© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २१
राजधानी संवाददाता
मोरङ, २१ भदौं
८ बुँदे बिराटनगर घोषणापत्र जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल -प्याब्सन) को क्षेत्रिय भेला बिराटनगरमा सम्पन्न भएको छ । प्याब्सन पर्ूवाञ्चल क्षेत्रिय समन्वय समिति द्वारा आयोजित सो भेलाले प्याब्सनको १० औ राष्ट्रिय महाधिवेशनवाट पारित शिक्षा सेवा शुल्कको तत्काल पर्ूण्ा खारेजीको माग गरेको छ ।
यसैगरी उच्च शिक्षा अध्ययन गर्न शिक्षा मन्त्रालय वा अन्य मन्त्रालय एवम् सम्बन्धित निकायहरुबाट प्रदान गरिने छात्रवृति अन्तरगत आरक्षण कोटामा निजी शिक्षण संस्थाहरुबाट उतर्ीण्ा गरेका विद्यार्थीहरुमाथी कानुनतः लगाइएको प्रतिबन्ध फुकुवा गरि नियम संसोधन गर्नमाग गरेकेा छ ।
शिक्षा मन्त्रालय अन्तरगत उच्च माध्यमिक शिक्षा परिषद्, नेपाल एस.एल.सी.बोर्ड, पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा समिति, जिल्ला परीक्षा समिति लगायतका नेपाल सरकारद्वारा गठन गरिने बोर्ड तथा समितिहरुमा प्याब्सनको अनिवार्य र संस्थागत प्रतिनिधित्वको व्यवस्था गर्न समेत भेलाले आग्रह गरेको छ ।
८ बुँदे घोषणापत्रमा विद्यालय तथा बालबालिकालाई शान्तिक्षेत्र घोषणा गरी यस क्षेत्रमा कुनै पनि बहानामा बन्द-हड्ताल एवं राजनीतिक कृयाकलाप नगर्राईने प्रतिबद्धता सरकार एवं सम्पर्ूण्ा राजनीतिकदलहरुबाट तत्काल जारी हुनु पर्ने , शिक्षक र विद्यार्थी अपहरण गर्ने तथा विद्यालयहरुमा धम्की सहित जवरजस्ती चन्दा उठाउने कार्य तत्काल बन्द हुनुपर्ने , संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको वृति विकासको साथै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु सरह सुविधाको व्यवस्था गरिनुपर्ने माग अघि सारिएकेा छ ।
आगामी बन्ने संविधानमा निजी शिक्षाको समुचित ंस्थान कायम गरि निर्वाध रुपमा संचालन हुन पाउने हक अधिकारको ग्यारेन्टी गरीनु पर्ने , विद्यार्थी तथा अभिभावकले शिक्षा छनौट गर्ने अधिकारको ग्यारेन्टी तथा निजी तथा आवासीय विद्यालयहरुको संचालनकालागि छुट्टै निजी विद्यालय ऐनको व्यवस्था पनि मागमा उल्लेख छ ।
पर्ूवाञ्चल क्षेत्रिय समन्वय समितिका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा१८ गतेदेखी शुरु भएको २ दिने क्षेत्रिय भेलामा जिल्ला अध्यक्षहरुले प्रतिवेदन पेश गरेका थिए ।
Comments0
Leave Comments