२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सभासद घुस काण्डपछिका प्रश्नहरू

राज्यले करोडौं खर्च गरेर संविधानसभा निर्वाचन गरायो र संविधान निर्माणका लागि देशैभरिबाट प्रतिनिधिका रूपमा सभासद्हरू पठाइयो । तर, सभासद् भने संविधान निर्माण गर्न छाडेर घुस खाँदै हिँडेका रहेछन् । यही भाद्र १५ गते मंगलबार बिहानै एक्कासि ज्वालामुखी विस्फोट भएझंै नेपालका सम्पर्ूण्ा विद्युतीय र अविद्युतीय सञ्चारमाध्यममा 'घुस लिँदालिँदै सभासद् समातिए' भन्ने समाचार प्रमुखताका साथ आयो । नेपालमा घुस, भ्रष्टाचार, तस्करीजस्ता गैरकानुनी र अवैध क्रियाकलापको समाचार आउनु त त्यति नौलो होइन । तर, यो घुसकाण्ड भने अलि पृथक्, सनसनीपर्ूण्ा र झस्काउने खालको समाचार भयो ।
देशको एउटा गरिमामय व्यवस्थापिका संसद्को सभासद्ले घुस लिएका कारण यो घटना विचारणीय बन्यो । त्योभन्दा पनि अझ डीबी कार्की एमालेजस्तो जिम्मेवार राजनीतिक दलको सभासद् भएका कारण महत्त्वपर्ूण्ा थियो । यो घुसकाण्ड त्यसमा पनि अझ एउटा अन्तर्रर्ााट्रयतावादी कम्युनिस्ट दलका नेता तथा सभासद् अझ वामदेव गौतम गुटबाट माले एकीकरणपश्चात् एमालेमा गएका व्यक्ति हुनाले त झन् चर्चा पाउनु स्वाभाविक भयो । तैपनि, एउटा कम्युनिस्ट पार्टर्ीीे सभासद्ले यस्तो अशोभनीय कार्य घुस लिएको समाचार सम्पर्ूण्ा सञ्चार माध्यममा प्राथमिकताका साथ आउँदा घोर बेइज्जत भयो ।
सवाल सभासद् डीबी कार्कीले घुस लिएको मात्रै होइन । योसँग थुप्रै यक्ष प्रश्नहरू जोडिएका छन् । सवाल नेपालको सिंगो राज्य षड्यन्त्रको हो । सवाल नेपालको आर्थिक विपन्नताको हो । सवाल नेपाली राजनीतिमा दर्रि्र मानिसिकताको हो । सवाल कंगालपनको हो । सवाल दण्डहीनता र सरकारविहीन्ाताको पनि हो । यो मुद्दासँग धेरै विषयलाई जोडेर विभिन्न सञ्जालका रूपमा हर्ेन सकिन्छ । 'रूप'मा एउटा सभासद्ले प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कुनै एक क्यान्डिडेटसँग लिएको भए तापनि 'सार'मा यसले धेरै प्रश्नहरू जन्माउँछ । यो घुसकाण्डले 'लहरा तान्दा पहरा थर्कने' भनेजस्तो विभिन्न व्यक्ति, निकाय तथा संस्था र संकायलाई जोड्छ ।
पहिलो कुरा त नेपालजस्तो देशमा जागिरको कति महँगो मूल्य रहेछ तथा बेरोजगारी समस्या कति रहेछ र रोजगार पाउन कति आपराधिक तरिका अपनाउनुपर्दो रहेछ भन्ने उजागर गरेको छ, फेरि एक पटक । दोस्रो कुरा, यो घटना प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक पदमा भर्ना खोलेको विषयसँग जोडिएको हुँदा र त्यही निरीक्षक बनाइदिने आश्वासनमा घुस लिएको हँुदा यसमा प्रहरी विभाग पनि अलग राख्न सकिन्न । किनकि, डीबी कार्की त आफंै विभागका केही पनि होइनन् । यदि उनले यो काम सफल हुन्थ्यो भने र यो घुसकाण्ड साँचो हो भने प्रहरी विभागका उच्च पदस्थको आदेश वा निर्ण्र्ााेगर केही हुन सक्दैन । पक्राउ परेका कार्कीकै विशेष अदालतमा पत्रकारसँग 'गृहमन्त्री र आईजीपीलाई भनेर बनाइदिउँला भनेको हुँ' भन्ने अभिव्यक्ति पनि अर्थपर्ूण्ा छ । हुन त अहिलेसम्म कैयौं सेना, प्रहरीको विभिन्न ओहोदामा खुलेको भर्नामा कैयौं घुसपैठ चल्ने र त्यसैका आधारमा छनोट हुने गरेको तीतो यथार्थ पनि बेला-बेलामा बाहिर आइरहेकै हो । भर्खरै पनि प्रहरी प्रधान कार्यलयले प्रहरी भर्ना खुलेको क्षेत्रहरूमा घुसखोरीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन गरेको कुराले पनि कति घुसको बिगबिगी रहेछ भन्ने कुराको पुष्टि गर्दछ ।
अहिलेको यो घुसकाण्डले सिंगो एमाले पार्टर्ीीत्र प्रश्नचिह्न खडा गरेको छ । एकातिर पार्टर्ीीे मूल्य-मान्यता र इज्जतको प्रश्न छ भने अर्कोतर्फकार्की आफैंले यो घटनालाई राजनीतिसँग लगेर जोडेका छन्, आफ्नै दल एमालेलाई नै आक्षेप लाग्नेगरी । एमालेकै वामदेव, झलनाथइतरका खेमाबाट राजनीतिक षड्यन्त्र गरी फसाइयो भनेका छन्, उनले ।
कुनै पनि देशको सकारात्मक तथा नकारात्मक पहिचान वा सन्देश त्यो देशको राज्य सञ्चालनको गरिमामय पदमा रहेको सभासद्, मन्त्री वा प्रधानमन्त्रीले गरेको सकारात्मक वा नकारात्मक कार्यले पनि निर्धारण गर्छ । त्यो एउटा महत्त्वपर्ूण्ा नजिर बन्न सक्छ । एउटा सभासद्ले गरेको कमजोरीले सिंगो व्यवस्थापिका संसद्लाई ठेस पुगेको छ । यदि त्यो सत्य हो भने एउटा कम्युनिस्ट पार्टर्ीीे जिल्ला तथा क्षेत्रीय नेतृत्वसमेत लिएको व्यक्तिले आफ्नो कार्यकर्तालाई प्रशिक्षण गर्दा कुन ढंगले गर्‍यो होला भन्ने प्रश्न पनि सँगसँगै एकातिर उठेको छ भने अर्कोतिर घुसखोरी, भ्रष्टाचार र तस्करीमा लिप्त सभासद्हरूले बनाएको संविधान कस्तो होला - कस्तो बनाउलान् - भन्ने प्रश्न खडा भएको छ ।
यो घटनामा प्रत्यक्ष रूपमा डीबी कार्की देखिए तापनि अदृश्य रूपमा यस्तो कुकार्यमा लाग्ने उनी मात्र होलान् त भन्ने प्रश्न उठाउन सकिन्छ । योसँगै जोडिएको अर्को प्रश्न हो, के नेपालमा सुरक्षा निकायको अधिकृत तहको भर्नामा यस्तो लाखौंको घुसपैठ चल्छ - घुस खाएर त्यो ओहोदा प्राप्त गर्छन् भने सुरक्षा निकाय कसरी बलियो हुन्छ - इमानदार बन्छ - सक्षम र सबल बन्छ - निश्चित रूपमा घुसबाट सुरु भएको जागिर छ भने उसले पनि पैसा कमाउने परम्परा सिक्छ, फलस्वरूप त्यही गर्छ । यस्ता अप्रत्यक्ष कारकतत्त्वहरूले गर्दा समाजको आपराधिक घटनाले प्राथमिकता पाइसकेको हुन्छ र छ । भ्रष्टाचारका प्रमाण प्रायः हँुदैनन्, जुटाउन अत्यन्त गाह्रो हुन्छ भनेपछि सहजै अनुमान गर्न सकिन्छ कि कति घुसपैठ र भ्रष्टाचार होला - विगतमा पनि यस्ता घटना नभएको होइनन् ।
मुलुक दिनानुदिन घुस, भ्रष्टाचार, कमिसन, दलाली र तस्करीजस्ता आपराधिक गतिविधिमा अगाडि बढिरहेको छ । यस्तो अपराधजन्य क्रियाकलापमा सामान्य व्यक्तिदेखि सभासद् तथा मन्त्रीसम्म किन लालायित छन् त - यसको मुख्य कारण हो, दण्डहीनता । अपराध गर्नेहरूलाई उचित सजाय नहुनु अनि राजनीतिक आश्रय दिनुले पनि यस्तो घटनामा वृद्धि भइरहेको छ । उसो त यस्तो क्रियाकलापको सञ्जाल कतिपय जिम्मेवार निकाय तथा व्यक्तिसम्म पुगेका कारण पनि कारबाही हुने पनि कुरै भएन र आपराधिक घटनामा वृद्धि हुनु पनि स्वाभाविकै हुने भो ।
अब घुस लिने मात्रै नभएर दिने पनि अपराधी हुने कि नहुने - उसलाई करबाही हुने हो कि होइन - कार्कीको बयानअनुसार यो घटनामा जोडिएका अन्य पक्षहरूलाई कसरी हर्ेछ - यो पनि चासोको विषय बनेको छ । यो घुसकाण्डको दोषी एउटा सभासद् डीबी कार्की मात्रै होइन । यस्ाको दोषी सिंगो राज्य संयन्त्र पनि हो । राज्य संरचना र यन्त्र नै विविध कारणले दोषीको भागीदार छ, यसमा । एउटा सरकार बनाउने सर्न्दर्भमा तथा मन्त्री, प्रधानमन्त्री बन्ने सर्न्दर्भमा त सांसद खरिद-बिक्रीको कुरा सुनिन्छ भने एउटा पात्र मात्रै कसरी दोषी हुन्छ -

 एचके श्रेष्ठ

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी