२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

लिम्वुवानद्धारा पूर्वाञ्चल बन्द

इटहरी, २३ भदौ । सङ्घीय लिम्बुवान राज्यपरिषद्ले सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै सहमतिहरू कार्यान्वयनका लागि दबाब दिन आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ ।

    अरूणपूर्वका ९ जिल्लालाई लक्षित गरी बन्द आह्वान गरिएकाले पूर्वी नेपालका पहाडी क्षेत्रमा चल्ने सवारीसाधन ठप्प छ भने तराईका जिल्लाहरूमा थोरै मात्र यातायातका साधनहरू चलेका छन् । यस क्षेत्रका पसल, उद्योग कलकारखाना र शिक्षण संस्थाहरूमा पनि बन्दको प्रभाव परेको छ ।

    सन्जुहाङ पालुङ्वा समूहले पुरानो सहमति कार्यान्वयनसँगै अरू थप आठ बुँदे माग अघि सारेको छ ।

सडकमा मोटरसाइकल, अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, प्रेसका गाडी र दूध बोक्ने गाडीलाई मात्र आज सञ्चालन अनुमति दिइएको छ ।
    
धरानका भित्री बजारसमेत पूरै ठप्प छ । इटहरीमा भने बन्दको खासै प्रभाव परेको छैन । मुख्य चोक क्षेत्रका केही पसलहरू बन्द रहेको भए पनि अधिकांश पसलहरू खुला छन् । रासस

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी