© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
राजधानी संवाददातार्
र्भैरहवा,१९ भदौ
भैरहवाबाट काठमाडौका लागि उडेको बुद्ध एयरलाइन्सको एउटा जहाजमा सामान्य गडबढी देखिएपछि पछि शनिबार बिहान पुन भैरहवामा नै आपतकालिन अवतरण गराइएको छ ।
बिहान करिब साँढे ९ बजे भैरहवाबाट काठमाडौका लागी उडेको बुद्ध एयरलाइन्सको एटिआर-८५२ नम्बरको उडानको बिमान विमानस्थलबाट उडेको ९ मीनेटमा प्राबिधिक समस्या आएको जनाउदै बिमान चालकले पुनः भैरहवा बिमानस्थलमा अवतरण गराएका थिए ।
सामान्य प्राबिधिक समस्या देखिए पछि तत्काल भैरहवा विमानस्थलमै आपतकालिन अवतरण गर्राईएकाले मानवीय क्षेती नभएको भैरहवा विमानस्थल कार्यालयले जनाएको छ ।
सो विमानको संचार प्रबिधिमा केही समस्या आएको बताईएपछि विमान कम्पनीको तर्फाट कुन खालको समस्या आएको हो - भन्ने बारे स्पष्ट जानकारी नआएको विमानस्थल कार्यालयले बताएको छ । विमानस्थल कार्यालयका अनुसार ४७ यात्रु बोक्ने क्षमता भएको सो विमानमा चालक दलबाहेक जम्मा ४ जना यात्रु सवार थिए ।
बुद्ध एयर भैरहवाका प्रमुख दर्शन घिमिरेले जहाजमा सामान्य समस्या देखिएर पुन भैरहवामा अवतरण गराइए पनि शनिबार दिउसो नै सो जहाज काठमाडौ उडिसकेको जानकारी दिए । सोही विषयमा जिज्ञाशा राख्दा बुद्ध एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले भैरहवा विमानस्थलबाट काठमाडौ आउँदै गरेको जहाजमा इण्डिकेटर आएकाले सकुशल भैरहवामै अवतरण गर्राईएको बताए ।
उनले जहाजमा प्राविधीक समस्या आएको खवर पाउनासाथ काठमाडौबाट थप प्राविधीक टोली भैरहवा पुगेर सो विमान केही घण्टा पछि काठमाडौ आईपुगेको बताए । उनले सामान्य गडबढी मात्र भएको दावी गरे ।
गत मंगलबार काठमाडौबाट लुक्ला उडेको अग्नि एअरको विमान पुनः काठमाडौ तर्फर्फकने क्रममा मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दर्ुघटनाग्रस्त भएको थियो । सो दर्ुघटनामा चालक दलसहित १४ जनाको ज्यान गएको थिए ।
Comments0
Leave Comments