© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २१
काठमाडौं/रास- कुनै पनि नयाँ चलचित्रको पर््रदर्शनमा सम्बन्धित सिनेमाका कलाकार प्रचारप्रसारमा जुटेका हुन्छन् । तर, यसै साताबाट पर््रदर्शन हुन लागेको चलचित्र 'पलपलमा'को भने दर्ुइ नायिका भूमिगत भएका छन् । त्यो सिनेमाका तीनओटै नायक बिदेसिएका छन् । यसरी आफ्ना सिनेमाका एकजना पनि कलाकार नभएपछि निर्माण पक्षलाई प्रचारप्रसारमा समस्या परेको छ ।
पलपलमाका निर्देशक उकेश दाहालका अनुसार सो चलचित्रकी अभिनेत्री सुजाता सिटौला लामो समयदेखि सर्म्पर्कमा छैनन् । कसैले उनी विदेश गएको र कसैले उनी यतै भएको बताए पनि आफूसँग सुजाताको भेट नभएको आधा वर्षहुन लागेको उकेशले बताए ।
यो चलचित्रमा सुजाताले दिएको 'हट सिन'ले निकै चर्चा पाएको छ । सो दृश्यको कारण पनि उनी भूमिगत भएको हुन सक्ने निर्माण पक्षको अनुमान छ । 'सञ्चारमाध्यमले सोधेर हैरान पार्लान् भनेर पनि उहाँ सर्म्पर्कमा नआएको हुन सक्छ । तर, मुख्य नायिका नै सर्म्पर्कमा नआउँदा चलचित्रको प्रचारमा निकै गाह्रो पर्दो रहेछ,' निर्देशक उकेश दाहालले भने ।
फिल्म पागलपनबाट अभिनयमा उत्रिएकी सुजाताको यो दोस्रो चलचित्र हो । तर, सिनेमा रिलिजका बेलामा उनी किन सर्म्पर्कमा आइनन् । यो जिज्ञासा स्वयं निर्माण पक्षको छ ।
यो चलचित्रकी अर्की अभिनेत्री उषा पौडेल पनि दर्ुइ महिनादेखि भूमिगत छिन् । उनी मुर्म्बई गएको भन्ने जानकारी आफूले पाएको निर्देशक उकेशले बताए । तर, यति लामो समयसम्म मुर्म्बईमा उनी के गरिरहेको भन्ने आफूलाई जानकारी नभएको पनि उनले बताए । 'बलिउड नायक राहुल रायले बोलाएर मुर्म्बई गएको भन्ने अरूबाटै सुनें । तर, किन गएको भन्ने जानकारी छैन,' उकेशले भने, 'उषा मात्र भइदिएको भए पनि सञ्चारमाध्यममा सिनेमाका बारे अन्तर्वार्ता दिन उनलाई पठाउँथें । तर, उनी पनि फिल्म रिलिजकै बेलामा भूमिगत भइदिइन् ।'
यो फिल्ममा तीनजना नायक रमित ढंुगाना, दीलिप रायमाझी र विक्रान्त बस्नेतले अभिनय गरेका छन् । यतिबेला तीनैजना अभिनेता विदेशमा छन् । आठ महिनाअघि अमेरिका छिरेका विक्रान्त बस्नेत उतै बसेका छन् । उनी अहिले ग्रिनकार्ड बनाउने चक्करमा व्यस्त छन् ।
अर्का अभिनेता रमित ढंुगाना पनि ६ महिनादेखि अमेरिकामै छन् । फिल्म पर््रदर्शन गर्न भनेर दर्ुइ महिनाका लागि उनी अमेरिका गएका थिए । ६ महिना हुन लाग्दा पनि उनी नफर्किर्एको पनि निर्देशक उकेश दाहालले जानकारी गराए ।
फिल्म पलपलमाका अर्का अभिनेता दीलिप रायमाझी भने केही दिनअघि मात्र आफ्नो फिल्म 'मिस यु'को छायांकन गर्न युनिटसहित मलेसिया गएका छन् । उनी नेपाल र्फकन अझै एक महिना लाग्छ । त्यतिबेलासम्म फिल्म पलपलमाको पर््रदर्शन पूरा भइसक्नेछ । सोही कारण आफूहरूलाई चाहिने बेलामा कुनै पनि कलाकार नभएकाले पनि पलपलमाको निर्माण टोली यतिबेला दुःखी भएको हो ।
जबकि पलपलमा सँगै राजधानीमा रिलिज हुन लागेको फिल्म दीपशिखाको प्रचारप्रसारमा निर्देशक नरेश पौड्यालसँगै अभिनेता जीवन लर्ुर्इंटेल र अभिनेत्री अरुणिमा लम्साल यतिबेला लागिपरेका छन् ।
Comments0
Leave Comments