© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २३
राजधानी समाचारदाता
काठमाडौं, २३ भदौं
राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा सक्षम र देशभक्त जनशक्तिको आवश्यकता खडकिएको बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवस(२०६७ र अन्तर्रर्ााट्रय साक्षरता दिवसको अवसरमा नेपाल विद्याभूषण पदक वितरण समारोहमा राष्ट्रपति यादवले सो कुरा बताएका हुन ।आर्थिक सामजिक रुपान्तरका लागि शिक्षा खम्बा भएको भन्दै राष्ट्रपति डा. यादवले युवा र बौद्धिक वर्गलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने समेत बताए ।
आफ्नो परिश्रम र लगानीबाट काम गरेपनि त्यसमा देशको केही न केही योगदान हुने भएकाले राष्ट्रियतालाई बचाउन समेत राष्ट्रपतिले अनुरोध गरे । 'हरेक नागरिकको सफलतामा राष्ट्रले केही न केही गुन लगाएको हुन्छ ।' त्यसलाई सम्झेर आफ्नो दायित्व र जिम्मेवारीबाट कदापी नभुल्न समेत विभूषित व्यक्तिलाई अनुरोध गरे ।
ब्ाालबालिकाको विद्यालय जान पाउने अधिकार भएजस्तै सामुदायिक विद्यालयको समेत सुधार आवश्यक भएको भन्दै राष्ट्रपति डा. यादवले मुलुकको सक्रमणका लागि बौद्धिक बर्गको योगदान खोजीरहेको बताए । राष्ट्रपति डा. यादवले भने 'हिमाल, पहाड र तर्राईमा बस्ने सबै नेपालीले शिक्षाबाट बन्चित हुन नपाओस ।' सो अवसरमा शिक्षामन्त्री र्सर्वेन्द्रनाथ शुक्लले विभूषित व्यक्तिलाई आफ्नो दायित्व र जिम्मेवारीबाट पुरा गर्न अनुरोध गरे । राष्ट्रपति डा. यादवले त्रिभुवन, नेपाल संकस्तृ, काठमाडौं, विश्वविद्यालयका साथै, भारत, चीन, जापान, अमेरिका, कोरिया, जर्मनी, थाइल्याण्ड,बेलायतका विभिन्न विद्यालयबाट विद्यावारिधी गरेका एकसय ५२ जनालाई 'क' श्रेणीको नेपाल विद्याभूषण प्रदान गरे ।
त्यस्तै, विभिन्न विश्वविद्यालयबाट स्नातकोत्तर तहका सबैभन्दा बढी अंक ल्याउने ९२ जनालाई 'ख' श्रेणीको नेपाल विद्याभूूषण, विभिन्न विषयमा स्नातक तहमा सर्वोत्कृष्ट १७ जनालाई 'ग' श्रेणीको नेपाल विद्याभूषण प्रदान गरियो ।
यस्तै, स्नातक तह तर्फनेपाल छात्रा विद्यापदक २६ महिना छात्रा र प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक हासिल गरेको १२ जना छात्रलाई नेपाल छात्रा विद्यापदक प्रदान गरिएको थियो ।
सर्वोकृष्ट विद्यालयलाई पुरस्कार
शिक्षा दिवसको अवसरमा उत्कुष्ट सामुदायिक र निजी विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।
शिक्षा दिवस मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक तर्फतरुण माध्यमिक विद्यालय बालाजु र निजी तर्फएलआरआई स्कुल कलकीलाई लाई शिल्ड, ध्वजा, प्रमाणपत्र सहित दर्ुइलाख नगद रुपैयाँ प्रदान गरे ।
यस्तै, सामुदायिक तर्फक्षेत्रीय शिल्ड, ध्वजा र प्रमाणपत्र तथा रु एक लाख नगद पुरस्कार पाउनेमा क्रमश पर्ूवान्चल सरस्वती माध्यमिक विद्यालय दादर, वैरिया, मोरङ, मध्यमाञ्चल, बलम्बु माध्यमिक विद्यालय बलम्बु काठमाडौं, पश्चिमाञ्चल, सत्यवती उच्च माध्यमिक विद्यालय दमौली तनहुँ, मध्यपश्चिमाञ्चल, कर्ण्ााली माध्यमिक विद्यालय अनामनगर जुम्ला, र सुदरपश्चिमाञ्चलबाट गणेश विनायक उच्च माध्यमिक विद्यालय सिप्ती, दार्चुला रहेका छन् ।
निजी तर्फक्षेत्रीय शिल्ड, ध्वजा र प्रमाणपत्र र रु एक लाख नगद पुरस्कार पाउनेमा क्रमश पर्ूवान्चल सगरमाथा सकेण्डरी बोडिङ्ग स्कूल विराटनगर मोरङ,मध्यमाञ्चल जेसिर्सर् इ. बोडिङ स्कूल र्सलाही, पश्चिमाञ्चल श्री गणेश हायर सकेण्डरी बोडिङ स्कूल लामाचौर, कास्की, मध्यपश्चिमाञ्चल गोर्खा युनाईटेड पब्लिक स्कूल बाँके र सुदरपश्चिमाञ्चलबाट स्टपिङ्ग स्टोनर् इ. बोडिङ स्कुल धनगढी कैलाली रहेका छन् ।
घोषित दर्ूगम क्षेत्रका तर्फाट कालिका माध्यमिक विद्यालय गेला कालिकोटलाई एक लाख रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो ।
Comments0
Leave Comments