२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

ग्रान्डमास्टर बुद्धिचाल बिहीबारदेखि

राजधानी समाचारदाता
काठमाडौं, २२ भदौ
ग्रान्डमास्टरको सहभागितामा पहिलो पटक नेपालमा हुन गइरहेको  हिमालय ग्रान्डमास्टर अन्तर्रर्ााट्रय बुद्धिचाल प्रतियोगितामा चार देेशका पाँच ग्रान्डमास्टरको सहभागिता रहने भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा उज्वेकिस्तानका सइद अली लुचादेव र मरात जमेभ रहभागी छन् ।
युक्रेनका जर्जी टिमो सेन्को शर्ीष्ा वरीयात खेलाडीका रूपमा रहने प्रतियोगितामा स्लोभानियाका ग्रान्डमास्टर जर्ज मोर र भारतका श्रीराम झा पनि रहेका छन् ।
प|mान्सका डब्लूजीएम निनो मइरसुवाराड्जे पनि प्रतियोगितामा सहभागी हुनेछिन् । भारतका अन्तर्रर्ााट्रय मास्टर हिमांशु शर्मा, एमआर बैंकेटेस, प्रवीण कुमार, सप्तऋषि राय, सौरभ खेर देहकर र अतानु लहरी सहभागी हुनेछन् । इंग्ल्यान्डका अन्तर्रर्ााट्रय मास्टर थोमस इयान पनि सहभागी हुनेछन् । प्रतियोगितामा बंगलादेश, रोमानिया र श्रीलंकाका खेलाडीको पनि सहभागिता रहने छ । नेपालका २० खेलाडीको सहभागिता रहने छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामकुमार थापाले प्रतियोगिताले अन्तर्रर्ााट्रय बुद्धिचाल क्षेत्रमा नेपालको छुट्टै पहिचान हुने बताए । १५ लाख रुपैयाँ लागत रहेको प्रतियोगिताको पुरस्कार राशि दर्ुइ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले एक हजार अमेरिकी डलर पुरस्कार पाउने छन् । दोस्रो हुनेले सात सय र तेस्रो हुने खेलाडीले पाँच सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।
रुस ओलम्पियाडको पर्ूवसन्ध्यामा हुने प्रतियोगितामा नेपाली ओलम्पियाड टोलीका बद्रीलाल नेपाल, विलमलाल श्रेष्ठ, केेशव श्रेष्ठ, उत्तमराज थापा र प्रचण्ड मालाकार सहभागी हुनेछन् । प्रतियोगितामा नेपालको अपेक्षा आईएम नर्मस रहेको छ । नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले प्रतियोगिताले ओलम्पियाड खेलाडीको आत्मविश्वासमा वृद्धि हुने बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी