२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

राष्ट्रपतिद्वारा वीरेन्द्र अस्पताल भ्रमण

राजधानी समाचारदता
काठमाडौं, २१ भदौ
राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको भ्रमण गरी त्यहाँ रहेका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले त्यहाँस्थित विभिन्न शयनकक्षको निरीक्षण गर्दै बिरामीहरूसँग पनि भलाकुसारी गरेको सैनिक जनसर्म्पर्क निर्देशनालयले विज्ञप्तिमार्फ जनाएको छ । सो अवसरमा राष्ट्रपति यादवलाई वीरेन्द्र अस्पतालका कमान्डान्ट सहायक रथी डा. गम्भीरलाल राजभण्डारीले अस्पतालको विविध पक्षको बारेमा जानकारी गराएका थिए ।
१९८२ सालमा काठमाडौंको महांकालमा स्थापित ६४ शैय्याको त्रि-चन्द्र मिलिटरी हस्पिटलले बिरामीको चाप धान्न नसकेपछि २०४६ सालमा काठमाडौंको छाउनीमा ४२० शय्याको वीरेन्द्र अस्पताल स्थापना गरिएको हो । आधुनिक सुविधासम्पन्न यस अस्पतालमा बहालवाला तथा भूतपर्ूव सैनिक र तिनका परिवार, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पतालबाट रिफर भई आएका बिरामीको उपचार हुने गर्छ । रक्षा मन्त्रालय र जंगीअड्डामा कार्यरत गैरसैनिक कर्मचारी तथा तिनका श्रीमान्-श्रीमती, सैनिक महाविद्यालयका विद्यार्थी तथा शिक्षक-शिक्षिका एवं तिनका श्रीमान्-श्रीमतीका साथै दैवीप्रकोप तथा दर्ुघटनामा परेका गैरसैनिक व्यक्ति एवं विदेशीहरूलाई समेत उपचार सेवा पुर्‍याइरहेको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ  ।
गत वर्षा मात्र यस अस्पतालले करिब १० हजार बिरामीहरूलाई अन्तरंग सेवा पुर्‍याएको छ भने तीन लाख बिरामीहरूलाई बहिरंग सेवा पुर्‍याएर आपmनो क्षमता पर््रदर्शन गरेको छ । सोमबारको  निरीक्षण कार्यक्रममा रक्षामन्त्री विद्यादेवी भण्डारी, प्रधान सेनापति छत्रमानसिंह गुरुङ, राष्ट्रपतिको कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, नेपाली सेनाका रथीहरू सहभागी थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी