२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

माओवादी सभासद्लाई र्सवस्वसहित जन्मकैद

डिल्ली आचार्य/राजधानी
काठमाडांै, २० भदौ
सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा माओवादी सभासद् बालकृष्ण ढंुगेललाई र्सवस्वसहित जन्मकैद हुने फैसला गरेको छ ।
करिब १२ वर्षघिको एक अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सभासद् ढुंगेलमाथि सो सजाय सुनाएको हो ।
ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्वनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनीमाथि त्यस्तो सजाय सुनाइएको हो । श्रेष्ठको १० असार २०६५ मा हत्या भएको थियो ।
श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा सभासद् ढुंगेललाई ओखलढुंगा जिल्ला अदालतले ११ असार २०६३ मा र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतले फैसला गर्दा उनी भूमिगत थिए ।
जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत राजविराज गएका सभासद् ढुंगेललाई पुनरावेदनले भने सफाइ दिएको थियो । पुनरावेदनको फैसलाउपर मृतक श्रेष्ठका दाजुले सर्वोच्चमा दिएको पुनरावेदनमा सर्वोच्चले गत १९ पुस २०६६ मा जिल्ला अदालतको फैसला सदर हुने फैसला गरेको हो ।
पुनरावेदन अदालत राजविराजमा मुद्दा विचाराधीन रहेकै बेला माओवादीले उनलाई ओखलढुंगा-२, बाट संविधानसभा सदस्यका लागि उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा उनले एमालेका किशोर अधिकारीलाई एक हजार पाँच सय मत अन्तरले पराजित गरेका थिए । ढुंगेलले संविधानसभा निर्वाचनमा ओखलढुंगा-२, बाट प्रत्यक्षतर्फजितेका थिए । ओखलढुंगा पोकली-२, स्थायी घर भएका सभासद् ढुंगेल माओवादी किरात राज्य समितिका सदस्यसमेत हुन् । र्
र्सवस्वसहित जन्मकैदको फैसला भएको आठ महिनासम्म पनि माओवादीले यो घटनालाई गोप्य राख्दै आएको थियो ।
तर, सर्वोच्चले फैसलाको पर्ूण्ा पाठ तयार गरेपछि यो घटना र्सार्वजनिक भएको हो ।
अदालतको यो फैसला कार्यान्वयनका लागि अब उनलाई पक्राउ गरी जेल पठाउनुपर्ने हुन्छ । सभासद् नभएकै अवस्थामा हत्या भए पनि अदालतले दोषी ठहर गरिसकेको अवस्थामा उनी सभासद् पदमा रही रहन नमिल्ने कानुन व्यवसायीहरूले बताएका छन् ।
सभासद् पद कायम रहन उनलाई राष्ट्रपतिले आममाफी दिएर मात्र बचाउन सक्ने कानुन व्यवसायीको दाबी छ ।
माओवादी युद्ध सुरु भएपछि भूमिगत भएका ढुंगेलले यसअघि नौ वर्षजेल जीवन बिताइसकेका छन् । २०२६ सालमा जन्मिएका उनी २५ वर्षेखि सक्रिय राजनीतिमा छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी