© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २३
रामकृष्ण ज्ञवाली/राजधानी
पोखरा, २३ भदौं
रक्षामन्त्री विद्यादेवी भण्डारीले सहमतीय सरकारको सम्भावना नै नभएकाले एमालेले अब तटस्थ बस्न नहुने बताएकी छन् । उनले विहीबार देखि शुरु हुने एमालेको पोलिट्ब्यूरो बैठकले यस विषयमा निर्ण्र्ाागर्ने विश्वास समेत व्यक्त गरिन् ।
पोखरामा एमाले निकट निजामति कर्मचाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमाले अनिर्ण्र्ााो बन्दी नबन्ने बताईन ।
"अहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्छ की भनेर तटस्थ बस्यौं ।" एमाले उपाध्यक्षको जिम्मेबारी समेत सम्हाल्दै आएकी नेतृ भण्डारीले भनिन्-"अब राष्ट्रिय सहमति बन्ने सम्भावना नै रहेन ।'
"एकीकृत नेकपा माओवादीले अरुको नेतृत्व स्वीकार नगर्ने र एमाले, कांग्रेसले माओवादी नागरिक पार्टर्ीीबनेसम्म उसको नेतृत्व नस्वीकार्रर्ने भएपछि कसरी सहमतिको सरकार बन्छ -" उनको प्रश्न थियो ।
मन्त्री भण्डारीले एमाले तटस्थ बस्दा माओवादीको नेतृत्वमा सरकार बन्ने खतरा बढेको समेत बताइन । "एमालेले तटस्थ बसेसम्म माओवादी बाहेक अरु सबैले भोट हाले पनि कांग्रेसको बहुमत पुग्दैन ।" उनले भनिन्-"यसको फाइदा माओवादीले लिन सक्छ, हिजो भण्डै उसको बहुमत पुगेकेा थियो ।"
माओवादीले सरकार र सेनाभित्र ताण्डव नृत्य नचाउनका लागि जसरी पनि सत्तामा पुग्ने योजना बनाएको बताईन । प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति नुहँदै राजीनामा गर्नु गल्ती भएको जीकिर गर्दै माओवादी शान्ति प्रकृया भाड्न लागिपरेको आरोप समेत लगाइन ।
मन्त्री भण्डारीले शान्ति प्रकृयाको बाधक माओवादी नै भएकाले उस्को नेतृत्वमा सरकार बनेमा झनै शान्ति प्रकृया सफल नहुने दावी गरिन । पुष्पकमल दाहाल र कमल थापाबीच खतरनाक हिमचिम बढेको छ भन्दै भण्डारीले माओवादीले राजा पुनस्थापित गर्न खोजेको आरोप समेत लगाइन । कमसे कम कांग्रेसले राजा पुनस्थापित गर्ने सोच राखेको छैन भन्दै उनले एमालेले कांग्रेसलाई मतदान गर्नुको विकल्प नभएको बताइन ।
अनमिनले नेपाली सेनाको अनुगमन गर्नै नपर्ने बताउदै उनले राष्ट्रिय सेनालाई कमजोर पार्न नहुनेमा जोड दिएकी थिईन ।
Comments0
Leave Comments