२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

आत्मघाती विस्फोटमा उन्नाईसको मृत्यु

सिन्ह्वा
इस्लामावाद, २१ भदौ
पश्चिमोत्तर पाकिस्तानको खाइवर पाख्तुन्ख्वा प्रान्तको लक्कि मार्वातस्थित एक प्रहरी चौकीमा शक्तिशाली आत्मघाती कार बम हमला हुँदा चारजना स्कुले केटाकेटीसहित कम्तीमा १९ जनाको मृत्यु भएको खबर छ । सो घटनामा ४० जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार सबेरै विस्फोटक सामग्री भरिएको एउटा गाडी चौकी पछाडिको पर्खालमा ठोक्काएर विस्फोट गराइएको थियो । घटनास्थलमा स्कुल ब्याग र कितावहरू देखिएको सम्वाददाताहरूले बताएका छन् । मर्नेमा ११ जना प्रहरी छन् । आक्रमणका बेला चौकीभित्र ४० देखि ५० जनासम्म प्रहरी जवान रहेको समेत जनाइएको छ । कम्तीमा २५ जना प्रहरी जवान अझै पनि विस्फोटबाट क्षत्रि्रस्त भग्नावशेषमा पुरिएको समाचारमा उल्लेख छ ।
चौकीको दायाँबायाँ र अग्रभागमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण आक्रमणकारीले पछाडिपट्टकिो पर्खाललाई लक्ष्य बनाएको हुनसक्ने सुरक्षा स्रोतले जनाएको छ । घटना लगत्तै विस्फोटस्थल र वरपरको सम्पर्ूण्ा क्षेत्रमा प्रहरीले खोजविन र कडा निगरानी गरेका छन् । सोमबारको आत्मघाती आक्रमण पाकिस्तानमा यो महिना भएको तेस्रो सबभन्दा गम्भीर घटना हो ।
पाकिस्तानमा गत साता सिया मुस्लिमहरूमाथि भएका हमलाहरूमा कम्तीमा एक सय र्सवसाधारण मारिएका थिए । पाकिस्तानी तालिबानले ती हमलाहरूको जिम्मेवारी दाबी गरेको थियो । प्रहरी चौकीमा ठोक्किनुअघि आक्रमणकारी कारले स्कुल भ्यानलाई ठक्कर दिएको थियो । चौकी भवनका साथै वरपरका पसलहरू र मस्जिदमा पनि क्षति भएको छ ।
पुरिएका व्यक्तिलाई निकाल्न उद्धारकर्मीहरूले भग्नावशेष हटाइरहेको प्राप्त समाचारमा छ । मार्वातका प्रहरी सहायक निरीक्षक अमीन खानलाई जिवितै बाहिर निकालिएको थियो । 'बिहानी ड्युटीका सबै कर्मचारी त्यहाँ थिए किनभने उनीहरूले अझै ड्युटी छाडेका थिएनन्' उनले भने । घटनामा एकजना अवकाशप्राप्त शिक्षकको समेत ज्यान गएको एसोसिएटेड प्रेस अफ पाकिस्तानले जनाएको छ ।
'१७ मृत शरीर र ४५ घाइतेलाई हाम्रो अस्पताल ल्याइएको छ' लक्कि मार्वातको प्रमुख अस्पतालका चिकित्सक गुलाम अलिले एएफपीसँग टेलिफोनमा भने । पाकिस्तानी तालिबानले अमेरिकी समाचार एजेन्सी एपीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी दाबी गरेका छन् । आफूहरूविरुद्ध लाग्न र्सवसाधारणलाई उक्साएकोले प्रहरीलाई निशाना बनाइएको पनि उनीहरूले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी