२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बाबुको आत्महत्यापछि एक्लिएका रमेशलाई काठमाडांंै लगियो

राजधानी संवाददाता
नेपालगन्ज, २२ भदौ
मोबाइल ल्यापटपलगायतका वस्तु
चोरेको आरोपमा हर्जना बुझाउन नसकेका कारण बाबुले आत्महत्या गरेपछि बेसहारा बनेका बर्दिया, मानपुरटपरा-५ का रमेश चौधरीलाई मंगलबार काठमाडौं पुर्‍याइएको छ ।
उनी बेसहारा भएको समाचारमाध्यमबाट थाहा पाएका प्रधानमन्त्री माधवकुमार नेपालको आग्रहपछि बालकलाई राजधानी लैजानेक्रममा सोमबार दिउँसो बर्दियाबाट नेपालगन्ज ल्याइएको थियो ।  उनको भरणपोषण तथा शिक्षादीक्षाको सम्पर्ूण्ा व्यवस्था प्रधानमन्त्री नेपाले मिलाउने भएका छन् ।
नेपालगन्जस्थित ब्राइट फयुचर एकेडेमी बोर्डिङ स्कुलमा रिक्सा चलाएर छोरालाई सोही विद्यालयमा पढाउँदै आएका बाबु भगवानदास चौधरीलाई १० वषर्ीया नाबालक छोरा रमेशले विद्यालय नजिकै रहेको नेस होस्टेलबाट चोरेको सामानको हर्जाना तिर्न दबाब दिएपछि दर्ुइ साताअघि १० भदौमा झुन्डिएर आत्महत्या गरेका थिए ।  
  चोरेर बिगारेको अवस्थामा कम्प्युटर फिर्ता दिएको भन्दै नेस होस्टलका सञ्चालकले सोको मर्मत खर्च १५ हजार रुपैयाँ मागेका थिए हर्जाना बुझाउन पैसा खोज्दै हिँडेका चौधरी सो दिन आफैंले काम गर्ने विद्यालयको एक कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । आमाले यसअघि नै छोडेर अर्कै संग विवाह गरेका कारण बाबुसंग बस्दै आएका रमेश बेसाहारा भएका थिए ।
   घटनाको भोलीपल्ट प्रहरीले होस्टलका वार्डर्ेेबिष्णुप्रसाद श्रेष्ठ,गार्ड दिपककुमार थारु र बर्दियाका रामकुमार उपाध्यायलाई पक्राउ गरी शरिर बन्धक अभियोगमा मुद्धा चलाएको छ । बाबुको आत्महत्यापछि टुहुरा तथा बेसहारा बनेका चौधरीलाई प्रधानमन्त्री नेपालले आफुले उच्च शिक्षासम्म अध्ययनका लागि ब्यवस्था गरिदिने भन्दै बाँके प्रशासनलाई तत्काल बालकलाई राजधानी पठाउन निर्देशन दिएका थिए
   प्रधानमन्त्री नेपालको निर्देशन अनुरुप जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बाबुको काजक्रिया सकिएपछि बालकलाई नेपालगन्ज हुदै सिविन हेल्पलाईनमा राखेर काठमाण्डौ पठाएको हो । उनलाई मंगलबारको बुद्ध एयरको नेपालगन्ज- काठमाण्डौ नियमित उडानबाट काठमाण्डौ पुर्‍याईएको छ ।
  सरकारका मुख्य सचिव माधव
घिमिरेले बाँकेका प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाललाई टेलीफोन सर्म्पर्क गरी बालकलाई तत्काल खोजेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जतिसक्दो चाँडो पुर्‍याईदिन निर्देशन दिएका थिए ।
  उनलाई काठमाण्डौ पुर्‍याउनको लागि सिविनका मधुसुधन दवाडी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट एक महिला प्रहरी गएका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी