२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

गठबन्धनबाट फोरम अलगियो

राजधानी समाचारदाता
काठमाडौं, २० भदौ
प्रधानमन्त्री निर्वाचनमा स्वतन्त्र निर्ण्र्ाागर्न पाउनुपर्ने अडान राख्दै मधेसी जनअधिकार फोरमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चास“ग निर्वाचन गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।
तर, मधेसी मुद्दामा भने मोर्चासँगै सहकार्य जारी रहने फोरमको धारणा छ । 'मुलुकलाई अनिर्ण्र्ााो बन्दी हुनबाट रोक्न सकभर मोर्चालाई नै सहमत गराउन प्रयास गरियो,' फोरम अध्यक्ष यादवले निर्वाचन सम्पन्नपछि संविधानसभा भवनबाहिर सञ्चारकर्मीसँग भने, 'तर, सम्भव नभएपछि स्वतन्त्र निर्ण्र्ाागर्न बाध्य भयौं ।' उनले प्रधानमन्त्री निर्वाचनमा भने मोर्चाभित्रका घटक दल स्वतन्त्र हुनसक्ने धारणा व्यक्त गरे ।
मंगलबारको निर्वाचनमा भने फोरमले मत दिँदा जसको निर्ण्ाायक हुन्छ, त्यही उम्मेदवारलाई मत दिने उनले प्रस्टयाए । पटक-पटकको तटस्थताले मुलुक गम्भीर स्थितिमा पुगेकोले सिंगो मोर्चालाई नै तटस्थ तोड्न आग्रह गरे पनि नमानेकाले आङ्खनो दल स्वतन्त्र निर्ण्र्ााा पुगेको यादवको कथन छ । 'प्रधानमन्त्री निर्वाचनसम्म मोर्चासँग दृष्टिकोण नमिल्न सक्छ तर समग्र मधेस मुद्दाका सवालमा हामी सँगै हुनेछौं,' यादवले भने ।
मोर्चासम्बद्ध अन्य घटकले पनि प्रधानमन्त्री निर्वाचनमा फोरमले स्वतन्त्र निर्ण्र्ाालिए पनि विभाजित नभएको दावी गरे । मोर्चामा फोरम लोकतान्त्रिक, फोरम, तमलोपा र सद्भावना गरी चार दल छन् । चारै दल यसअघिका निर्वाचनमा तटस्थ बस्दै आएका थिए ।
निर्वाचनअघि सिंहदरबारस्थित तमलोपाको संसदीय कार्यालयमा बसेको मोर्चा बैठकमा गम्भीर विवाद भएको थियो । बैठक स्रोतका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवले मोर्चाले अब तटस्थता तोड्नुपर्ने अडान लिएका थिए ।
विवाद चुलिएपछि यादवले निर्वाचनमा फोरमले स्वतन्त्र निर्ण्र्ाालिने भन्दै बैठकबाट बाहिरिएका थिए । लगत्तै फोरम संसदीय कार्यालयमा बसेको दलको बैठकले निर्ण्ाायक स्थिति आए माओवादीलाई मतदान गर्ने, नत्र 'नो भोट' गर्ने निर्ण्र्ाागरी फोरमका सबै सभासद् संविधानसभा भवन नयाँ बानेश्वर पुगेका थिए । कसैको बहुमत आउने स्थिति नदेखेकाले निर्वाचन बहिष्कार गरिएको फोरम नेता अभिषेकप्रताप शाहले राजधानीसँग बताए ।
यता, मोर्चाका अन्य दलले भने फोरमले प्रधानमन्त्रीय निर्वाचनमा अनुपस्थितिमात्र जनाएको र आफूहरूले पनि तटस्थ मत गरेकाले कुनै उम्मेदवारलाई मत नदिनु र तटस्थ बस्नुमा खासै अन्तर नभएको बताए ।
'दृष्टिकोणमा पनि खासै अन्तर छैन, उहाँहरूले बहिष्कार गर्नुभएको पनि होइन, अनुपस्थिति मात्र हो,' तमलोपाका हृदयश त्रिपाठीले राजधानीसँग भने । उनले फोरमले बहिष्कार गरेको मान्न नमिल्ने दावी पनि गरे । सभामुखलाई निर्वाचनमा भाग नलिने औपचारिक जानकारी नदिएसम्म बहिष्कार मान्न नमिल्ने संसदीय व्यवस्था रहेको त्रिपाठीले जनाए । फोरमको अनुपस्थितिले मोर्चा विभाजनको अर्थ लगाउन नमिल्ने उनको कथन थियो ।
फोरम लोकतान्त्रिकका रामजनम चौधरीले फोरमले मोर्चा बैठकमै निर्वाचनमा आङ्खनो दलले स्वतन्त्र निर्ण्र्ाालिन पाउनुपर्ने भन्दै जानकारी दिएरै फरक दृष्टिकोण प्रस्तुत गरेकाले मोर्चा विभाजन नभएको बताए ।
'उहाँहरू मोर्चाबाट अलग हुनु भएको होइन, निर्वाचनमा स्वतन्त्र मत व्यक्त गर्नुभएको हो,' चौधरीले भने । सकभर फोरमलाई पनि मोर्चासँगै रहन प्रयास गर्ने तर मोर्चाबाटै अलग हुनेगरी फोरम जान्छ भन्ने आङ्खनो दललाई कुनै आपत्ति नरहेको उनले बताए ।
'प्रधानमन्त्री निर्वाचनका बेला मोर्चा बनेको भन्ने गलत हो,' मधेस आन्दोलनदेखि नै मोर्चा निर्माण भएकाले मधेस मुद्दाबारे फोरम अलग हुन सक्दैन,' चौधरीको कथन थियो ।
त्रिपाठी र चौधरीले मोर्चाको आधारपत्रमा माओवादी कांग्रेसले स्पष्ट शब्दमा सहमति नजनाए मंगलबारको निर्वाचनमा पनि तटस्थ बस्नसक्ने सम्भावना रहेको बताए ।
मोर्चाको निर्ण्र्ाानुरूप फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना पार्टर्ीील्ने नेताद्वयको धारणा छ । 'हामीले प्रतिबद्धताका निम्ति तयार गरेको आधारपत्रमा सहमत नभए फेरि तटस्थ बस्न सक्छौं,' चौधरीले बताए ।
फोरमले भने मोर्चा र एमालेलाई तटस्थ बस्ने निर्ण्र्ाातोड्न दबाब दिने रणनीति लिएको छ । 'तटस्थता र संविधानसभा भंग गर्ने षड्यन्त्रविरुद्ध चुनौती दिन हामीले चुनाव बहिष्कार गरेका हौं,' फोरम नेता शाहले भने । मोर्चामा कुल ८२ मध्ये फोरमका
२५ सभासद् छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी