© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
संसद्मा झन्डै दर्ुइतिहाइ वामपन्थी छन् । त्यसैले नै यो संसद्बाट वामपन्थी नेता पुष्पकमल दाहालको नेतृत्वमा पहिले सजिलै सरकार बनेको थियो । तर, ढंग नपुग्नाले काउली परेको अक्करबाट चिलित्तै भयो । अर्को वामपन्थी पार्टर्ीी वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनेको थियो । पहिलो वामपन्थी र स्वयं वामपन्थीले सत्तोसराप गरेर राजीनामा दिन बाध्य पारे । तेस्रो वामपन्थी पार्टर्ीी नेताहरू भन्दै छन्, पहिलो वामपन्थी पार्टर्ीी करोडौं नगद तिरेर आपmनो पार्टर्ीीई दर्ुइ फयाक पारे । चौथाले 'बाघे ओडार'को धाक लगाउने छट्टू आदि नानाथरी पदवी पाइरहेका छन् । यसरी दोस्रो, तेस्रो, चौथो सबैलाई पहिलो 'महान् वामपन्थी'ले चारैतिर कुइन्याउने अनि घाइते वामपन्थीहरूले कोखो सुम्सुम्याउँदै 'महान् र्सवहारा ख्वामित्'लाई मत दिएर 'वामपन्थी' बाहुल्यताको सरकार बनाइदिनुपर्ने । व्यवहार हर्ेदा लाग्छ, नेपालका 'गौरवशाली वामपन्थी' दिमागको सामन्तवादी गुबोमा धोद्रो पस्नै सकेनछ र नै वामराजनीतिक जगत् कर्तव्यच्युत भइरहेको छ ।
बिचरा भैंसेपाटीका माइलाबाजे आपmना कार्यकर्ता मारिँदा, अपमानित हुँदा, कुटिँदा, लुटिँदा, विस्थापित हुँदा पनि कर्ण्र्ाा्रय शब्द वामएकताका नाममा भक्ति संगीतको तालमा भैंसीपूजकको 'प्रचण्ड चालिसा' गाइरहेका छन् । जेठाबालाई धोकेबाज पनि भन्दै उधारो र्समर्थन दिएजस्तो पनि गर्दै गर्नाले डल्लो परेको पर्यै छन् । कुइनाको चोटले बालबाल बाँचेको छ, बालकोट । कोटेश्वरको विषवृक्षमा फलेको तुम्बिका भेट्नो कुहेर पनि बोटमै झुन्डिइरहेको छ । चाबेलको बेल नगदे लोहोराले फुटाउँदा उछिट्टएिको चोइटाले लागेर पर्ुर्पुरामा गहिरो चोट परेर विलखबन्दमा परेका छन्, बिचरा महान् जितुवा ।
बिचरा र्स्वर्गवासी के जाती काखी च्यापेर ठिमीको बाटो हुँदै लोकेन्द्र भेट्न लोकन्थली, जबरा भेट्न जबराबास, मुगाली भेट्न मालीगाउँ भौंतारिएका भौतारियै छन् । कहिले पुष्प र कमलको भेटमा '... प्रतापी भूपति'सँग कार्यगत एकता अनि धार्मिक र सांस्कृतिक रूपमा पुनरागमनको चाँजो मिलाइँदै छ भन्ने चर्चा पनि त्यत्तिकै चलिरहेको छ । राजतन्त्रका प्रतीक बाबु, छोरा, बुहारीको भ्रमणमा बेरोकतोक हिँड्न दिने आदेश अनि गणतन्त्रका प्रतीक राष्ट्रपतिमाथि जहाँ जाँदा पनि कालो झन्डा र ढुंगामुढा प्रहार भएको भयै छ । 'वामपन्थी'को सिरानी र माया-प्रीति क्रमशः 'दक्षिणपन्थ'को न्यानो काखमा समर्पित हुन थालेको आभास भइरहेको छ । त्यति गर्दा पनि शासन गर्ने आसन सुरक्षित हुन सकिरहेको छैन । कतै सरकारमा पुगेपछि हत्या भएका वामपन्थी पार्टर्ीी कार्यकर्ता प्रचण्ड थैव, छविलाल कार्की आदिको रगतले बाटो नदिएर त होइन, पाँच पटक हारेर मलिन चाउरेमुख लिएर वर्गशत्रुका द्वारमा निहुरिँदानिहुरिँदा ढाडै कुप्रो भएको ।
सामन्ती राजासरहको श्रीपेचविहीन लवाइखवाइ, राजाका अञ्चलाधीशलाई जनसंविधान बनाउने जिम्मा, राजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्ने रहरजस्ता रंगीचंगी विचार हर्ेदा र्सवहाराको पक्षपोषणको लक्ष्य दखिँदैन । र्सवहाराका प्रतिनिधिले सडकमा माग्न बसेका साँच्चैका र्सवहाराहरूप्रति पटक-पटक सरकारमा पुगेर पनि कुनै निर्ण्र्ाागरेनन् ।
एउटै उदाहरण पर्याप्त छ, दर्ुइ महिनाअगाडि स्वयम्भू बिजेश्वरीमा खाना पकाउने ग्याँस दर्ुघटनामा परेर दलित परिवारकी सीता नेपाली र उनका छोराछोरीसमेत तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो । जुन हर्ेर्दैमा हृदयविदारक थियो ।
मान्छे बचाउन सकिन्छ कि भनेर छिमेकमा बसेका ऋद्धिबहादुर -रुद्र) नेपाली दौडदै उद्धारमा संलग्न हुँदा जलेर सख्त घाइते भए । उनका हातखुट्टा र अनुहार जले । बायाँ आँखा पनि गुम्यो । पाखुराका भरमा गुजारा गरेको साँच्चैको र्सवहारा दलित परिवारको बिचल्ली भयो । बिचरा परोपकारी ऋद्धिले आर्थिक कठिनाइका कारण राम्रो उपचार पाउन सकेनन् । वीर अस्पतालमा केही दिन उपचार गराएर सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा गहिरागहिरा घाउसँग जुध्दै छटपटाइरहेका छन् । त्यसै घरको माथि तलामा बस्ने गीता विष्ट पनि जलेकी थिइन् । वीर अस्पतालमा केही दिनको उपचारपछि मलमपट्टी लिएर घर फर्किएर उतै उपचार गरेर निको भइन् ।
द्वन्द्वकालमा ऋद्धिका काका मीनबहादुरको घरमा माओवादी आएर बसे । गस्तीमा गाउँ पसेको सरकारी सेनाले माओवादीलाई खानबस्न दिएको आरोपमा निरपराध मीनबहादुरलाई पक्रेर गोली ठोकेर हत्या गरिएको थियो । यो परिवारको पीडालाई न राज्य पक्षले ध्यान दियो, न व्रि्रोही माओवादीले । यसैगरी, मारिनेहरू कोही सहिदका परिवार बनेर सभासद्, मन्त्री आदि नानाथरीका सुविधा भोग गरे । यो परिवारले केही पाएन । 'क्रान्तिकारी' भनिएको सरकारले सहिदको सम्मान दिन पनि कन्जुस्याइँ गर्यो । आज उही गरिब दलित परिवारमा जन्मेका रुद्रले दुःख पाइरहेका छन् ।
हिजो राजतन्त्रकालमा राजकीय सुविधाबाट ठूलाबडाले मोज गर्थे, गरिब, निमुखाहरू सबैखाले सुविधाबाट वञ्चित थिए । यो परम्पराबाट मुक्त हुन ऋद्धिहरू लोकतान्त्रिक आन्दोलनमा लामबद्ध भएका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको छ । आपै+mले ल्याएको व्यवस्थामा पनि ठूला र सानाको भेद कायम छ । पुरानो चलन फेरेर नयाँ अनि पहुँचवालाको पक्षमा हुने न्यायको ठाउँमा गरिब, निमुखा, दलितको पक्षमा न्याय दिन्छु भनेर नगरा बजाउने पार्टर्ीी पनि उस्तै घटनामा ठूलाबडालाई मात्र ख्याल राख्यो, ऋद्धिबहादुरजस्ता निमुखालाई हेरेन । पात्र फेरिए पनि पुरानो चलन फेरिएन । हिजो श्रीपेच ओढ्नेहरू जे गर्थे, आज जुल्फी कोर्नेहरू त्यहीत्यही गर्दै आएका छन् । तर, ऋद्धिहरूका समस्या जहाँको तहीँ छ ।
गरिब, निमुखाको पक्षपोषणको ओठेप्रेमभन्दा व्यवहारमा स्नेह भए मात्र ऋद्धिहरूको भावनाको प्रतिनिधित्व हुने रहेछ । नेपालको स्वास्थ्य समस्यामा एकातिर 'राष्ट्रवादी नेता' नेपाली डाक्टर र अस्पताललाई अविश्वास गरेर अन्यत्र पुग्छन् वा गुहार्छन् । जबकि, हिजो मनमोहन अधिकारीले सधैं सरकारी अस्पतालमा उपचार गराएर नेपालका चिकित्सक र आमनेपालीको आत्मबल बढाउनुभएको उदाहरण छ । आजका राष्ट्रपति रामवरण यादवको व्यवहार पनि त्यस्तै-त्यस्तै देखिएको छ । आफू मात्र राष्ट्रवादी, बाँकी सबै अराष्ट्रवादी भन्नेहरूका व्यवहार राष्ट्रवादी देखिएनन् । अधिकारी र यादवहरूले न आफूलाई राष्ट्रवादी भने, न अरूलाई अराष्ट्रवादी । व्यवहारले नै उनीहरू राष्ट्रवादी देखिए ।
महँगा-महँगा रिसोर्ट र पाँचतारे होटलहरूमा चौरासी व्यञ्जन जुटाएर सपरिवार ज्युनार गर्ने । आरामदायी खाना र झुलनामा पल्टदा मात्र 'टेन्सन प|mी' हुने । वर्गबन्धुका पर्ण्र्ााटीमा छिरेर मकैको फयात्लो, फर्सर्ीी मुन्टा अनि अमिलो मोही खाँदा र्सवहारा वर्गका नेतामा तनाव हट्नुपर्नेमा अर्थोकै चाहिने । चिसोमा रोपाइँ गर्दा हिलोले खाएका किसानका खुट्टा हर्ेर्दै दस्तावेज नलेख्ने । अनि के गरी बन्छ, जनदस्तावेज †
मार्क्सवादको विद्यार्थी, जो सिद्धान्तलाई सिरानीमा राखेर जीवन र जगत्लाई हर्ेदछ, उसलाई तनाव किन - र्सवहारावर्गका नेतामा गैर्रर्सवहारावादी व्यवहार आशा गरेभन्दा निकै छिटो-छिटो गतिमा प्रकट भएको छ । त्यसैले, उनमा बेला-बेलामा तनाव आइरहन्छ र घरि धुलिखेल, घरि नांलेभारे, घरी मेलम्ची, घरी हेलम्बु गरिरहन्छन् । अरूलाई अन्तर्जातीय विवाहमा प्रोत्साहित गरेको स्वाङ पार्छन् । आफ्नो परिवारमा भएको अन्तर्जातीय विवाहलाई संशोधन गर्छन् । कथनी र करनीमा आकाश-पातालको फरक छ ।
एकातिर र्सवहारा वर्गको 'मुक्तिदाता' हुँ भन्ने नेतामा चरम विलासी जीवनको लालसा पलाउँदै छ । अर्कातिर सयौं वर्षपुरानो राजतन्त्रका प्रतिनिधि खड्गी समाजको भोजमा टपरीमा राखेका फुका चिउरा भुइँमा पलेंटी मारेर फकाफक चपाउनेजस्ता परस्पर विरोधी क्रियाकलाप देखिँदै छन् । यी दुवैले दिन खोजेको सन्देश मुलुकको हितमा छैन ।
व्यवहार हर्ेदा हिजो राजतन्त्रसँग कार्यगत एकता र राजनीतिक दलमाथिको क्रूर आक्रमणका क्रममा अधुरो रहेको कार्यभार पूरा गर्न चालिएको निरन्तरताजस्तो पनि देखिन्छ । यदि त्यस्तै हो भने हजारौं जनताले रगत र पसिनासँग साटेर ल्याएको लोकतान्त्रिक गणतन्त्र कम्पुचियामा भै+m पुनः राजतन्त्रको पाउमा नचढ्ला भन्न सकिन्न । दलीय व्यवस्थाको हत्या गरेर फयुजन हुन लागेको 'वामदक्षिण'को खतरनाक अनिष्टबाट मुलुकलाई बचाउन र नयाँ रूपको निरंकुशता लादिनबाट मुलुकलाई बचाउन राष्ट्रपति महोदयले बेलैमा कदम चाल्ने सम्भावनालाई समेत नकार्न सकिन्न । उग्रवामपन्थ उग्रदक्षिणपन्थमा पतन भएका उदाहरण संसारमा धेरै छन् । जसका लक्षण हामीकहाँ पनि पर्याप्त देखिँदै छ ।
नेपाली जनताको रगत र पसिनाले भरेको राष्ट्रिय ढुकुटीबाट खर्च गरेर ठूलाठालुको उपचार गर्ने चलन हटाऔं । रिसोर्ट अनि पाँचतारे होटलमा गएर कुफत जिनिससहितको चौरासी व्यञ्जन हसर्ुर्ने बर्ुर्जुवा राजसी सोख त्यागौं । कुनै पनि पार्टर्ीी कार्यकर्तालाई कुनै पनि बहानामा राज्यकोषबाट ज्वाइँ पालेभै+m पाल्ने परम्परा राष्ट्रहितमा छैन भन्ने कुरा स्थापित गरौं । मुलुक छिटोछिटो गरिब अनि व्यक्ति चाँडो-चाँडो धनी बन्दै गरेको रहस्य निर्ममता पर्ूवक खोतलौं । कस-कसका सुविधा के-कति र किन -
आफूलाई वामपन्थी भन्न रुचाउने पार्टर्ीी अगुवा हो † ठूलो पार्टर्ीीतम्रै छ । सबैलाई समेटेर जाने हो भने संसद्मा एकलौटी बहुमत पनि त्रि्रै छ । सुशासन गरे जनताको साथ छ । सभामुख, उपसभामुख, प्रधानमन्त्री, तिमिसँगै छन् । अनि, संविधानचाँहि किन लेखिएन - आजको ताण्डव नृत्य भोलि इतिहासका हरफ बन्नेछन् । सगरमाथाको टुप्पामा उभिएर सोच त त्यसका लागि तिमीहरूसँग जवाफ के छ -
अब मुलुकको केरमेट भएको राजनीतिक, सांस्कृतिक बोर्ड डस्टरले सफा पारौं र लोभपापमा नफसेका शुद्ध र सिद्ध हातले अर्थपर्ूण्ा नयाँ अक्षरहरू कोरौं । बरु, कसैको नलुटेका, कसैलाई नकुटेका, कसैको हत्यामा संलग्न नभएका ऋद्धिबहादुर नेपालीजस्ता परोपकारीको सम्पर्ूण्ा उपचारको प्रबन्ध राष्ट्रका तर्फबाट गरौं । त्यसो गरे मात्र र्सवहारा वर्गको साँचो हित हुँदो हो । आपै+mलाई मात्र पद चाहिन्छ भनेर मैदानमा मात्र नउप|mौं । त्यसो गरे कसो होला -
-लेखक एमालेका पर्ूवसांसद हुन् . devshankar49@yahoo.com
देवशंकर पौडेल
Comments0
Leave Comments