© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २०
भोलि भदौ २२ गतेको निजामती सेवा दिवसको पर्ूवसन्ध्यामा जागिरका केही प्रतिनिधि भोगाइहरू लेख्दै छु । त्यसबखत म सामान्य प्रशासन मन्त्रालयको शाखा अधिकृत थिएँ । विमलराज बस्नेत मन्त्रालयको सचिव हुनुहुन्थ्यो । कृषि मन्त्रालयले तर्राईका केही जिल्लामा लागू गरेको 'ब्लक कार्यक्रम'को निरीक्षण गरी थप दरबन्दी दिनुपर्ने नपर्ने यकिन गर्ने निर्ण्र्ााभयो । कृषि मन्त्रालयका उच्च पदाधिकारीहरू मोटर लिएर सामान्य प्रशासनमा आए । तत् मन्त्रालयको तर्फाट सचिव बस्नेत र म निरीक्षणमा सहभागी भयौं ।
मोटर काठमाडांैबाट हानिएर मुग्लिनमा पुगेर रोकियो । सबैले खाजास्वरूप मासुचिउरा खायांै र चिया पियौं । कृषि मन्त्रालयका सहसचिवले सबैको खाजा खर्च तिर्न खोज्नुभयो । तर, सचिव बस्नेत यसरी कड्किनुभयो कि सबै डरले थर्कमान भए । सबै कर्मचारी भएको, सबैले भ्रमण खर्च पेस्की लिएको हुँदा कसैले कसैका लागि रकम तिर्न नमिल्ने, आफूले खाएको आफंैले तिर्नुपर्ने नियम उहाँले सुनाउनुभयो । लुरुलुरु सबैले उहाँको आदेशको पालना गरे । पाँचदिने कार्यक्रममा यो नियम पूरै पालना भयो । पश्चिमेली शैलीमा 'इटिङ टुगेदर पेइङ इन्डिभिजुयल'को अवधारणा लागू गरियो । आज महसुस भइरहेको छ, सचिव बस्नेतबाट करिब २०४१ सालतिर सिकेको यो व्यवहार आमरूपमा प्रचलनमा ल्याउनुपर्ने विषय रहेछ ।
अर्को प्रसंग भूमिसुधार मन्त्रालयसँग सम्बन्धित छ । म सहायक सचिव थिएँ । कुरा २०४९ सालतिरको हो । यसैबीच, म उपसचिव भएँ । त्यस मन्त्रालयमा अर्का एकजना र म गरी दर्ुइजना उपसचिव थियौं । प्रसंग तक्मा कसलाई दिने भन्ने उठयो । उनी २०३४ सालतिर उपसचिव भएका रहेछन् र म २०५० सालमा । उनी उपसचिव हुँदा म एसएलसी गर्दै रहेछु । मैले उनको नाम प्रस्ताव गरे । सचिव शरद भट्टर्राईले मेरो नाम प्रस्ताव गर्नुभयो । म प्रशासन हर्ेर्ने उपसचिव थिएँ । केही दिनपछि सहसचिव हेममेहर श्रेष्ठकहाँ गएर भने, 'म ठिटै छु, अर्को वर्षतक्मा लिउँला, यो वर्षउनलाई तक्मा दिऊँ' भनेर आग्रह गरें । उहाँ राजी हुुनुभयो । तक्माको सिफारिस गर्ने फारम लिएर हामी सचिव भट्टर्राईकहाँ गयौं । तर, हाम्रो प्रस्तावलाई सचिव भट्टर्राईले ठाडै इन्कार गर्नुभयो । उहाँको तर्क थियो, 'उमेर हेरेर तक्मा दिने कि काम हेरेर -' यथार्थमा ती उपसचिव इमानदार त थिए, तर बेसरी काम गर्दैनथे । म काममा गोरुझैं जोतिन्थे । आज म आफैं सचिव भएर सोच्दा तत्कालीन सचिव भट्टर्राई शतप्रतिशत ठीक रहेछन् भन्ने अनुभूति भइरहेछ । हामी काम गर्ने र नगर्ने दुवैथरीका कर्मचारीलाई कार्य सम्पादन मूल्यांकनमा बराबरी अंक दिन्छौ । पुरस्कार दिन परे कामलाई भन्दा मोटोपन वा बुढोपनलाई छान्छौं । यी सबै अयोग्य कामबाट प्रशासनयन्त्र दर्ुगतितिर लाग्नुमा के आर्श्चर्य भयो र -
घरेलु शिल्पकला बिक्री भण्डारको अर्कै रमाइलो प्रसंग छ । म लिक्विडेटर नियुक्ति भएँ । बेस्सरी काम गरे । त्यहाँका पर्ूवमहाप्रबन्धकलगायतले खुबै सघाए । करिब डेढ वर्षा लिक्विडेसनको काम पूरा गरें । मसँगै नियुक्त भएका अन्य संस्थानका लिक्विडेटरले कामको छेउ पनि लगाएका थिएनन् । यसैबीच, काम सम्पन्न भएकोमा मैले नाक फुलाएर कुरा गरें । तत्कालै एकजना उच्चपदस्थ कर्मचारीले भने, 'तपार्इं कस्तो मर्ूख, किन छिट्टै काम सिध्याएको - अरूले काम नसिध्याएर मासिक लिक्विडेटरको सुविधा खाई-पाई आएका छन् । तपाईंलाई सचिव मन्त्रीले सुविधा खान पो लिक्विडेटर नियुक्ति गरेको हो, काम फत्ते गरेर सुविधाबाट वञ्चित हुन हो र -' म अवाक भएँ । तर, अहिले विश्लेषण गर्दा यस्तै लोभीपापीहरूको जमातका कारण नै समग्र निजामती सेवाको बदनामी भइरहेको छ । मलाई गर्व छ, सम्भवतः सरकारी कर्मचारीलाई नै लिक्विडेटर तोकिएको मध्ये लिक्विडेटरको काम फत्ते गर्ने म नै पहिलो व्यक्ति हुँ ।
वाणिज्य विभागको महानिर्देशक हुँदा मेरो नेतृत्वमा विभागमा राम्रो सुधार गरियो । सो विभाग तत्-बखत सरकारको नमुना कार्यालय भयो । नागरिक बडापत्रको व्यावहारिक सफल कार्यान्वयन त्यही विभागबाट प्रारम्भ भएको हो भन्दा गल्ती नहोला । तत्कालीन मुख्य-सचिव डा. विमल कोइरालालाई मेरो सुधार जँचेको रहेछ । उहाँले सचिवहरूको गोष्ठी आयोजना गरी मलाई कार्यपत्र प्रस्तुत गर्न लगाउनुभयो । वाणिज्य विभागले दर्ुइघन्टे सेवा प्रारम्भ गरेको थियो । दैनिक सत्वचन टाँसिन्थ्यो । हेल्प डेक्समा एकद्वार पद्धतिअनुसार सबै सेवा प्रवाह हुन्थ्यो । महानिर्देशकले पनि व्यक्तिगत काममा फोन गर्नुपर्दा दर्ुइ रुपैयाँको सिक्के टेलिफोन प्रयोग गर्नुपर्दथ्यो । त्यस विभागमा कर्मचारीहरू भेला भई सामूहिक रूपमा निर्ण्र्ाागर्ने र सामूहिक रूपमा जिम्मेवारी वहन गर्ने व्यवस्था मिलाइएको थियो । कुनै कर्मचारी बाहिर गए, तत्कालै उनको सट्टामा अर्को कर्मचारीको व्यवस्था हुन्थ्यो । सेवाग्राहीहरूले मुग्ध कण्ठले विभागको तारिफ गर्थे । यी सबै कुरा सुनेर तत्कालीन सचिवहरू 'ट्वाँ' परेका थिए । धेरै सचिवले राम्रो कामबापत मलाई स्याबासी दिए । केहीले पछाडि 'नेतागिरी', 'प्रचारमुखी' र 'ढोंगी' भनी टिप्पणी गर्न पनि भ्याए । त्यस बखतको वाणिज्य विभागकै ढाँचाको सुधार नेपालभरिका सरकारी कार्यालयमा लागू गर्न मात्रै सके पनि सुशासनको स्तर अहिलको भन्दा दसौंगुणा बढी हुन्थ्यो भन्ने अनुभूति गरिरहेको छु ।
एउटा प्रसंग भन्सार विभागको महानिर्देशक हुँदाको छ, एक दिन म मन्त्रिपरिषद् सचिवालयमा आएको थिए । मुख्य-सचिव बाहिरिनुभएको रहेछ । एक झुन्ड सचिवहरू गफ गरेर बसिरहनुभएको रहेछ । मैले सबैलाई अभिवादन गरें । एउटा सचिवले व्यंग्य गर्नुभयो, 'बास्कोटाजी आज कुन पत्रिकामा तपाईंको अन्तर्वार्ता छ -' यसको जवाफ दिन नभ्याउँदै अर्कोले थप्नुभयो, 'तपाईं महानिर्देशक भएपछि सातौं वर्षा पहिलो पटक भन्सारको लक्ष्यअनुसार असुली भएछ, तपार्इंलाई नै सचिव बनाउन पाए समग्र राष्ट्रकै लक्ष्यअनुसार असुली हुन्थ्यो होला ।' उहाँले मलाई चुनौती दिँदै यो कुरा भन्नुभएको थियो । आज म मुलुकको राजस्व सचिव छु । म आर्थिक वर्ष२०६४/६५ मा कायममुकायम सचिव भएको हुँ । सो पर्ूवआर्थिक वर्ष२०६३/६४ मा राजस्व असुलीको राष्ट्रिय लक्ष्य पूरा भएको थियो । त्यसपछिका सबै वर्षा सानदारले राजस्व असुलीको राष्ट्रिय लक्ष्य पूरा भएको छ । यस्तो अनुभूति गरिरहेको छु कि ती चुनौती दिने सचिवले सत्य कुरा बोल्नुभएको रहेछ ।
हालसालै एउटा घटना घटयो । म सामान्यतः ८ बजे कार्यालय आउने र बेलुकी ७/८ बजे मात्रै घर फर्किन थालेको, कार्यालय समयमा घरायसी काममा ननिस्किएको, भैपरी र पर्व दिन नलिएको करिब १३ वर्षभयो । सह-सचिव भएयता मेरो सम्झनाअनुसार मेरी आमा स्वर्गारोहण हुँदा १५ दिन क्रिया बिदा लिएबाहेक सामान्यतः अरू बिदा लिएको छैन । प्रत्येक महिना आमाको मासिक श्राद्धसम्बन्धी पूजाआजा करिब बिहान ७ बजेभित्रै सिध्याउथें । मेरा दर्ुइओटा छोराछोरी प्रसूति गृहमा जन्मिएका हुन् । तत्बखत म कार्यरत कार्यालयका साथीहरूले यो कुराको भेउ नै पाएनन् । अर्थात् आफूले गर्नुपर्ने पारिवारिक कर्तव्य पूरा गरेर म आफू नियमित रूपमा पुग्नुपर्ने समयमा कार्यालय पुगिसक्थें । प्रसंग हालै घटेको घटनाको उठाउँदै थिए । नेपाल बन्दको दिन थियो । दिउँसो मुख्य-सचिव कहाँ गएँ । त्यहाँ सचिवहरू भेला हुनुभएको रहेछ । अभिवादनको आदानप्रदान भयो । एकजना सचिवले कसरी अफिस
आउनुभयो - भनी सोध्नुभयो । मैले मोटरमै आएको जवाफ दिएँ । अर्का सचिवले स्वाभाविक र स्वस्फूर्त ढंगले 'बास्कोटाजी हामी सुतिरहँदा उहाँ पत्रिकाका लागि लेख लेखिरहनुहुन्छ र हामी उठ्दा नउठ्दै उहाँ कार्यालय आइपुगिसक्नुहुन्छ' भनी प्रतिक्रिया व्यक्त गर्नुभयो । आज मलाई तिनै सचिवले भन्नुभएको वचन बाँकी चारबर्सर्ेेचिवको पदावधिमा पनि पूरा गर्न सकूँ भनी आफूैसँग प्रतिबद्धता व्यक्त गर्दै र जनताप्रति समर्पित हुँदै काम गरिरहेको अनुभूति गरिरहेको छु ।
-लेखक अर्थ मन्त्रालयका राजस्व सचिव हुन् ।)
Comments0
Leave Comments