२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

नयाँ सरकारको नेतृत्व काग्रेसले गर्छ : कोइराला

प्रदिप न्यौपाने
काठमाडौं, २३ भदौ
कंग्रेस  कार्यवाहक सभापति शुसिल कोइरालाले नयाँ सरकारको नेतृत्व काग्रेसले नै गर्ने दावी गरेका छन् ।
नेपाल ट्रेड यूनियन कंग्रेस स्वतन्त्रले बुधवार आयोजना गरेको कार्यक्रममा कार्यवाहक सभापति कोइरालाले शान्ति प्रकृया र संविधान लेखन कार्यलाई कांग्रेसले सबैदलसँग सहमति गरेर अगाडी बढाउन सक्ने भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले नै गर्ने दावि गरेका हुन ।
माओवादी र एमाले नेतृत्वको सरकारले शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई तार्किक निष्कर्षमा पुयाउन नसकेको आरोप लगाए । आगमी सरकारको नेतृत्व काग्रेसलाई दिन उनले अन्य दलसँग पनि आग्रह गरे । माओवादीले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेसम्म माओवादी नेतृत्वको सरकार गठन हुन नसक्ने ठोकुवा गरे ।
मुलुकमा देखा परेको राजनितिक संकट समाधानका लागि सबै दलहरु एकजुट हुन आग्रह गर्दै कार्यवाहक सभापति कोइरालाले भने, वार्ता, सहमती, एकताको माध्यमवाट समस्याको समधान खोज्नु पर्छ ।
आगमी कांग्रेसको १२ औ महाधिवेशनले पार्टिभित्र विगतमा देखा परेका विभाजनलाई अन्त्य गर्दै पार्टिलाई वलियो बनाएर अगाडी लैजाने उनले बताए । आगमी महाधिवेशन पार्टी एकता पछिको पहीलो भएकाले पनि विगतमा भएका कमीकमजोरीलाई परिवर्तन गरी संस्थागत रुपमा अगाडी बढन सफल हुने धारणा ब्यक्त गरे ।
नेपाल ट्रेड यूनियन कंग्रेस स्वतन्त्रका अध्यक्ष लक्ष्मण बस्नेतले नयाँ बन्ने संविधानमा श्रमिकको हक अधिकारका वारेमा उल्लेख गर्न आग्रह गरे । उनले श्रमिकको समस्या समधान नभएसम्म देशको विकास नहुने जिकिर गरे ।





Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी