२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

त्याग र पैसाबीच प्रतिस्पर्धा ः सुशील

राजधानी संवाददाता
पोखरा, २० भदौ
कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले 'त्यागको कदर' गर्ने संस्कार बसाल्न आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । पोखरामा ३४ जिल्लाका जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेटघाट गर्दै कोइरालाले पार्टर्ीीई अनुशासित बनाउन पनि आफू
एक कार्यकाल सभापति बन्न चाहेको बताए ।
 'म एक कार्यकालभन्दा बढी सभापति बन्दिन,' कांग्रेस कास्कीको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा कोइरालाले भने, 'त्यागलाई सम्मान गर्दै उम्मेदवारी दिँदै छु ।' कोइराला कास्की कांग्रेसले आयोजना गरेको चेलीबेटीलाई तीजको दर ख्वाउने कार्यक्रम उद्घाटन गर्न आइतबार पोखरा आएका हुन् । यही मौका पारेर जिल्ला सभापतिहरूलाई पोखरा बोलाइएको थियो ।
आसन्न कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवा र भीमबहादुर तामाङसँगै सभापतिका लागि निर्वाचन लड्ने घोषणा गरिसकेका कोइरालाले चुनावी प्रचारकै क्रममा जिल्ला सभापतिहरू तथा महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गरेका हुन् ।   कोइरालाले अहिलेको अधिवेशनमा त्याग र पैसाबीच प्रतिस्पर्धा हुनेसमेत बताए । उनले सोझै आफ्ना प्रतिद्वन्द्वीले ठूलो रकम खर्च गर्दै छन् नभने पनि चलखेल र पैसाका विरुद्ध आफ्नो उम्मेदवारी भएको कार्यकर्ताहरूलाई बताएका थिए ।
आफू सभापति बनेपछि त्यागी र अनुशासित कार्यकर्ताको उचित मूल्यांकन गर्ने प्रतिबद्धता पनि कोइरालाले व्यक्त गरेका थिए । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले टिम मिलाएर निर्वाचन लड्न सुझाव दिँदै कोइरालालाई महामन्त्रीमा धेरैलाई उम्मेदवार बन्न नदिन सुझाव दिएका थिए । यसअघि पोखराको सभागृहमा कांग्रेस कार्यवाहक सभापति कोइरालाले कास्की कांग्रेसले आयोजना गरेको तीज दर खाने कार्यक्रमको उद्घाटन गरेका थिए । उल्लेख्य महिला कार्यकर्ताको उपस्थिति माझ सम्बोधन गर्दै कोइरालाले कांग्रेसको सरकारको नेतृत्वविना संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुग्न नसक्ने दाबी गरेका थिए ।
'गणतत्रपछि माओवादी र एमालेको नेतृत्वमा सरकार बनिसकेको छ,' उनले भने, 'यो सरकारले शान्ति प्रक्रिया र संविधान निर्माण गर्न सकेन, अब कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्दछ ।' शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसको नेतृत्वविना हुन नसक्ने उनको दाबी थियो ।
उनले एमाले र माओवादीलाई कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहयोग गर्नसमेत आग्रहसमेत गरे । कोइरालाले माओवादीले बृहत् शान्ति सम्झौतामा गरेको सहमतिलाई कार्यान्वयन नगर्दासम्म माओवादीको नेतृत्वको सरकार कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
'माओवादीले विश्वास गर्ने आधार उसले बनाउन सकेको छैन,' कोइरालाले भने, 'माओवादीले अहिले पनि हत्याहिंसा जारी राखेको छ, शान्तिसम्झौतामा भएका सहमतिलाई कार्यान्वयन नगर्दासम्म विश्वास गर्न सकिँदैन । कास्की कांग्रेसका सभापति यज्ञबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा दर खान कास्कीलगायतका विभिन्न ठाउँबाट पोखरा आएका कार्यकर्ताको सभागृहमा भीड लागेको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी