२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सातौं पटक पनि हारे दाहाल

काठमाडौं, भाद्र २२ - प्रधानमन्त्री चयनका लागि मंगलबार भएको सातौं चरणको निर्वाचन पनि व्यर्थ भएको छ । एमाले, मधेसवादी चार दल, नेकपा माले, नेकपा संयुक्त लगायतका दलहरु तटस्थ बसेपछि निर्वाचन अनिर्णत बन्यो ।

छ पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्‍याउन नसकेपछि मंगलबार पुनः चुनाव भएको हो ।

कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सातौं पटक दाहाल र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।
कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल आज सातौं पटक पनि पराजित भएका छन् । उनको पक्षमा ११९  मत परेको थियो । यस्तै पौडेलको विपक्षमा २४५  र तटस्थमा १५१  मत परेको छ । मतदान प्रक्रियामा  ५१५ सभासद सहभागी भएका थिए । माओवादी उम्मेदवार पुष्पकमल दाहाल पनि पराजित  भएका छन् । उनको पक्षमा २५२  मत परेको छ । यस्तै दाहालको विपक्षमा ११० र तटस्थमा  १५९  मत परेको छ । मतदान प्रक्रियामा  ५२१   सभासद सहभागी भएका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी