२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

नकारात्मक प्रशासनिक प्रवृत्ति

कुनै पनि संगठनको सफलता वा असफलता त्यसमा कार्यरत मजदुर, कर्मचारी, कामदार आदि वर्गको स्वभाव, आचरणमा निर्भर गर्दछ । अर्को शब्दमा भन्नुपर्दा सकारात्मक सोचको आवश्यकता पर्दछ । तोकिएको जिम्मेवारीप्रति उदासीन रहने, कर्तव्यपालन नगर्ने, खाली अर्काको आफूभन्दा माथिका हाकिम वा पूरै संगठनको आलोचना गर्ने, कुरा काट्ने तथा कुनै पनि कुरालाई नकारात्मक रूपले मात्र हर्ेर्ने तथा प्रचार गर्ने प्रकारका कर्मचारी भएमा त्यो संस्थाको छवि नराम्रो हुनेमा दर्ुइमत छैन ।
नेपालको कर्मचारीतन्त्रमा रहेको 'नेगेटिभ भाइब्रेसन'को 'भाइरल इफेक्ट'का बारेमा अध्ययन गरिएको पाइ“दैन । संस्थागत सुधारमा विभिन्न सुझाव, आयोग, कार्यदल गठन गरिएका छन् । तर, कर्मचारीवृत्तमा रहेको नेगेटिभ भाइब्रेसनका बारेमा अध्ययन गर्ने परिपाटीको विकास हालसम्म गरिएको छैन । अरू देशमा यसका बारेमा व्यापक अनुसन्धान र छलफल चलाइने गरेको पाइन्छ । ठूलाठूला कम्पनी, निगम आदिहरूले त आन्तरिक तथा बाहय रूपमै विशेषज्ञहरूसँग छलफल गरी यस्ता नकारात्मक भाइबे्रसनलाई हटाउने र हराउनेतर्फविशेष योजना नै अगाडि सारेका हुन्छन् ।
नेगेटिभ भाइबे्रसनको नेपालीकरण भएको छैन । यसलाई नकारात्मक संवाद/संवाहक भनेर केही हदसम्म भन्न सकिन्छ । भाइब्रेसन भनेको थरथराहट, कम्पन वा त्यस्तै प्रकारको आवाज हो । यो सकारात्मक भएमा परिणाम राम्रो हुन्छ । जस्तै गाडी चलाउँदा र बन्द गर्दा सुरु र अन्त्यमा आउने एक प्रकारको कम्पन थरथराहट 'भाइबे्र्र्रसन' हो । चालकले त्यो थरथराहटलाई सही सदुपयोग गरी गाडी चलाई गन्तव्यमा पुर्‍याउन सक्छ । सदुपयोग गर्न नसके दर्ुघटना हुन्छ । दर्ुघटनाको अन्तिम विन्दुसम्म आउने क्रममा रहेका अन्य तत्वहरू भाइरल इफेक्ट वा वातावरणीय प्रभाव हुन् । र्
कर्मचारीवृत्तमा रहेने गरेको तनावको वातावरण, एकले अर्कालाई उपेक्षा गर्ने, आफूले गरेको काम राम्रो अरूले गरेको नराम्रो, आफू नै राम्रो, आफ्नो व्यथा नै ठूलो, उसको मात्र कुरा सुनी दिनुपर्नेजस्ता जति पनि कुराहरू छन्, ती सबै नेगेटिभ भाइब्रेसनअर्न्तर्गत पर्दछन् ।
हामीहरूले देखी, भोगी, सुनिरहेका छांै कि कर्मचारीवृत्तमा सदैव असन्तुष्टिका मात्र कुराहरू हुन्छन् । खाली प्रशासक हाकिमको कुरा काट्ने, संस्थागत कार्य प्रणालीको  समालोचनाभन्दा खाली गाली-गलौजको भाषामा आलोचना गर्ने आदि भइरहेको हुन्छ । यस्ता तथ्यहरू पछि नेगेटिभ भाइब्रेसनमा रूपान्तरण हुन्छ र सिंगो संस्था निष्त्रिmय एवं असक्षम बन्न पुग्छ । अहिलेको नेपालको निजामती प्रशासन पर्ूण्ारूपमा नेगेटिभ भाइबे्रसनको सिकार भएको छ । यसको मुख्य कारण कमजोर नेतृत्व वर्ग, नेतृत्व वर्गले राजनीतिक सत्ता वा विभागीय मन्त्री परिवर्तन हुनासाथ उनीहरूको चाकरीमा धाउनु, राजनैतिक आडमा कर्मचारी वर्गमाथि कारबाही, सरुवा, बढुवा गरिनुु, पारदर्शिताको कमी, आदि रहेका छन् । यसका साथसाथै संगठनको कुनै दुष्टिकोण नै नहुनु पनि अर्को चुनौतीको विषय भएको छ । राज्यस्तरबाट, नेताहरूबाट कर्मचारी वर्गमाथि राखिने नकारात्मक दुष्टिकोण, बक्रदुष्टि, पर्ूवाग्रही व्यवहार सबैभन्दा ठूलो कारक तत्वका रूपमा रहेको छ ।
त्यसैगरी उदाहरणका लागि आफूसँगै लोकसेवा आयोगमा फेल भएको कुनै साथीले मानांै महान्यायाधीवक्तालाई अमूक दाजु नमस्कार भन्दै उसको सोफामा बसेर खुट्टी हल्लाउँछ र उसको साथी जो अफिसर छ महान्यायाधीवक्तासमक्ष आफ्ना कुरा खुलस्त राख्न सक्दैन । त्यही फेल भएको साथीले भन् तेरो सरुवा, काज कहाँ गराउने म 'दाजु' लाई भनिदिन्छु भन्छ र तदनुरूपकै व्यवहार एवं प्रयोग हुन्छ भने त्यो लोकसेवा आयोग पास गरेर आएको सरकारी वकिलमा नेगेटिभ भाइबे्रसनको सुरुआत हुन जान्छ । यस्तो अवस्थाको निराकरण नेतृत्व वर्गले लिनुपर्ने हुन्छ । संस्थामा नेगेटिभ भाइब्रेसन हाबी हँुदै गएको छ/छैन भन्ने कुरा पत्ता लगाउन सुरुमा अलिक गाह्रो हुन्छ । जतिखेर पत्ता लाग्छ, त्यतिखेर संस्थामा नकारात्मक प्रभाव परिसकेको हुन्छ । त्यस अवस्थामा यसलाई समाप्त गर्न संस्थाले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । जब संस्थामा नेगेटिभ भाइब्रेसन हाबी हुन्छ, तब संस्थामा संस्थागत मूल्य मान्यतासँग सम्बन्धित सवालमा नकारात्मक भूमिकाको सुरुआत हुन्छ । कर्मचारी वर्गमा पनि आपस-आपसमा मेलमिलाप नहुनु, समयमै कार्य फछर्र्यौट नहुनु, खाली नकरात्मक कुराहरूको प्रचारप्रसार गरिनेजस्ता लक्षणहरू देखा पर्दछ । संस्थाका प्रमुखले आफ्नो विरोधी को-को छन् भनेर पत्ता लगाउन राखेका जासुसी कर्मचारीहरू पनि यस्तो वातावरणको सिर्जना गर्ने अर्को कारक तत्व हुन् । नेतृत्व वर्गले प्रभावकारी एवं रचनात्मक भूमिका निर्वाह गर्न नसक्ने तथा आफ्ना चाटुकारहरूको अघिपछि लाग्ने गर्दा उसका जासुसहरूसमक्ष अन्य सहयोगी टिमहरू अझ बढी आक्रामक भएर प्रस्तुत हुने गर्दछन् ।
