© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २३
राजधानी समाचारदाता
काठमाडौ, २३ भदौर्
पर्यटन वर्षकार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले पर्यटन वर्ष२०११ काम लागि विनियोजित रकम सकिएको ६ महिना पुगिसकेकाले पर्यटन वर्षो लक्ष्य प्राप्ति निकै चुनौतीपर्ूण्ा भएको बताएका छन ।र्
पर्यटन वर्षालागि २३ करोड रुपैयाँ माग गरिएको भएपनि अहिलेसम्म जम्मा २ करोड रुपैयाँ मात्र प्राप्त भएकाले लक्षित कार्यक्रम समेत प्रभावित हुने उनको भनाई छ । जैविक विविधता पत्रकार समुहद्धारा बुधबार राजधानीमा आयोजित र्'पर्यटन वर्ष२०११ र आम सञ्चार माध्याम ' विषयक छलफल कार्यक्रममा शाक्यले सरकारबाट प्राप्त २ करोड रुपैयाँ पर्यटन पर्ूवाधार विस्तार र पर्यटन वर्षो सुभारम्भ देखि विविभन्न प्रचार प्रसारका कार्यक्रममा खर्च भईसकेकाले आगामी लक्ष्य प्राप्तीका कार्यक्रम निकै चुनौतिपर्ुण्ा भएको बताएका हुन । उनले पर्यटन वर्षा राम्रो योजना भएपनि रकम अभावले कार्यक्रमले निरन्तरता पाउन नसकेको बताए ।
प्राप्त रकम गत असार मसान्त सम्मका प्रचारात्मक कार्यक्रममा खर्च भईसकेकाले आगामी कार्यक्रम बजेट अभावका कारण चुनौतीपर्ुण्ा भएको उनको भनाई छ । र्
पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले वाषिर्क १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइन लागेको पर्यटन वर्ष२०११ को लक्ष्य प्राप्तिमा पुग्न अहिलेसम्म प्रसस्त काम भईसकेको दावी गरे ।
सन २०१०को जुलाईसम्म हवाई मार्गबाट आउने पर्यटकको संख्या १९ प्रतिशतले बढेको जानकारी गराउँदै उनले स्थल तथा हवाई मार्गबाट आउनेहरूको संख्यामा पनि १५ प्रतिशतले बृद्धि भएको बताए । पर्यटन मन्त्री शरतसिँह भण्डारीले विगत १२ वर्षो आन्तरिक द्धोन्द्धमा विग्रिएको मुलुकको छविमा सुधार ल्याउन पनि पर्यटन वर्षे महत्वपर्ूण्ा भूमिका खेल्ने बताए । पर्यटन वर्षालागि होम स्टेको माध्यामबाट गाउँका कर्ृष्ाकलाई पनि पर्यटकले गरेको खर्चको केही हिस्सा उपलब्ध गराउन पर्यटन वर्षआयोजना गरिएको जानकारी गराउँदै मन्त्री भण्डारीले भने, ' अब गाउँलेहरूले पाहुनालाई त्यसै होइन पैसा लिएर सेवा गर्ने छन' ।
समुहका अध्यक्ष भक्तबहादुर थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सभामुख सुभाषचन्द्र नेमवाङले पर्यटन वर्षा लागि आवस्यक बजेट विनियोजन गर्ने विषयमा संसदबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अहिलेसम्म लुम्बिनीको गुरुयोजना ३० प्रतिशतपनि पुरा नभएकाले त्यसप्रति सम्बन्धीत निकाएको ध्यानाकर्षा गराएका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा ले पर्यटन वर्षा लक्षित कार्यक्रममा सञ्चार माध्यामले सहकार्य गर्दै जाने बताएका थिए ।
Comments0
Leave Comments