© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
लिलाराज खनाल/राजधानी
काठमाडौं, १९ भदौ
कांग्रेसको १२औं महाधिवेशननमा सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पर्ूवगृहमन्त्री खुमबहादुर खड्काबीच सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।
देउवा निवास बुढानीलकण्ठमा देउवा र खड्काबीच शनिबार भएको छलफलमा आपसी सहयोग गर्दै अघि बढ्ने सहमति भएको स्रोतले राजधानीलाई जनायो । दर्ुइ नेताबीचको सहमतिअनुसार नेता खड्काले सभापतिमा देउवालाई सघाउने र खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछन् । केन्द्रीय सदस्यमा निर्वाचित खड्कालाई नेता देउवाले पार्टर्ीीे विधानबमोजिम सभापतिमा निर्वाचित भएपछि उपसभापतिमा मनोनयन गर्ने सहमति भएको हो ।
संस्थापन पक्षका भनेर चिनिएका खड्काले आफूलाई सभापतिका प्रत्यासी सुशील कोइराला र देउवामध्ये जसले महामन्त्रीमा र्समर्थन गर्छ, उसैलाई सभापतिमा सहयोग र र्समर्थन गर्ने र्सत अघि सारेका थिए । तर, खड्काको र्सत सुशीलले स्वीकार नगरेपछि देउवासँग छलफल अघि बढाएका थिए ।
महामन्त्रीका आकांक्षी खड्कालाई महामन्त्रीमा देउवाले र्समर्थन गर्ने विषयमा छलफल अघि सारेपछि अहिलेका महामन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका थिए । नेता देउवाले आफ्नो टिमबाट निधिलाई नचिढयाउने रणनीतिबमोजिम खड्कालाई उपसभापतिमा मनोनीत गर्ने र्सत स्वीकारेका थिए । देउवाको टिमबाट पर्ूवउपसभामुख चित्रलेखा यादवलाई भने कोषाध्यक्षको प्रत्यासीका रूपमा अगाडि बढाउने सहमति भएको छ । देउवाको यस्तो सहमतिबाट अहिलेका उपसभापति गोपालमान श्रेष्ठले भने असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।
खड्का कांग्रेस विभाजित हुँदा कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री भएर देउवासँग सहकार्य गरेका थिए । तर, पछि देउवासँग असहमति जनाउँदै उनी पुनः कांग्रेसमा प्रवेश गरेका थिए ।
सभापतिका प्रत्यासी देउवाले आफ्नो टिमबाट पदाधिकारीमा उम्मेदवारी दिनेहरूको विषयमा निर्ण्र्ाागरिसके पनि कार्यबाहक सभापति सुशीलले भने आफ्नो टिम बनाउन सकेका छैनन् ।
सुशील आफू सभापतिमा निर्वाचित भएपछि उपसभापतिमा हालका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेललाई मनोनयन गर्ने पक्षमा छन् । तर, महामन्त्रीमा संस्थापन पक्षकै पाँचजनाले प्रत्यासी बन्ने घोषणा गरेका कारण कार्यबाहक सभापति सुशीलले अहिलेसम्म आफ्नो समूहबाट कसलाई आधिकारिक महामन्त्रीको प्रत्यासी बनाउने भन्ने विषयमा निर्ण्र्ाादिएका छैनन् । सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले महामन्त्रीमा कुनै पनि हालतमा उम्मेदवारी दिने घोषणा गरेपछि सुशील समस्यामा परेका हुन् ।
संस्थापन पक्षबाट उपसभापति प्रकाशमान सिंह, सहमहामन्त्री अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा.रामशरण महत र कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् ।
शनिबार केही सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति सिंहले महामन्त्री पद सभापतिको विश्वासपात्र हुनुपर्ने भएकाले आफूले सुशीललाई कुन चाहिँ महामन्त्रीको उम्मेदवार हो, छान्न अनुरोध गरेको खुलासा गरे । उनले भने, 'सुशील दाइले अरू कसैलाई आफ्नो टिमबाट महामन्त्री बनाए पनि म केन्द्रीय सदस्य उठेर उहाँलाई सभापतिमा सहयोग गर्छर्ुु'
यता, कार्यबाहक सभापति सुशील, संसदीय दलका नेता पौडेल, उपसभापति सिंहबीच भएको अनौपचारिक बैठकले सिटौलालाई महामन्त्रीको प्रत्यासीका रूपमा अगाडि बढाउने र सिंहलाई महामन्त्रीमा मनोनीत गर्ने सहमति भएको छ ।
उनीहरूले मनोनीत पद सहमहामन्त्री र निर्वाचित कोषाध्यक्ष पदमा भने क्रमशः केसी र सुजातालाई मनाउने प्रयास गरेको स्रोतको दाबी छ । उनीहरूले डा.महतका विषयमा भने पछि छलफल गर्न सकिने बताएका छन् ।
Comments0
Leave Comments