© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २२
२०६७ साल भाद्र २३ गते तदनुसार सेप्टेम्बर ८, २०१० का दिन 'शिक्षा हाम्रो मौलिक अधिकार, उन्नति र समृद्धिको आधार' भन्ने आदर्श वाक्यका साथ हामी राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रर्ााट्रय साक्षरता दिवस भव्यताका साथ मनाउँदै छौं । यस दिवसको पावन अवसरमा म सम्पर्ूण्ा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपालको अन्तरिम संविधान-२०६३ मा व्यवस्था भएबमोजिम शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गर्न सबै बालबालिकाहरूलाई आधारभूत शिक्षा निःशुल्क गरिसकिएको छ भने माध्यमिक शिक्षा क्रमशः निःशुल्क गर्दै जाने नीति सरकारले लिएको छ । त्यसैगरी शिक्षालाई समतामूलक, समावेशी एवं गुणस्तरीय बनाउन विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।
प्राथमिक शिक्षामा केही उल्लेख्य उपलब्धिहरू हासिल भएका छन् । शिक्षामा सरकारी लगानी विगत वर्षो तुलनामा क्रमशः बढ्दै आएर करिब १७ प्रतिशत पुगेको अवस्था छ । यसका अतिरिक्त स्थानीय निकाय तथा निजी क्षेत्रको लगानी पनि सराहनीय रहँदै आएको छ भने विकास साझेदारहरूको योगदानको अवस्था पनि उत्तिकै हौसलापर्ूण्ा रहेको छ । त्यसैगरी पहँुचका दृष्टिले ९३ दशमलव ७ प्रतिशत विद्यालय उमेरका बालबालिकाहरूले विद्यालय शिक्षामा प्रवेश पाइसकेको अवस्था छ । यसमा छात्र-छात्राको भर्ना हाराहारीको अवस्थामा पुुगेको छ । तथापि तिनीहरूको अध्ययनलाई निरन्तरता दिई विद्यालयमा टिकाइ राख्न र सबैलाई समान रूपमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्नु प्रमुख चुनौतीको रूपमा देखिएका छन् । त्यस्तै शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका बालबालिकाका साथै आर्थिक र सामाजिक रूपमा विपन्न समुदायका बालबालिकाको पठनपाठनमा पर्ूण्ारूपमा सुनिश्चित गर्न सकिएको छैन ।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन संरचनागत सुधार गरी कक्षा १-८ लाई आधारभूत र कक्षा ९-१२ लाई माध्यमिक तहमा एकीकृत गर्ने प्रक्रियाको सुरु गरिएको छ । यसअर्न्तर्गत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको पठनपाठनलाई सुलभ र सहज बनाउन विशेष कार्यक्रमको थालनी गरिएको छ । साक्षरतालाई जीवनपद्धतिसँग आबद्ध गरी सीप र कामबीच साक्षरताको अन्तरसम्बन्ध स्थापित गर्ने नीति लिइएको छ । खुला र वैकल्पिक उपायहरूको उपयोग गरी अनौपचारिक शिक्षाको माध्यमबाट सबैका लागि शिक्षाको अवसर सुनिश्चित गर्ने प्रयास भएको छ । हामीले यस क्षेत्रमा गरेको कार्यको सराहनास्वरूप यस वर्षयुनेस्कोले अन्तर्रर्ााट्रय पुरस्कारबाट नेपाललाई सम्मानित गरेको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार गरी जीवनस्तर उकास्न औपचारिक एवं अनौपचारिक माध्यमबाट सीपयुक्त जनशक्ति उत्पादन गर्न आन्तरिक तथा बाहय बजारको आवश्यकताबीच समन्वय स्थापित गरी स्वरोजगारमूलक साझेदारीमा आधारित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फविशेष जोड दिइएको छ । ज्ञानमा आधारित समाज सिर्जना गर्न उच्च शिक्षालाई अनुसन्धानमूलक र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न केन्द्रित गरिएको छ । विश्वविद्यालयहरूको शिक्षालाई व्यवस्थित तथा मर्यादित बनाउन एकीकृत विश्वविद्यालय ऐनको अवधारणा अगाडि सारिएको छ ।
'शिक्षा हाम्रो मौलिक अधिकार, समृद्धि र उन्नतिको आधार' भन्ने आदर्श वाक्यका साथ समृद्ध नेपालको निर्माणका लागि सबैलाई समावेशी, समन्वयिक र स्तरीय शिक्षा सुनिश्चित गरी चेतनशील, सक्षम तथा उत्पादनशील नागरिक तयार गर्ने लक्ष्य लिइएको छ । शिक्षाको लक्ष्य प्राप्तिका लागि सञ्चालित कार्यक्रमहरूको सफल कार्यान्वयका लागि सबै दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु । नेपालको शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याउनु हुने सबै व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत सबै विकास साझेदारहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद
Comments0
Leave Comments