२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

काम ठप्प पार्ने चेतावनी

राजधानी संवाददाता
चितवन, २० भदौ
डीजी पोल्ट्री र्फममा कार्यरत मजदुरले आफ्ना माग पूरा नभए काम ठप्प पार्ने चेतावनी दिएका छन् । पोल्ट्रीमा कार्यरत एकीकृत माओवादी निकटको मजदुर संगठन अखिल नेपाल औद्योगिक मजदुर संघले आफ्ना माग पूरा नभए काम ठप्प पार्ने चेतावनी दिएको हो ।
अखिल नेपाल औद्योगिक मजदुर संघ डीजी पोल्ट्री एकाइले आफ्ना माग पूरा नभए कडा संर्घष्ाका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।
संघका अध्यक्ष मनोज शर्ेपाले र्फमको व्यवस्थापन पक्षले मजदुरहरूमाथि षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले भने, 'हामीमाथि षड्यन्त्र भइरहेको छ, व्यवस्थापनको षड्यन्त्र बुझेर नै हामी एकजुट भएका हौं ।'
उनीहरूले र्फममा कार्यरत मजदुरलाई निष्कासन गर्ने षड्यन्त्र बन्द गर्नुपर्ने, बढ्दो महँगीका आधारमा कर्मचारीको न्यूनतम तलब रुपैयाँ सात हजार पाँच सय कायम गरिनुपर्ने, सबै मजदुरलाई स्थायी नियुक्ति दिनुपर्नेलयागतका मागहरू पेस गरेका छन् । मजदुरहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
र्फमका सञ्चालक विद्याभूषण ढुंगेलले भने मजदुरहरूको माग पूरा गर्न आफूहरू सधैं तयार रहेको बताए । उनले श्रम ऐन र पोल्ट्री व्यवसायीले बनाएको मापदण्डभित्र रहेर आफूहरू तलब तथा अन्य सुविधाहरू दिन तयार रहेको भए पनि मजदुरहरूले अनावश्यक आन्दोलन गरेको टिप्पणी गरे ।
'हामी सबै कुरा मान्न तयार छौं ऐन नियमको परिधिभित्र बसेर उनीहरूको माग पूरा गछौर्ं भन्दा पनि मान्दैनन्,' उनले भने, 'उनीहरू अराजकता मच्चाएर र्फम बन्द गराउन चाहान्छन् ।'
चितवन पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष टीका पोखरेलेले पोल्ट्री व्यवसाय अत्यन्तै संवेदनशील व्यवसाय भएकाले हडतालजस्ता कार्यहरू नगर्न आग्रह गरे । उनले मजदुरहरूले एकपछि अर्को माग अगाडि सारेकाले समस्या आएको बताए ।
पोल्ट्रीमा आफू निकटका मजदुरले राखेको माग र आन्दोलनप्रति माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भने असन्तुष्टि व्यक्त गरेको छ ।
उसले डीजी पोल्ट्रीमा भएको औद्योगिक मजदुर संघ आधिकारिकसमेत नभएको र उनीहरूले गरेका गतिविधिसमेत आधिकारिक नभएको बताएको छ । महासंघका चितवन जिल्ला अध्यक्ष अनक मगरले मजदुरले माग राख्ने कुरा जायज भए पनि प्रक्रियागत ढंगले त्यहाँ गरेको आन्दोलन जायज नभएको बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी