© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २१
एमाले वरिष्ठ नेता खड्गप्रसाद -केपी) ओली समकालीन नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा परिचित छन् । एक पटक गृहमन्त्री र एक पटक उपप्रधानमन्त्रीको नेतृत्व सम्हालेका ओली माधव नेपाल सरकार -हाल कामचलाउ सरकार) गठनका मूल सूत्रधार नै थिए भने झण्डै एक वर्षो कार्यकालसम्म रक्षाकवच । गत वर्षसम्पन्न बुटवल महाधिवेशनमा अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी ओली वर्तमान एमाले संरचनामा निकै बलियो प्रभाव राख्छन् । त्यसैले माओवादी निकट जस्तो देखिने एमाले संस्थापन ६ पटकसम्मको प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बन्न बाध्य छ । माओवादीका प्रखर आलोचक भएकै कारण उनी कांग्रेस निकट देखिन्छन् । त्यसैले प्रधानमन्त्री चयनको वर्तमान यात्राबारे ओली भन्छन्- 'कांग्रेसको सरकार बन्ने बाटो एमालेले नै छेकिदिएको छ ।' राजधानीले यिनै सर्न्दर्भ विशेषगरी प्रधानमन्त्री चयनमा एमाले अडानमा केन्द्रित रहेर संवाद गरेको थियो । प्रस्तुत छ, राजधानीका लागि डिल्ली आचार्य र गणेश बस्नेतले गरेको संवादको मूल अंश ः
० प्रधानमन्त्रीको निर्वाचनमा एमाले कतिन्जेल तटस्थ बस्छ -
- सधैँभरी यही कुरा गरिराख्नु हुँदैन । कामचलाउ अवस्थामा नै सरकार राखिरहँदा अनेकौं नकारात्मक पक्ष जन्मन्छन् । जटिलता उत्पन्न हुन्छ । नेपाली राजनीतिको अयोग्यता र दिशाहीनता अत्यन्तै अनुचित, अनावश्यक र हानिकारक छ । अहिलेसम्म प्राप्त उपलब्धि र सफलताले जुन ढोका खोलेको छ, त्यसलाई सदुपयोग गर्नुपर्ने अवस्थामा यस्तो गतिहीनता र अवरोध उचित छैन । तीव्र संक्रमणकालीन अवस्थामा यस्तो गतिहीनता र अवरुद्धता मिल्ने कुरो पनि होइन । विपरीत हो । स्वाभाविक होइन, अस्वाभाविक हो, अनुचित हो । लाभदायी होइन, हानिकारक छ । यथार्थमा भन्ने हो भने यो कार्य परिवर्तन र त्यसले खोलेको सम्भावनाको ढोकालाई बुझ्न नसक्नु हो । यर्सथ अब नेकपा -एमाले) सधैँ तटस्थ बस्दैन, बस्नु पनि हुन्न ।
० अहिलेसम्म त तटस्थ नै बसेको छ
नि त -
- राष्ट्रिय सहमति निर्माण गरौं, सहमतिका साथ अघि बढौं भनेर तटस्थ बसेको हो । मुख्य कुरा शान्ति प्रक्रिया दुवै पक्ष सहमत नभई सफल हुँदैन । संविधान निर्माण सहमति विना सम्भव हुँदैन । यी कुराका निम्ति सहमतिका साथ अघि बढ्नर्ुपर्छ र सरकार पनि सहमतिको निर्माण होस भन्नका लागि हो । तर सहमति भएन भने विकल्प खोज्नर्ुपर्छ । कसैले भ्रम पाल्नु हुन्न कि सहमतीय भन्ने कुनै प्रणाली हुँदैन । एउटा खास अवस्थामा खास परिस्थितिमा, खास अवधि र उद्देश्य पर्ूर्तिका लागि साझा प्रयासका साथ अघि बढ्नका लागि स्वेच्छाले सहमतिको बोध गर्ने हो । सधैंभरी हुने कुरा होइन ।
शान्ति प्रक्रिया र संविधान निर्माणको लागि सहमति होस भन्ने हाम्र्रो इच्छा र चाहना हो । तर के बुझ्नर्ुपर्छ भने शान्ति प्रक्रिया र संविधान निर्माण विशेष र आवधिक कुरा हो । त्यसमा सहमति आवश्यक पर्छ । त्यस उद्देश्यका लागि एमालेले अहिलेसम्म प्रयास गर्यो । तर सहमतिकै आधारमा सरकार निर्माण हुनर्ुपर्छ भन्ने चाहिँ छैन । जबरजस्तीले सहमति हुँदैन । हाम्रो प्रयासले काम गरेन । सातौं चरणमा पनि सहमतिको अवस्था छैन ।
० सहमतिकै रटान लगाएर एमाले किन तटस्थ बस्यो त अहिलेसम्म - यो काम त गलत भयो नि होइन -
- हाम्रो प्रयास असफल भयो । सहमतिको प्रयास गर्दै जानर्ुपर्छ । तर शान्ति प्रक्रिया सफल पारेर संविधान बनाउने समय साढे आठ महिना बाँकी छ । अनि एक/दर्ुइ वर्षम्म सहमतिको प्रक्रिया अघि बढाऔं, पहल जारी राखौं भन्नु त उचित हुन्न । फेरि हामी अर्को जेठ १४ को नियति भोग्न तयार छैनौं भनेर कर्ुलने तर सरकार निर्माण नै हुन नदिएर यही प्रक्रियालाई जेठ १५ सम्म पुर्याउने काम गरेपछि के हुन्छ - त्यसकारण सरकार निर्माणमा अब अनावश्यक विलम्ब गर्नु हुँदैन । बहुमतको भए पनि अब सरकार बनाउनर्ुपर्छ ।
० आफू भोट नहाली तटस्थ बस्ने अनि सरकार बनाउनु पर्छ भन्ने कुरा कसरी पचाउन सकिन्छ र -
- एमालेको कारणले मात्र सरकार निर्माण नभएको होइन । अरु मिलेर बनाए हुन्छ । तर एमाले पनि बाधक बन्नु हुँदैन ।
० सातौं चरणको निर्वाचनमा एमाले तटस्थ बस्दैन भन्नुभएको थियो, तपाईंले । आजको निर्वाचनमा एमालेले मतदान गर्छ -
- कुनै पनि पार्टर्ीी छलफल गरी निर्ण्र्ाानगरुन भनेर हरेक दिन चुनावको मिति तोकेपछि मेरो भनाइ अनुसार काम नहुन सक्छ । दर्ुइ दिनको बीचमा अर्को चुनाव राख्ने बाहियात काम गरेपछि के गर्ने - २० गते भएन भने २२ गते हुन्छ भनेर मिति तोक्नु उचित होइन । दर्ुइ महिनासम्म हुन नसकेको काम दर्ुइ दिनमा हुन्छ भनेर चुनावको मिति तोक्नु त नाटक मात्र हो, जनतालाई बेवकुफ बनाउने काम हो । यस्तो बेइमानपर्ूण्ा काम कसैले गर्नु हुँदैन ।
० आज पनि तटस्थ बसेर आठौं चरणमा चाहिँ एमालेले 'तटस्थ' नीति सच्याउने हो -
- राष्ट्रिय सहमति नबनेपछि बहुमतकै भए पनि सरकार बनाउनु पर्छ । जनताले के गर्ने सहमति बनेन भने । त्रिशुलीमा हाम फाल्न जाने त होइन नि ।
० सरकार निर्माण प्रक्रिया नै जेठ १५ सम्म पुग्ने छाँटकाँट देखिन थालेको जस्तो छ नि -
- केही केहीको बुताले भ्याउने भए यही प्रक्रिया जेठ १५ सम्म पुग्न सक्थ्यो । प्रक्रिया लम्ब्याउने र म्याद थप्ने कामले परिणाम आउँदैन । आफनो व्यक्तिगत स्वार्थका खातिर यस्तो भइराखेको छ ।
० को हुन् तिनीहरु -
- सबैले चिनिसकेका छन् । भनिरहनुपर्दैन ।
० तपाईंले भनेकैजस्तो भयो भने त थपिएको समयमा संविधान होइन, सरकार पनि नबन्ने भो नि -
- हामीले म्याद थप गरेको संविधान बनाउनका लागि हो । दुनियाँमा अहिलेसम्म म्याद थपिएका संविधानसभाले एक ठाउँ पनि संविधान बनाएको छैन । असफल मात्रै भएका छन् । नेपालमा पनि त्यही दोहोर्याउनेे हो - त्यसका लागि म्याद थपिएको होइन । संविधानसभाको म्याद थपिएको संविधान बनाउनका लागि हो । त्यसकारण अब विलम्ब नगरौं सरकार निर्माण गरेर सहमति गर्दै जानर्ुपर्छ । काल्पनिक कुरा गरेर, पहिचानको नारा उरालेर कपटपर्ूण्ा काम अब दोहोर्याउनु हुन्न ।
० अहिलेको अवस्थामा एमालेको पहिचान के हो भनेर तपाईं भन्न सक्नुहन्छ -
- थपेको समय खेर नजाओस भनेर सहमतिको प्रयास गरेको हो । तपाईंंले भनेजस्तो होइन । केही समयका लागि तटस्थ बस्यो भनेर त्यस कुरासँग जोड्नु हुँदैन ।
० तटस्थ बस्ने समय अझै बाँकी छ कि सकियो -
- अब कि त सहमति बन्नर्ुपर्छ, होइन भने त्यो नीति परिवर्तन हुन्छ । आज पनि भएन भने आठौं चरणमा एमाले तटस्थ बस्दैन । घाम/जुन रहेसम्म तटस्थ बस्ने कुरा हुँदैन । त्यो सम्भव पनि छैन ।
० तपाईंको पार्टर्ीीध्यक्षले त प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नभएसम्म तटस्थ बस्ने नीति जारी रहन्छ भन्नुभएको छ नि -
- त्यतातिर नजाऔैं । एमाले समस्याको समाधान दिने पार्टर्ीीो । आफै समस्याको थुप्रो लगाउने पार्टर्ीीोइन । देश र जनतालाई सही बाटो देखाउने र जटिलतालाई सहजताको बाटोमा लैजाने पार्टर्ीीो । आफै जटिलताको कारण बन्ने, ब्यबधान खडा गर्ने काम गर्दैन । आज हुने सातौं चरणपछि एमाले समाधान दिन्छ । अब कसैको आग्रहमा एमाले हिँड्दैन ।
० प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको रिस फर्ेन तपाईंको अध्यक्ष लाग्नुभएको हो कि -
- एउटा नेताले नेतृत्व गरेको बहुमतको सरकारलाई राजीनामा गराएपछिको परिणाम हो, अध्यक्षको उम्मेदवारी फिर्ता । उहाँले नै सहमतिको नाममा बहुमतको सरकारलाई राजीनामा दिन बाध्य पार्नुभएको हो ।
० माओवादी नेतृत्वको सरकार निर्माण र कांग्रेस नेतृत्वको सरकार गठन हुन नदिनका लागि मात्र एमाले तटस्थ बसेको हो भनिन्छ नि -
- यसो भन्ने आधार छ । गलत नै हो भन्न मिल्दैन । एमाले विना कांग्रेसको बहुमत पुग्दै पुग्दैन । एमाले विना नै माओवादीको बहुमत पुग्छ । एमालेको नेतृत्व पंक्तिमा पनि यस विषयमा बहस भइरहेको छ । एउटा हतियारसहित लडिरहेको छ, अर्को विना हतियार लडिरहेको छ । यस्तो अवस्थामा निश्पक्ष वा तटस्थ बस्छु भन्नुको अर्थ हतियारधारीको पक्षमा परिणाम जाओस भन्ने प्रष्ट बुझिन्छ ।
० यसको अर्थ एमाले आपmनै नीति विपरीत हतियारधारीको पक्षमा परिणाम जाओस भनिरहेको छ -
- कांग्रेसको सरकार बन्ने बाटो एमालेले छेकेको छ । एमालेको कारणले कांग्रेसको बाटो छेकेपछि अर्कोलाई सहज हुन्छ ।
० नागरिक पार्टर्ीी रुपान्तरण नभएसम्म माओवादी नेतृत्वको सरकार स्वीकार नगर्ने भनी निर्ण्र्ाागर्ने अनि कांग्रेसको बाटो आफै छेक्ने काम देखेपछि एमालेलाई कसरी बुझ्ने त -
- तपाईंको शंका स्वाभाविक हो । शब्दको कुरा भन्दा व्यवहार प्रमुख हो । माओवादीको नेतृत्व सम्भव छैन भन्ने तर उसकै नेतृत्वमा सरकार बन्न दिने अनुकुलता सिर्जना गराउनु एमालेको नीतिसँग मेल खान्न ।
० किन यस्तो भइरहेको छ - के एमालेले नौटंकी देखाउन थालेको हो -
- एमालेको नीति र निर्ण्र्ााविपरीतका काम भइरहेको छ । एकथोक भन्ने अर्कै काम गर्ने पनि भइरहेको छ । पार्टर्ीी निर्ण्र्ााकार्यान्वयन गराउन सक्नर्ुपर्छ । आपmना लागि पार्टर्ीीनर्ण्र्ाााई धोती लगाउनु वाञ्छनिय हुँदैन ।
० अध्यक्षले आफू प्रधानमन्त्री बन्नका लागि यस्तो काम गरे भन्न खोज्नुभएको हो -
- त्यो त हो नि । अब कसैबाट छिपेको छैन । आफू प्रधानमन्त्री हुनकै निम्ति आपmनै पार्टर्ीीेतृत्वको सरकारको राजीनामा गराइयो । सबै कुरा गरियो । आफू प्रधानमन्त्री हुनकै लागि अहिले पनि गन्जागोल सिर्जना गरिएको हो । राष्ट्रिय सहमतिको नारा त फगत हो । केन्द्रविन्दु त आफू जसरी पनि प्रधानमन्त्री बन्ने भन्ने नै हो । त्यसकारण दोष अरुलाई दिन मिल्दैन । नेता, कार्यकर्ता र जनता कसैमा छैन । अब दोष कहाँ छ खोज्नर्ुपर्छ ।
० एमालेले मतदान चाहिँ कसको पक्षमा गर्छ -
- समय आएपछि खुल्छ । सत्ता कब्जाको रणनीति, हिंसाको निरन्तरता र हिंसाको औजारसहितको सशस्त्र माओवादीलाई साथ दिन सकिदैन । उसको नेतृत्वमा सरकार
बन्नु हँुदैन ।
० बनिहाले के ब्रि्रन्छ र -
- माओवादीको नेतृत्वमा सरकार बन्यो भने शान्ति प्रक्रिया समाप्त भयो, संविधान बनेन भन्ने स्पष्ट हुन्छ ।
० यो त पर्ूवाग्रही आरोप मात्रै भएन र - कसरी पत्याउने -
- पर्ूवाग्रही होइन, माओवादीको समेत हितमा हो । माओवादीले नेतृत्व पायो भने उसको लडाकुको माग अत्यन्त उच्च हुन्छ । नेताहरु निरीह हुन्छन् । त्यसबेला न त्यो माग पूरा गर्न सक्छन्, न त अस्वीकार नै गर्न सक्छन् । त्यस्तो अवस्थामा शान्ति प्रक्रिया समाप्त हुन्छ । त्यसकारण सरकारको नेतृत्वमा अरु दल हुनर्ुपर्छ ।
० त्यसो भए प्रधानमन्त्री रामचन्द्र पौडेल बन्नर्ुपर्छ भन्ने हो -
- त्यसो पनि होइन । हामी छलफल गर्दैछौं । माओवादीले उम्मेदवारी फिर्ता गर्छर्ुुनिरहेको छ । राष्ट्रिय सहमतिको नारा दिएको पार्टर्ीी बहुमतमा ६ पटकसम्म असफल भएको अवस्थामा फिर्ता लिए भइहाल्यो नि । त्यसो गरे त राष्ट्रिय सहमतिकै सरकार हुन्छ ।
० प्रसंग बदलौं, अनमिनलाई जबरजस्ती विवादमा तानियो नि -
- संयुक्त राष्ट्रसंघ विवादमा पर्नु हुँदैन, विवादमा तानिनु पनि हुन्न ।
० नेपालमा त ठूलै विवादमा तानियो नि -
- त्यो आपmनै कारणले हो । कसैले गर्दा होइन ।
० राष्ट्रसंघका महासचिव वान कि मुनको प्रतिवेदनमा कार्यादेश घटाएको र सहमति नभएको अवस्थामा अनमिन फिर्ता गर्ने संकेत छ नि -
- त्यो कुरा मलाई जानकारी भएन । प्रतिवेदनमा के लेखिएको छ, त्यतातिर नजाऔं । सबैको सहमतिमा समाधान खोज्नर्ुपर्छ । तर अब दर्ुइटा पक्ष नेपालमा छैन । व्रि्रोही शक्ति अब छैन भने दर्ुइ पक्षको रुपमा व्यवहार गरिरहन मिल्दैन । हिजो व्रि्रोही र सत्तापक्ष हुँदा प्रारम्भिक चरणमा ६ महिनाको लागि जुन सम्झौता गरिएको थियो, त्यो अनन्तकालका लागि होइन । राष्ट्रिय सेना वा राज्यका कुनै पनि निकायलाई केही समयका लागि निस्त्रिmय राख्न सकौंला । सधैं त्यो हुँदैन । अब राष्ट्रिय सेनालाई कसैको अनुगमनमा राख्ने, ब्यारेकभित्र राख्ने काम सम्भव छैन । पक्ष विपक्ष नै नभएको अवस्थामा सेनालाई ब्यारेकभित्र राख्न आवश्यक छैन ।
० संविधान चाहिँ कहिले बन्छ -
- माओवादीले हिंसाको नीतिको निरन्तरतालाई त्यागेपछि र नागरिक पार्टर्ीीुन मन्जुर गरेपछि शान्ति प्रक्रिया सफल हुन्छ र संविधान बन्छ ।
० थोरै प्रसंग बदलौं, एमाले सभासदको घुस प्रकरणले एमालेको हैसियतलाई कहाँ पुर्यायो -
- मैले कताकतै गुटबन्दीको कारणले यस्तो गर्न पाइन्छ भन्ने अभिव्यक्ति सुनें । तर गुटबन्दीको कारणे घुस खान पाइन्छ भन्ने कुरा म बुझि्दनँ ।
Comments0
Leave Comments