© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २०
दीपक ज्ञवाली/राजधानी
बुटवल, २० भदौ
राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको 'प्रचण्ड थैव हत्या प्रकरण' का आरोपी सुजित विकले हत्या स्वीकार गरेका छन् । उनले थैवमाथि आफैले गोली चलाएको पनि प्रहरी बयानमा भनेका छन् ।
अनुसन्धानमा सक्रिय प्रहरी स्रोतका अनुसार उनले हतियार ल्याइदिने, हत्या गर्न सहयोग गर्ने र हत्याका बेला मोटरसाइकलमा सँगै गएका व्यक्तिका सबै विवरण प्रहरीलाई दिएका छन् ।
विकको बयानअनुसार हतियार उपलब्ध गराउन सहयोग गरेको अभियोगमा माओवादीका अवध मधेस राज्य समिति सदस्य तथा रुपन्देही क्षेत्र नम्बर-१, का इन्चार्ज उदय पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
विक पक्राउ परेको चौंथो दिन पुन पक्राउ परेको स्रोतको दाबी छ । उनको बयानका आधारमा प्रहरीले केही व्यक्तिको खोजी गरिरहेको छ ।
विकको बयानका आधारमा प्रहरीले माओवादीका थप चारजना कार्यकर्तामाथि उच्च निगरानी गरिरहेको छ । उनीहरू सबैको मोबाइल केही दिनदेखि 'अफ' रहेको जानकारी पनि प्रहरीले दिएको छ ।
प्रहरीले औपचारिक रूपमा अनुसन्धानको विस्तृत विवरण र्सार्वजनिक गरेको छैन । अनुसन्धान विवरण र्सार्वजनिक गर्ने प्रहरीको तयारी भइरहेका बेला अभियुक्त विकको 'हस्ताक्षर' रहेको पत्र आइतबार र्सार्वजनिक भएको छ । सो पत्रमा उनले प्रहरीले भौतिक र मानसिक यातना दिएर झुटो बयान दिन बाध्य पारेको दाबी गरेका छन् ।
माओवादी रुपन्देहीका सेक्रेटरी यज्ञ शर्माले हिरासतमा रहेका विकलाई भेट्न गएका बेला प्रहरीले पुनलाई पक्राउ गरेको दाबी गरे । पक्राउ परेको धेरै दिनपछि मात्र मानव अधिकारवादीहरूमार्फ आफूले सो घटनाबारे जानकारी पाएको उनले बताए ।
प्रहरी स्रोतले भने विकको बयानका आधारमा अनुसन्धान निकै सकारात्मक बिन्दुमा पुगेको बताएको छ । 'अनुसन्धान सकारात्मक रूपमा अघि बढिरहेको छ, सबै कुरा अहिले नै भन्न मिल्दैन,' रुपन्देही प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले भने ।
एमालेका कार्यकर्ता तथा युथ फोर्सका स्थानीय नेता थैवको करिब डेढ वर्षघि हत्या भएको थियो । हत्यालगत्तै उनका परिवारले सुजितमाथि किटानी जाहेरी दिएका थिए भने हत्याका एक प्रत्यक्षदर्शी थैवका सहकर्मी केशव रोकाले सुजितले नै हत्या गरेको आफ्नै आँखाले देखेको र्सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
विकको पत्र र प्रहरी
हत्या अभियोगमा बुटवल प्रहरीको हिरासतमा रहेका सुजित विकले बाहिर पठाएको उनकै हस्ताक्षर रहेको भनिएको 'अव्यवस्थित पत्र'मा आफूलाई मानसिक र भौतिक दुवै यातना दिएर गलत बयानमा सही गर्न र हातको ल्याप्चे लगाउन दबाब दिइएको दाबी गरिएको छ ।
'जबसम्म हत्या स्वीकार गर्दैन तबसम्म खान र सुत्न नदिइ जबर्जस्ती आफ्नै खुसीले कागज बनाएर मेरो साथी उदय पुनलाई सुजितले हतियार राख्न दिएको छ भनेर बोल्न प्रेसर गरी गलत बयानमा थुनियो,' त्यस्तो पत्रमा लेखिएको छ, 'मलाई सरकारी वकिल कहाँ बयान गराउने भन्ने थियो तर सरकारी वकिल नचिनाईकन त्यही रिपोर्टलाई सरकारी वकिलकहाँ बयान गरेको भन्ने बनाइयो ।'
आफूलाई यातना दिइ गराइएको बयानमा कुनै सत्यता नभएको र प्रहरीले आफूले सत्यता पत्ता लगाउन नसकेर जबर्जस्ती अपराधी बनाउन खोजेको पत्रमा लेखिएको छ । मानव अधिकारवादी र सञ्चार्रर्कीहरूलाई सम्बोधन गरिएको त्यस्तो पत्र काठमाडौंबाट प्रकाशित हुने एक साप्ताहिक म्यागेजिनको पानामा दुवैतिर लेखिएको छ ।
तर, त्यस्तो चिट कपोलकल्पित र नाटकीय रहेको प्रहरीको प्रतिक्रिया छ । एसपी शेरबहादुर बस्नेतले त्यसबारे भने, 'उनले सबै सत्य बयान दिएका छन्, जो हामीले हुबहु र्सार्वजनिक गर्नेछौं । उनलाई प्रहरीले कुनै किसिमको यातना दिएको छैन । बरु उनले अनुसन्धानमा सहयोग गरेका छन् ।'
Comments0
Leave Comments