नेगेटिभ भाइब्रेसन एक मनोवैज्ञानिक समस्या पनि हो । मनोविज्ञका अनुसार कार्यस्थल उच्च दबाबपर्ूण्ा क्षेत्र हो । यो क्षेत्रमा रहेका सबै तहका कर्मचारीलाई नेतृत्व वर्गले समान व्यवहार गर्न नसक्नु, काखापाखाको स्थितिमा राख्नु तथा सुधारात्मक कुराहरू सुन्न नचाहनुजस्ता व्यवहार गरेमा कर्मचारीवृत्तमा नेगेटिभ भाइब्रेसनको सुरुआत हुन्छ । यसबाट बच्नका लागि 'हयुमन टच'को जरुरी छ । जसबाट कर्मचारीवृत्तमा नकारात्मक सोचको विकास हुनबाट रोक्न सकिन्छ । कर्मचारीवृत्तमा मनोवैज्ञानिक र्समर्थन एवं सकारात्मक धारणको विकास गराउन जरुरी छ । जस्तो कि व्यक्तिले आफूलाई नामबाट सम्बोधित गरिएको रुचाउँछ । कार्यालयमा ए † सुब्वा साहब, खरिदार साहब, भनेर बोलाउँदा सम्बन्धित व्यक्तिमा हिनताबोध महसुस हुनसक्छ । कार्यालय प्रमुखले नामबाट जस्तै राजेन्द्रजी भनेर बोलाइदियो भने उसले आफूलाई सम्मान गरेको महसुस गर्दछ । सानो तहको जागिर खाएकामा आफूलाई पछुतो मान्ने पनि हुन्छन् । परिणामतः संस्थामा नेगेटिभ भाइब्रेसनको सुरुआत हुन्छ ।
नेपालमा अब नेगेटिभ भाइब्रेसनको बारेमा तत्काल अनुसन्धान सुरु नगरिने हो भने वर्तमान निजामती प्रशासन यही रवैयामा चलेमा धरासायी हुने निश्चित छ । यो भाइरसको रूपमा विकसित भइरहेको छ । संस्थाले उपयुक्त वातावरण प्रदान गर्दागर्दै पनि कतिपय कर्मचारी आरिसे गाइवस्तुजस्तै आरिस गर्ने प्रकृतिमा हुन्छन् । त्यस्ता कर्मचारी संस्थाका लागि घातक हुनेहुँदा विशेषज्ञहरू भन्दछन् तिनीहरूलाई हटाइदिनर्ुपर्छ ।
राज्यस्तरबाट निर्वाह गर्नुपर्ने भूमिकाको सम्बन्धमा विभिन्न प्रशासकीय सुधारका लागि भनी आयोगहरू गठन गरिएका हुँदा तिनीहरूलाई लागू गरिएमा राज्यको कारण उत्पन्न नेगेटिभ भाइब्रेसनको कमी हुन जान्छ । तर, नेपालमा नेतृत्ववर्गको कारण उत्पन्न नेगेटिभ भाइब्रेसनको मात्रा अत्यधिक रहेको छ । यसका लागि वरिष्ठ र कनिष्ठ कर्मचारी बीचमा रहेको दूरी कम गर्नेतर्फछलफल गर्नु आवश्यक छ । हाकिमले सम्भव भए हप्तामा एक पटक नत्र सांगठनिक अवस्थाअनुसार १५ दिनमा वा महिनामा एक पटक कनिष्ठ कर्मचारीलाई बोलाएर उनीहरूसँगै बसेर चिया पिउँदै छलफल गरिदिएमा पनि नेगेटिभ भाइब्रेसन पचास प्रतिशतले नियन्त्रण हुन्छ । नियमित छलफल, भेटघाट समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनर्ुपर्छ । नत्र त्यस्ता छलफल गर्नु उल्टो भाइब्रेसन बढाउने हुन जान्छ । अतः निजामती सेवा दिवसको उपलक्ष्यमा नेगेटिभ भाइब्रेसनको बारेमा छलफल चलाउनु नेपालको निजामती प्रशासनका लागि हितकर हुन जान्छ । यसै दिवसमा पनि विभिन्न कार्यक्रहरू गरिँदा नेगेटिभ भाइब्रेसनबाटै सुरुआत गरिन्छ । कमसेकम यसलाई आजैबाट त्याग्ने कि ।


 राजेन्द्रकुमार

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी