहे । तैपनि, उनलाई सोही गीतबाट स्रोताले बढी चिन्ने गरेका छन् ।
 त्यो समय दाइ प्रवेशमान शाक्यसँग उनले गीति संग्रह 'आँसु', 'बहार बनी' र 'डयाडी रिमिक्क' 'बेस्ट अफ पवित्रमान' 'लसकुस' जस्ता गीत संग्रह उनले स्रोतामाझ ल्याएका थिए ।
यसरी गायन वृत्तमा चर्चित रहेकै बेला २०४२ मा उनी अध्ययनका लागि रसिया गएका हुन् । त्यसपछिको समय प्रायः विदेशमै रहेका उनले गीत गायनलाई भने निरन्तरता दिएका छन् ।
'विदेशमा हुँदा देशको माया झन् बढी लाग्दो रहेछ । त्यही मायालाई अटुट बनाउनकै  लागि विदेशको कठिनाइ र व्यस्त जीवनसँगै पनि समय निकालेर गाउने गरेको छु ।' त्यसरी गीत गाउँदा देश र आमाप्रति श्रद्धा बढेको महसुस हुने उनले बताए ।
उनले 'कति बस्छौ ओडी लाजको घुम्टो...' रर्ेकर्ड गरेको २५ वर्षभएको छ । आफ्नो गायनको रजत वर्षमनाउँदै गरेका पवित्रले २५ ओटै गीत समावेश गरेर नयाँ गीति संग्रह 'धर्ैय' स्रोतामाझ ल्याएका छन् । यसमा कति बस्छौ..र उन्नत राखौं...'लाई पुनः रर्ेकर्ड गरेर उनले समेटेका छन् ।
नेपालका चर्चित संगीत र्सजक पन्नकाजीका सुपुत्र हुन्, पवित्र । बुबाको प्रेरणा र दाइ प्रवेशमानको संगतले बाल्यकालदेखि नै गायनमा लागेको स्मरण उनले सुनाए ।
'बुबाको मुख हर्ेर्ने' तिथि पारेर लामो समयपछि आफ्नो बुबालाई भेट्न लन्डनबाट उनी हालै काठमाडौं आएका हुन् । यो छोटो बसाइमा उनी नेपालका संगीत र्सजक र आफन्तसँगको भेटघाटमा व्यस्त छन् ।
हालै र्सार्वजनिक भएको आफ्नो नयाँ गीति संग्रह 'धर्ैय'को प्रोमोसनमा पनि उनी व्यस्त छन् । यो संग्रहलाई हालै विमोचन गरे पनि मेलोडी टाइमले बजारमा चाँडै नै पठाउने पवित्रले जानकारी गराए ।
कालजयी स्रष्टा बालकृष्ण समको एक दर्ुलभ गीत पन्नाकाजीसँग थियो ।  पन्नाकाजीकै संगीतमा उनले त्यो गीतलाई आफ्नो गीति संग्रह 'धर्ैय'मा राखेका छन् । 'जब प्रेम छुटयो, हाम्रो रोएर के गरौं...' बोलको यो गीतलाई धेरैले मन पराएको पनि उनले जानकारी गराए ।
त्यसो त यो संग्रहमा उनले १४ अञ्चल ७५ जिल्लाको गीत समेटेका छन् । रमाइलो प्रसंग के भने, यो गीतमा नेपालका विभिन्न पेसाका १४ जना गायक गायिका तथा अन्य पेसाका व्यक्तिहरूको स्वर रहेको छ ।  
ण्उनी विगत १४ वर्षेखि लन्डनमा छन् । त्यहाँ आयोजना हुने प्रायः कार्यक्रममा उनलाई बोलाइन्छ । भ्याएसम्म नेपाली कार्यक्रममा आफू जाने गरेको उनले जानकारी गराए ।
पेसाले उनी इन्जिनियर हुन् । लन्डनको लाउडोनस्थित ग्यालिअर्ड कन्स्ट्रक्सन कम्पनीमा उनी साइट इन्जिनियरका रूपमा कार्यरत छन् । सपरिवार उतै बस्दै गरेका पवित्र आफ्नी छोरीको पढाइ सकेपछि नेपाल र्फकने सोचमा छन् । 'हरेक नेपाली चाहेर विदेश जाँदैन, मनभरि देशको माया छ । तर, बाध्यताले विदेश बस्नु परेको छ,' उनले भने ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी