© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २२
श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ८६ किलोमिटर टाढा वालापोन सहरको मध्यभागमा बसोवास गर्ने एक जना ३८ वषर्ीय पुरुष वी विजेरत्नेकी श्रीमतीले आफ्ना जुम्ल्याहा सन्तानलाई जन्म दिनेबित्तिकै एउटीलाई गुमाउनुपर्यो । त्यसपछि केही क्षणमा आमा आफैंले पनि प्राण त्याग गर्नुपर्यो तर एउटी छोरी भने बाँचिन् । त्यसपछि एउटी छोरीलाई विजेरत्नेले आफ्नै दूध चुसाए ।
पहिलो सन्तान अर्थात् विजेरत्नेकी छोरी असाध्यै रोइन् । बाहिरिया बजारका विभिन्न किसिमका दूध खरिद गरेर खुवाउन खोज्दा पनि छोरीले खान नमानी एक तमासले रोएपछि उनले आफ्नै दूध चुसाउन थाले । उनले छोरी असाध्यै रोएपछि केही सीप नचली उनको मुख मात्र बन्द गराउनका लागि आफ्नै दूधमा मुख लगाइदिएर चुप गराउन खोजेका थिए । जसै, छोरी चुप लागिन्, उनले मुख त्यहीं लगाइदिइरहे । विस्तारै छोरीले एकोहोरो चुस्न थालेपछि मजाले दूध आयो पनि ।
विश्वव्यापी समाचार संयन्त्रहरूले प्रवाहित गरेको त्यो खबरमा एकजना श्रीलंकाली सरकारी अस्पतालका उपनिर्देशक डा. कमल जयसिंघेले विशेष कारणवश भावनात्मक वा शारीरिक प्रतिक्रियाका कारण बाबुको शरीरमा पनि प्रोल्याक्टिन हर्मोन अस्वाभाविक रूपमा उत्पन्न भएमा दूध उत्पादन सम्भव हुने बताएका छन् ।
तर, बाबुको दूध खाँदा बच्चामा दर्ीघकालीन असर पर्ने वा नपर्ने भन्ने उल्लेख गरेका छैनन् ।
अहिले हामी सम्पर्ूण्ा नेपालीहरू जबर्जस्ती हाम्रो बाबु बन्न खोज्नेहरूका दूध बाध्यतावश चुसिरहेका छौं । बाबुको दूध आउँदै आउँदैन भनी विश्वास गरिरहेकाहरू एकाएक बाबुको पनि दूध आएपछि तीनछक्क मात्र परेका छैनौं, असम्भव र अप्ठयारो खालको मर्ूदाशान्ति पनि महसुस गरिरहेका छौं ।
झन्डै-झन्डै गोरु नै ब्याउनुजस्तैको खुसीमा छौं हामी नेपालीहरू, बाबुको दूध चुस्न पाएर यतिबेला । थोरै भए पनि जनताले चाहेको काम सुरु भएको छ । बल्ल-बल्ल दर्ुइ थान लोकतन्त्र दूध प्रहरीको खोरमा पुगेका छन् । अख्तियार दुरुपयोगको आँग्नाबाट ।
जालन्धरकी पत्नी बृन्दा अत्यन्तै पतिभक्ति थिइन् । उनको पतिभक्ति अर्थात् पत्रि्रताका कारण जालन्धरको शक्ति व्यापक रूपमा बढेर गएको थियो । जालन्धरले आफ्नो शक्तिका कारण सुन्दर, शान्त, विशाल र्स्वर्गमा अशान्ति मच्चाउन थाल्यो । विष्णुलाई जालन्धरको शक्ति बढाउने बृन्दाको पत्रि्रतादेखि रिस उठ्न थाल्यो । उसले जसरी पनि बृन्दाको पत्रि्रतालाई भंग गर्ने कुत्सित निर्ण्र्ाालियो, बेहोस् बनाएर, दिग्भ्रमित तुल्याएर, अनुचित प्रभावमा पारेर वा बलात्कारै गरेर भए पनि बृन्दाको पत्रि्रतालाई च्यूत गराउने यत्नमा विष्णु जुट्न थाल्यो । अन्ततः बृन्दालाई थाहा नहुने गरी विष्णुले प्रकारान्तरमा बलात्कार गर्यो । र, उनको पत्रि्रता धर्मबाट च्यूत गरायो । जब बृन्दा होस्मा आइन् तब मात्र उनले आफू लुटिएको थाहा पाइन् । र, तत्कालै विष्णुलाई श्राप दिइन्, 'तैंले घाँस भएर उम्रिनु परोस् ।'
त्यसपछि विष्णुले कुशको रूपमा जन्म लिएर तर्राईदेखि मध्यपहाडी भागसम्म उम्रिनुपर्यो । आज हामी त्यही पापी र फोहोरी विष्णुको कुश रूप धारणको दिन मान्छेहरूले चाहिँ त्यस्तो पाप काम नगर्ने संकल्पका साथ कुशेऔंसी मनाउँदैछौं । आफ्नो सत्ताको रक्षाका लागि मात्रै अरूका श्रीमतीहरू बलात्कार गर्दै हिँडने त्यही फोहोरी विष्णुको वास्तविक रूपलाई नचिनीकन कुशेऔंसी धेरै हिन्दूहरूले मनाइरहेका छौं, प्रत्येक वर्ष।
अनुचित प्रभावमा पारेर मात्र होइन, वर्तमान पापिष्ट विष्णुका विविध रूप हाम्रो समाजमा देखिएका छन् । अपहरण गरेर तीन महिना १९ दिनसम्म थुनामा राखी श्री पापिष्ट विष्णुका वारेसहरूले दोलखाकी देवीमायालाई बलात्कार गरेजस्तो त कतै आनन्दीदेवीलाई अपहरण गरेजस्तो आफ्नो नश्ल सुधारका लागि पर्म र खेताला लगाएर विकसित विदेशी बाबु खोजिरहेका छन् । पटक-पटक बलात्कार गरेको घटनादेखि नाबालक छोराछोरीका अगाडि आमा, वृद्ध बा-आमाका अगाडि छोरी-नातिनीहरू बलात्कृत भएको पटक-पटक हर्ेर्नुपर्ने बाध्यताबीच हामी तिनै विष्णुको पूजा अन्जानवश गरिरहेका छौं ।
संस्कृतमा गिरिजा अर्थात् नेपालीमा भन्दा प्रचण्ड शक्तिका ढुंग्यानी टाकुराहरू ती अभिशप्त कुशहरूलाई चेपचापबाट उमारेर सुरक्षित बनाइरहेका छन् । यस्तो अवस्थाबीच हामीले मनाइरहेको कुशेऔंसीले हामीलाई कुन परिणामतर्फधकेलिरहेको छ - श्राप लाग्छ, उल्टो यस्ो कुशेऔंसी मनाउँदा ।
हामी कति मान्छेहरू यसलाई नबुझेर मनाइरहेका छौं । र, कतिचाहिँ बुझी-बुझी पनि त्यसैको प्रचार-प्रसार गरिरहेका छौं । त्यस्तो पापी विष्णुको रूपलाई हामी अझै पनि उसको जालझेल र अन्य अस्त्रशक्तिको त्रासले त्यसका विकृतिहरूलाई पनि चुपचाप पूजा गरेर बसिरहेका छौं । उसले त्यस दिन एउटी पत्रि्रता महिलाको धर्म भंग गरेको थियो, जुन दिन हामी सम्पर्ूण्ा परस्त्रीलाई आमाको रूपमा हेर्र्छौं, पितृदिवस त्यो दिन मात्र हुनेछ ।
मनुले पनि सधैंभरि गलत व्याख्या मात्र गरेनछन्, मनुस्मृति हर्ेर्छर्ुुति राम्रो कुरा पनि रहेछ -
यस्मिन महीं शासति
वाणिनीनांन्रि्रांविहार्रार्धपथे गतानाम्
वापो˜पि नास्रंसायदंशुकानि
कोलम्बयेदाहरणाम् वस्त्रम् ।।
अर्थात्, साँच्चैको शासन भन्न लायक शासन हुँदा एकदमै थाकेर बाटो हिँड्दा बाटैमा मस्तसँग सुतेर निदाएकी एउटी उमेरदार नगरवधूको कपडासमेत अरू त के बेगसँग चलेको वायुले पनि हल्लाउन सक्तैन । एकातिर त्यस्तो व्याख्या व्याख्या छ, अर्कोतिर तिनै श्लोकका आशय बोकेका गीताका शपथ खाँदै अदालतमा अझै पनि झूट बोल्न नालायक बाबुहरू नवविष्णुका रूपमा शासन गर्न आउनेहरूले मातृबलात्कार गरे । तिनले सत्ताका लागि बृन्दाहरू मात्र होइन, आमामाथि नै बलात्कार गरे । त्यस्तो दिनको सम्झनामा कुशेआंैसी -
हिजोसम्म स्वतन्त्रता थिएन, आमा मुन्टो छोपी-छोपी घुम्टो ओढेर कुनामा लुकेर रुनुहुन्थ्यो, तर आज स्वतन्त्रता छ र सडकमा आएर छाती पिटी-पिटी डाँको छोडेर रुन पाउनुभएको छ, खुलेर भन्न पाउनुभएको छ, 'म बलात्कृत भएँ र खत्तम
भएँ ।' यस्तो अवस्थामा हामी जबर्जस्ती यो मुलुकको बाबु हुन खोज्ने घिनलाग्दा मुखहरू हेरिरहेका छौं । कहिल्यै हर्ेन नपरे हुन्थ्यो भन्ने लागिरहेछ तिनको अनुहार । अरू पनि बाध्य भइरहेछौं हामी, तिनका कुरूप अनुहारहरू हर्ेनलाई । उनीहरू जबर्जस्ती सारा देशवासीको बाबु भनाउनलाई हाम्री आमामाथि, यो मातृभूमिमाथि बलात्कार गरिरहेका छन् । कसरी भन्न सक्छौं र हामी तिनलाई आफ्नो बाबु भनेर ।
तर, साँच्चै श्रमजीवि जनताका बाबुहरू अति नै इमानदार छन् । धूलो मैलोमा रातदिन काम गरेर पनि तिनका छवि साँच्चै-साँच्चै आकाशको पर्ूण्ाचन्द्रभन्दा पनि चहकिलो छ । जीवनभरि मरिकुच्चे काम गरेर पनि आधा पेट भर्न र शरीर ढाक्न पनि धौ-धौ परिरहेका आमाबाबुहरूको सपना छ, 'हत्केलाले पसिनाको उचित मूल्य पाओस् र सबैको साझा पितृदिवस आओस् ।'
बाबु त साँच्चै समझदारीको हद सपाटी रूपमा हर्ेदा मात्र होइन, असम्भव नै देखिएको कुरामा प्रयत्न गरोस् र विजेरत्नेजस्तो सम्भव बनाओस् अनि बचाओस् आफ्नो सन्तातलाई । तब पो बाबु, तब पो अनुहार हर्ेर्नु, तब पो शेखपछि पनि हर्ेनलाई सालिक बनाउनु । कहिल्यै हर्ेन नपरोस् यस्ता नालायक बाबुहरूको अनुहार, तिनकै सन्तानले पनि तिनको मुख नहेरून् । र, कहिल्यै टाँग्न नपरोस् कपुत 'विष्णु'का कुशहरू दैलामाथि ।
आजै कुशेऔंसीका दिन जन्मने र तीन दशकको जीवन मात्र पूरा गरेर इहलीला धर्ती पनि छा्ड्ने पहिलो नागरिक समाजको प्रतिनिधि, पहिलो गैरसरसकारी संस्था खोल्ने नेपाली, पहिलो समालोचक, पहिलो प्रकाशक मोतीराम भट्टको यो गजल पनि सम्झन्छु -
दर्ुइ आँखीभौं त तयार छन्
तरबार पो किन चाहियो -
तिमी आफैं मालिक भैगयौ
सरकार पो किन चाहियो -
swagatpal@yahoo.com
स्वागत नेपाल
Comments0
Leave Comments