२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

हाम्रो कूटनीति कस्तो हुनर्ुपर्छ -

सरकारप्रति आमनागरिकहरूबाट दसाइने आस्था, भरोसा र विश्वास नै शासन सञ्चालनको प्रमुख आधार हो । ऐन, कानुन र संविधानका प्रावधानहरूले नागरिकहरूको त्यही आस्था, भरोसा, विचार र विश्वासको भावनालाई वैधानिकताको रूप दिने हो । आफूलाई शासन गर्नका लागि आफूमध्येबाटै आपmना प्रतिनिधिहरूको चयन गर्ने, आवश्यकताअनुसार सरकार रोज्ने, उचित र आवश्यक कानुनको माग गर्न सक्ने, राज्यका तर्फाट हुन सक्ने अवाञ्छित र प्रतिकूल कामकारबाहीलाई इन्कार गर्न सक्ने, प्रतिरोध गर्न सक्ने, व्रि्रोह गर्न सक्ने र राज्य सञ्चालनका सबै संयन्त्रहरूमा आपmनो र्सार्थक उपस्थिति जनाउन सक्ने वैधानिक अधिकार र सामर्थ्य राख्ने भएकाले नै लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकहरूलाई र्सवाधिक शक्तिशाली र र्सार्वभौमसत्ता सम्पन्न भनिन्छ र यसको अभ्यास पनि विधिले व्यवस्था गरेअनुरूप गरिन्छ । त्यसैले, लोकतन्त्रमा सरकारकाप्रति नागरिकहरूको विश्वास निरन्तर रूपले अपरिहार्यर् हुन्छ ।
सरकारले न्ाागरिकहरूबाट निरन्तरको आस्था र विश्वास आर्जन गर्न यसले केही स्वाभाविक चरित्र र विशेषताहरू ब्ाोकेको हुनर्ुपर्छ र जुन सरकारका दिनानुदिनका व्यवहार र क्रियाकलापमा पनि देखिनर्ुपर्छ । राष्ट्रिय अखण्डताको रक्षा गर्ने, राष्ट्रिय स्वाधीनताको जगर्ेना गर्ने, राष्ट्रिय स्वतन्त्रताको अभ्यास गर्ने र नागरिकहरूलाई स्वाभिमानका साथ सुरक्षित भएर बाँच्न पाउने अधिकारको प्रत्याभूत गर्दै शान्ति, स्थिरता र विकासलाई निरन्तरता दिनु सरकारको र्सवाधिक महत्त्वको प्राथमिक कर्तव्य हो । यही कर्तव्यको निर्वाहमा देखिने इमानदारिता, सक्रियता र प्रभावकारितामा नै सरकारको सफलता र लोकप्रियताको मापन गरिन्छ । जनताप्रतिको जवाफदेही र उत्तरदायी सरकारले जनताको यो विश्वासलाई हमेसा उच्च महत्त्व दिँदै आपmना काम-कारबाहीलाई तदनुकूल नै समय-समयमा समीक्षा गर्ने गरेको पाइन्छ ।
ब्ाढ्दो विश्वव्यापीकरण र विश्व अर्न्तर्सम्बन्धका कारण सरकारका कामकारबाहीहरू अब एउटा देशभित्र मात्रै सीमित र प्रभावी हँुदैनन् । यसका असर र प्रभावहरू देशको भूगोलभन्दा बाहिर पनि हुन्छ । सरकारको जवाफदेहिता अब देश र देशवासीसँग मात्र नभई अन्तर्रर्ााटय जगत् र छिमेकी राष्ट्र्रहरूसँग पनि जोडिन्ो हँुदा अन्तर्रर्ााट्रय सम्बन्धका आधार र प्रक्रियाहरू पनि अन्तर्रर्ााट्रय कानुनद्वारा नै निर्धारण र व्यवस्थित गरिएको हुन्छ ।
देश सानो होस या ठूलो, धनी होस या गरिब, विश्व समुदायमा सबै सदस्य राष्ट्र्रहरू एक-अर्काबीच पारस्परिक र्सार्वभौमिक समानताका आधारमा मैत्री व्यवहार गर्दछन् । देशको भूराजनीतिक अवस्था, राजनीतिक पद्धति, देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था, वैदेशिक सहायताको आवश्यकता र त्यसमाथिको निर्भरता, राष्ट्रिय स्वार्थको पहिचान र त्यसैका आधारमा सम्बन्धित देशले अख्तियार गरेको विदेश नीतिजस्ता कुराहरूको आधारमा कुनै पनि देशको परराष्ट्र्र नीति तय गरिएको हुन्छ । नेपालको परराष्ट्र्र नीतिका सर्न्दर्भमा पनि यिनै आधारहरू विगत धेरै वर्षेखि निर्ण्ाायक मानिँदै आएका छन् । नेपालको भूपरिवेष्ठित र चीन र भारतजस्ता दर्ुइ ठूला छिमेकी राष्ट्र्रहरूबीचको अवस्थितिले पनि नेपालको विदेश नीतिलाई थप विशिष्टीकृत, जटिल, भिन्न र संवेदनशील बनाएको छ ।
सरकार सुशासनका माध्यमले आन्तरिक रूपमा बलियो र लोकप्रिय हुन सक्छ भने कुशल र असल कूटनीतिका माध्यमले अन्तर्रर्ााट्रय सम्बन्धलाई बढी मजबुत बनाउँदै आपmनो राष्ट्रिय स्वार्थलाई पर््रवर्द्धन गर्न सक्छ । अन्तर्रर्ााट्रय पहिचानका लागि सरकारको विदेश नीतिले ठूलो भूमिका निर्वाह गर्ने गर्दछ । आपmनो सरकारले कुशल कूटनीतिका माध्यमले अन्तर्रर्ााट्रय जगत्मा आपmनो देशको सानदार उपस्थिति देखाओस्, निर्ण्ाायक भूमिका खेलोस्, र्सार्थक अस्तित्वबोध गराउन सकोस् र नागरिकहरू विश्वको जुनसुकै मुलुकमा गए पनि आपmनो राष्ट्रिय पहिचान सम्मानित र मर्यादित भएको महसुस गर्न सकून् भन्ने हरेक नागरिकको सदिच्छा हुन्छ । यसका लागि सरकार, सरकारको विदेश नीतिका सञ्चालकहरू र विदेशस्थित नियोगहरूमा कार्यरत कूटनीतिक जनशक्तिको ज्ञान, विवेक, क्षमता, दृढता, मनोबल र राष्ट्र्रभक्तिको भावले ठूलो भूमिका खेल्छ ।
विगत केही वर्षेखि नेपालको विदेश नीति सञ्चालनका आधारहरू र कूटनीतिक क्षमताकोे प्रयोग र प्रयास ज्यादै फितलो रूपमा अभ्यास भइरहेको देखिन्छ । देशको परराष्ट्र नीति सञ्चालनकोे सर्न्दर्भमा यो ज्यादै नाजुक अवस्था हो र यसले हरेक स्वाभिमानी नेपाली नागरिकहरूलाई निकै दुखित र चिन्तित बनाएको अवस्था पनि हो ।
देशको आन्तरिक राजनीतिमा विदेशीको चलखेल अतिसयोक्तिपर्ूण्ा र अस्वाभाविक छ । ठाउँ/कुठाउँ, माग्दा/नमाग्दा, आवश्यक हुँदा/नहुदा, विदेशीको सल्लाह, अर्ती, उपदेश हस्तक्षेपकारी भूमिकामा आउँछन्, राष्ट्रका अति आस्थावान्, संवेदनशील र मर्यादित संस्थाहरूलाई पनि अत्यन्त कमजोर, हलुका र फितलो बनाइएका छन् । राष्ट्र्रका अहं सवालहरूका निर्ण्ाायक क्षणहरूमा राजनीतिक दल र तिनका नेतृत्वहरूसँग हुने विदेशी नियोगका प्रतिनिधिहरूका पटक-पटकका संवाद र भेटघाटहरू अत्यन्त लज्जास्पद र शंकास्पद छन् । राज्यको नीतिसँग मेल नखाने र आफूखुसी वितरण गरिने वैदेशिक सहायताहरूले देशलाई आर्थिक रूपले दिन-प्रतिदिन पराश्रति र परावलम्बी बनाउँदै क्रमशः पराधीनतातिर पुर्‍याउँदै लगेको छ । यो प्रवृत्तिको निरन्तरताले नागरिक र राज्य व्यवस्थाप्रतिको विश्वास र बफादारितामा कमी ल्याउनुका साथै राज्यव्यवस्थामा अव्यवस्था र अस्तव्यस्तामा बढोत्तरी ल्याउँछ । अपराधिकता, दण्डहीनता, उच्छृंखलता र नागरिकमा निराशाका साथै विदेश पलायनको अवस्था पनि यिनै परिस्थितिका उपज हुन् ।
हाम्रो देशका आन्तरिक राजनीतिमा विदेशीको अस्वाभाविक गतिविधि, भूमिका र चलखेल बढ्नुमा विदेशीको हेपाहा प्रवृत्ति जति दोषी छ त्योभन्दा बढी  हाम्रो आपmनै  सोच, शैली, मानसिकता र मनोवृत्ति दोषी छ । आफैंले समाधान गर्न सक्ने आन्तरिक विषयमा पनि विदेशीको साथ खोज्ने, उनीहरूको साथ र र्समर्थनमा आफूलाई बलियो ठान्ने, उनीहरूको अर्ती-उपदेशलाई मार्गदर्शन सम्झने, उनीहरूको सल्लाहलाई गुरुमन्त्र सम्झने र आपmना आन्तरिक सबै गुहय कुराहरू उनीहरूलाई प्ास्कने प्रवृत्तिले हाम्रो आन्तरिक मामिलामा विदेशीलाई बढी अग्रसर हुने र चलखेल गर्न प्रेरित गरेको छ ।
द्वन्द्वोत्तरको संक्रमणकालीन अवस्थामा शान्ति, सुरक्षा, स्थिरता र विकाससँग जोडिएका केही समस्याहरू सामयिक र स्वाभाविक मानिन्छन् । तर, क्रमशः देश समाधानतिर उन्मुख हँुदै गर्दा यी समस्याहरूको मात्रा र घनत्वमा पनि कमी आउँदै  जानर्ुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्वमा शालीनता, गम्भीरता, परिपक्वताका साथै दृढता र समस्या समाधानको दृष्टिकोणमा स्पष्टता चाहिन्छ । राजनीतिमा द्वन्द्व, संर्घष्ा र प्रतिस्पर्धा जायज मानिए पनि प्रतिशोध र शक्ति प्राप्तिको तीब्र चाहनाले हाम्रो राजनीतिक नेतृत्वहरूको चरित्रमा त्यस किसिमको निखार अझै आउन सकेको देखिँदैन । राजनीतिलाई जनताको सेवाको रूपमा नभई आपmनो व्यवसाय र शक्ति आर्जन गर्ने माध्यमका रूपमा लिनेे र बुभmने प्रवृत्तिलाई राजनीतिकर्मीले अँगालिरहेसम्म राजनीतिमा शुद्धता र नेतृत्वमा निखार आउन सक्ने छैन ।   
राज्य र नागरिकका बीचको अर्न्तर्सम्बन्धलाई दिगो रूपले दरिलो बनाउन राज्यका जिम्मेवार निकायमा बस्ने ब्यक्तिहरूको र्सार्वजनिक जीवन पनि उदाहरणीय हुनु पर्दछ । राष्ट्रिय संस्थाको रूपमा स्वीकार गरिएका र नेपाली जनताले भरोसा गर्ने मर्यादित व्यक्तिहरू पनि विदेशीहरूसामु ज्यादै हलुका र सहज रूपले प्रस्तुुत हुने र असान्दर्भिक विषय प्रसंगमा पनि छलफल गर्ने, चर्चा गर्ने, अनावश्यक र आवश्यकता भन्दा बढी महत्त्व दिने गर्दा विदेशीहरूलाई हाम्रो आन्तरिक मामिलामा हौसिएर अघि बढ्न आधार त मिल्छ नै, साथसाथै हाम्रो राष्ट्रियताले आर्जेको आस्था, भरोसा र स्वाभिमानको मर्ममा पनि प्रहार हुन्ा पुग्छ । त्यसैले, आपmनो व्यक्तिगत जीवनका सबै सरलता र सामान्यतालाई राष्ट्रिय जीवनको प्रतिनिधित्व गर्दा फरक ढंगले सोच्नु र व्यवहार गर्नु आवश्यक देखिन्छ ।
देशको परराष्ट्र्र नीति कमजोर भए देशले अन्तर्रर्ााट्रय जगत्मा उचित स्थान ग्रहण गर्न सक्तैन । यसको कमजोर अवस्थामा न देशभित्र रहेका अरू देशका कूटनीतिक नियोगहरूसँग मर्यादित तवरले व्यवहार गर्न सकिन्छ, न देशबाहिर रहेका आपmना  नियोगहरूको क्रियाशीलता नै बढाउन सकिन्छ । यस्तो अवस्थामा कूटनीतिक मर्यादाको पालन गर्न/गराउन कठिन र जटिल बन्छ । त्यसैले, परराष्ट्र नीतिका बलिया आधार र विधिहरू समयानुकूल सुधार र परिमार्जन गरी तदनुकूल लागू गरिनु आवश्यक देखिएको छ । असंलग्न र पञ्चशिलका सिद्धान्तमा आधारित हाम्रो विदेश नीति भन्दै शब्दकोषका सुन्दर शब्दहरूलाई सम्झदै मात्र बसिरहयौं भने हामीले अरूको मामलामा हस्तक्षेपकारी भूमिका कहिल्यै निर्वाह गर्न नसक्ने, अरूले मात्र हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहने र हामीले यो त छिमेकीको सुरक्षासँग जोडिएको सरोकार हो भनी लाचार अभिव्यक्ति दिइरहने अवस्थाबाहेक अर्को उपाय हामीसँग बाँकी रहँदैन ।
देशको सर्न्दर्भमा कुरा गर्दा छिमेकीहरू बदल्न नसकिने विकल्पविनाका बाध्यताहरू हुन् । उनीहरूसँग असल छिमेकीपन र असल मित्रताका लागि अनुकूल विदेश नीति पारस्परिकताका आधारमा तय गरी लागू गर्नुबाहेक अर्को उपयुक्त उपाय हुन सक्तैन, जुन आपmनो राष्ट्रिय हितमा पनि देखिनर्ुपर्छ । तर, छिमेकीको सधैं सहानुभूति प्राप्त गर्ने उद्देश्यले सञ्चालित विदेश नीतिले पारस्परिकतामा आधारित राष्ट्रिय समानता र सम्मान आर्जन हुन सक्तैन । अहिलेसम्मको अभ्यासले यो अवगत भइसकेको यथार्थ पनि हो । असफल र अव्यवस्थित परराष्ट्र नीति र त्यसबाट अस्वाभाविक रूपले बढ्न गएको अस्वस्थ विदेशी कूटनीतिक चलखेलले आज नेपालीहरूको राष्ट्रियता र योसँग जोडिएको आस्था खस्किएको छ र स्वाभिमान खुम्चिएको छ, जस्ालाई बेलैमा गम्भीर भएर सोच्नु जरुरी देखिन्छ ।
-लेखक न्यायपालिका अधिकृत समाजका महासचिव हुन् ।)

 हेमन्त रावल

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी