२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

मातृका समूहद्वारा दाङमा चन्दा आतंक

सविन प्रियासन
दाङ, २२ भदौ । दाङको देउखुरीमा  नेपाल कम्यूनिष्ट पार्टी  माओवादी (मातृका) समूहले  व्यापारीहरुसँग किटानीसहित चन्दा माग गर्न थालेपछि व्यापारीहरु आतंकित बन्न थालेका छन् ।
    सुरक्षा निकायबाट सुरक्षित मानिने भालुवाङ क्षेत्रमा माओवादीले चन्दा दिन भन्दै व्यापारीहरुलाई पत्र पठाएको छ । पत्र पठाएपछि यहाँका व्यापारीहरु आंतकित बनेका हुन् । देश र जनताको मुक्तिका लागि, देशका भ्रष्ट कमिशनखोर, प्रतिकृयावादी र परिस्थितिसँग कडा सघर्ष गर्न र सम्पूर्ण खाले उत्पीडन, अन्याय, अत्याचारको अन्त्यको साथै समान हकअधिकारका लागि आवाज बुर्लन्द गर्न चन्दा माग गरेको पत्रमा उल्लेख छ । दाङ जिल्लामा नेकपा माओवादीलाई अझै सुदृढ गरी विस्तार, व्यवस्थित र परिचालनका लागि रकम आवश्यक परेको भन्दै जिल्ला सेक्रेटरी आकाश घर्तीको हस्ताक्षर गर्नुभएको पत्र यहाँका व्यापारीहरुलाई दिइएको छ । पत्रमा रु. ५ हजार रुपैया भनेर चन्दा तोकिएको छ ।
    भालुवाङमा लामोसमयदेखि व्यवसाय गर्दै आएका एक व्यापारीले आफूलाई रु. ५ हजार चन्दा कटिनीसहित पत्र पठाएको  बताए । उनले केहीदिन अगाडि २ जना युवाहरु पसलमै आएर पत्र दिएको बताउँदै भनेजति चन्दा नदिएमा भौतिक कारवाही हुने चेतावनीसमेत दिएको उनको भनाइ थियो । अधिकाशं व्यापारीहरुलाइ पत्र थमाउदै चन्दा नदिएमा भौतिक कारवाही हुने चेतावनी दिएको व्यापारीहरु बताउँछन् । यसरी व्यापारीहरुमा किटानीसहितको चन्दा पत्र आउँदासम्म यहाँ अवस्थित इलाका प्रहरी कार्यालय भालुवाङ ,ज्वालामाइ गण भालुवाङ ,सिमा सुरक्षा बल लमही र व्यापारीहरुको हकहितका लागि खोलिएको छाता संगठन राप्ती उद्योग वाणिज्य संघ भालुवाङलाई भने कुनै जानकारी नभएको बताइएको छ । केही समय अगाडि दाङको तुलसीपुरक्षेत्रमा चन्दा आतंक निक्कै मौलाएको थियो ।  

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी