© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २०
राजधानी संवाददाता
बुटवल, २० भदौ
बुटवल औद्योगिक क्षेत्रभित्र करोडौं रुपैयाँमा सञ्चालित उद्योगले बैंकमा धितो राखेर रकम पाउन सकेका छैनन् ।
धितो राखेर रकम नपाएपछि सञ्चालित उद्योगको लगानी सुरक्षित गर्न उनीहरूले सरकारसँग माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगलाई धितोस्वरूप स्वीकार नगर्दा लगानीमा समस्या आएको उनीहरूको भनाइ छ । औद्योगिक क्षेत्रमा रहेका विभिन्न ६९ ओटा उद्योगमा दर्ुइ सय ७० करोड लगानी छ ।
बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभाव भएको तर दर्ुइ सय ४० उद्योगीले औद्योगिक क्षेत्रभित्र जग्गा माग गरी दिएको निवेदन अलपत्र परेको पनि व्यवसायीहरूले बताएका छन् । ४चारसय ३४ रोपनी जग्गामा रहेको बुटवल औद्योगिक क्षेत्रमा ७४ उद्योग दर्ता भएका छन् ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको १०औं वाषिर्क साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्ने उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापनको र भवन तथा मेसिनरी उपकरण उद्योगीको भएकोले वित्तीय संस्थाबाट ऋण लगानी नहु“दा चालू पु“जीको अभावले औद्योगिक विकासमा अवरोध भएको बताए ।
उनीहरूले औद्योगिक क्षेत्रमा चार उद्योग बन्द भइसकेको पनि बताए । यस्तै क्रम जारी रहे थप अरू उद्योग बन्द हुन सक्ने व्यवसायीहरू बताउँछन् । बन्द रहेका उद्योगमा बुटवल धागो कारखाना, हिमांशु प्लास्टिक इन्डस्टि्रज, जेके सल्फोनर्ेर्टस र सिद्धबाबा केबल इन्डस्टि्रज रहेका छन् ।
Comments0
Leave Comments