२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

कारबाही अभियान तीव्र

राजधानी संवाददाता
र्सलाही, २० भदौ
र्सलाही प्रहरीले जिल्लामा अपराधिक घटनामा वृद्धि भएपछि कारबाही अभियान तीव्र बनाएको छ । यसै क्रममा शनिबार राति आपराधिक घटनाको योजना बनाइरहेको अवस्थामा प्रहरी टोलीले हतियारसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको बबरगन्ज गाविसबाट हतियासहित पक्राउ परेका पाँचजनालाई आइतबार जिल्ला प्रहरी कार्यालयले र्सार्वजनिक गरेको छ । बबरगन्ज­-५ निवासी राकेश सिंहको घरमा आपराधिक घटना गराउने योजना बनाइरहेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पर्ूण्ाचन्द्र जोशीले बताए । प्रहरीले र्सार्वजनिक गरेकाहरूमा बबरगन्ज-५ गड्डाटोलका २५ वषर्ीय पुरुषोतम दनुवार, १८ वषर्ीय महेशकुमार सिंह, १८ वषर्ीय अनिल सिंह दनुवार, १८ वषर्ीय सञ्जीवकुमार राउत पटेल तथा फरहदवा-१ का तुलसी गिरी राय रहेका छन् । उनीहरूमध्ये पुरुषोत्तमको साथबाट एक थान नलकटुवा र एसएलआरमा लाग्ने चार राउन्ड गोली तथा महेशको साथबाट एक थान नलकटुवा र त्यसमा लाग्ने दर्ुइ थान गोली बरामद भएको प्रहरी उपरीक्षक जोशीले बताए ।
सुराकीका सहयोगमा गएको प्रहरी टोलीले सिंहको घरमा घेरा हाली छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरू विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले भने आफूहरू निर्दोष रहेको र नियन्त्रणमा लिएपछि प्रहरीले पेस्तोल थमाएको दाबी गरे ।
प्रहरी उपरीक्षक जोशीले पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको बताए । गत बिहीबार राति पनि प्रहरी कारबाहीमा र्सलाहीको भक्तिपुर गाविसमा जनतान्त्रिक तर्राई मुक्तिमोर्चा ज्वाला समूहका दर्ुइजना कार्यकर्ताको मृत्यु भएको थियो । बिहीबार राति नै बरहथवा गाविसमा स्थानीय व्यापारीको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएपछि प्रहरीले कारबाही अभियान तीव्र बनाएको हो ।
गत असारमा पनि अज्ञात समूहको गोली प्रहारबाट बबरगन्ज गाविसका सचिव इन्द्रकुमार श्रेष्ठको हत्या भएको थियो ।


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी